• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, जेठ २९, २०८३
☰
शुक्रबार, जेठ २९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

  • ५. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

तीन चरणमा लिफ्टिङ गरी मानुङकोटमा पानी पुर्‍याइँदै


  •   शुक्रबार, चैत ३०, २०८० मा प्रकाशित
  • तनहुँ । तनहुँको व्यास नगरपालिका-५ स्थित मानुङकोटमा खानेपानी समस्या समाधान हुने भएको छ। सोही वडामा पर्ने पासर्दीस्थित खानेपानी मुहानबाट तीन चरणमा लिफ्टिङ गरी पानी लैजाने तयारी गरिएको हो।

    Advertisement

    मुहानबाट करिब पाँच सय मिटर उचाइमा लिफ्टिङ गरी मानुङकोटमा पानी पुर्‍याउन लागिएको इन्जिनियर वीरेन्द्र थापाले जानकारी दिए। उनका अनुसार मुहानमा निर्माण गरिएको इन्टेकबाट एक लाख लिटर क्षमताका दुई र ३० हजार लिटर क्षमताका दुई रिर्जभ ट्यांकी निर्माण गरिनेछन्।

    इन्जिनियर वीरेन्द्र थापाका अनुसार इन्टेक नजिक एक लाख लिटर, बीचमा तीस/तीस हजार लिटरका दरले दुई र मानुङकोटमा एक लाख लिटर क्षमताको रिजर्भ ट्यांकी निर्माण गरिनेछ। ‘ट्यांकी निर्माणपश्चात् संकलित पानी लिफ्टिङमार्फत लगिनेछ’, उनले भने, ‘करिब दुई किलोमिटर दुरीमा जीआई पाइपलाइन बिछ्याइने छ।’

    तीस हजार लिटर क्षमताको एउटा रिजर्भ ट्याङकी निर्माण सम्पन्न भइसकेको थापाले जानकारी दिए। एक लाख लिटरको ट्याङकीका लागि बेस निर्माण भइरहेको छ। उनका अनुसार हालसम्म योजनाको ४० प्रतिशत भौतिक प्रगति पुगेको छ।

    पछिल्लो समय चर्चामा आएको पर्यटकीयस्थल मानुङकोट आन्तरिक पर्यटकहरुको गन्तव्यस्थल बन्दै गएको छ।

    पानीको चरम अभाव रहेकामा शुद्ध पानीको पहुँच पुगेपछि यस क्षेत्रको मुहारमा आमूल परिवर्तन आउने विश्वास गरिएको व्यास-५ का वडाध्यक्ष विष्णुकुमार श्रेष्ठले बताए। निर्माणधीन योजनाको कार्य समयमै सम्पन्न गराउन समयसमयमा अनुगमनलाई तीव्रता दिँदै आइएको नगरपालिकाले जनाएको छ।

    संघीय सरकारबाट पहिलो चरणअन्तर्गत चालु आर्थिक वर्षमा दुई करोड रूपैयाँ बजेट विनियोजन गरेपछि योजनाको काम अघि बढेको हो। समपूरक योजनाअन्तर्गत उक्त योजनालाई प्राथमिकतामा राखेर मानुङकोटमा खानेपानी पुर्‍याउन लागिएको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले बताए। उनका अनुसार दोस्रो चरणका लागि पुनः संघीय सरकारमा बजेट माग गरी पठाइसकिएको छ।

    पानीको चर्को समस्याका कारण सुविधा खोज्दै बसाइँसराइमा गएका स्थानीयलाई यही फर्काउने योजना नगरपालिकाको रहेको नगरप्रमुख न्यौपानेले बताए। विसं २०८१ असार मसान्तभित्र सम्पन्न गर्ने गरी लाहुरे काइला बिल्डर्सले योजना निर्माणको जिम्मा पाएको छ। पानीको मूल दर्ता रहे पनि केही स्थानीय व्यक्तिको विवादका कारण निर्माण प्रभावित भएको निर्माण कम्पनीका प्रोपाइटर विज्ञान श्रेष्ठले बताए। उनका अनुसार निर्माणस्थलमा दैनिक १२ जना कामदारले काम गरिरहेका छन्।

    मानुङकोट डाँडाबाटै कुहिरोको उत्पत्ति भएको किंवदन्ती रहेको पाइन्छ। महर्षि वेद व्यासकी माता मात्स्यगन्धासँग महर्षि परासर प्रेममा थिए। मत्स्यगन्धासँगको प्रेमलीला अरूले नदेखून् भनेर महर्षश परासरले कुहिरोको उत्पत्ति गराएको किंबदन्ती रहेको स्थानीय बताउँछन्। मानुङकोटबाट पूर्वतर्फ दमौली बजारका साथै पश्चिमतर्फ गुणादी, उत्तरतर्फ मादी नदी, साँगेखोला र दक्षिणतर्फ सेती नदी छर्लंग देखिन्छ। यसका साथै रमणीय हरियाली वनजंगल देखिन्छन्। विगतमा घण्टौँ लगाएर पानी ल्याउनुपर्ने बाध्यता भएपछि यहाँका स्थानीय बसाइँ सरी अन्यत्र गएपछि यो बस्ती रित्तिँदै जान थालेको थियो।

    पानी सहज हुने स्थानतर्फ झरेका स्थानीयहरु पछिल्ला समय पर्यटक आगमन बढ्न थालेपछि पुनः फर्किन थालेका छन्। करिब पाँच वर्षयता मानुङकोट पर्यटकीयस्थलका रूपमा विकसित हुँदै गएको छ। यहाँ केही सुविधासम्पन्न होटलहरु बन्ने क्रम बढेको छ। पानीको अभावका कारण बजारबाट किनेर व्यवसाय सञ्चालन गरिरहेको होटल व्यवसायी चुडामणि दाहालले बताए। उनका अनुसार यहाँबाट देखिने कुहिरो, हिमशृङ्खला र सूर्योदय पर्यटकको आकर्षणका दृश्य हुन्।

    ‘हिउँद सुरु भएसँगै कुहिरोले सदरमुकाम दमौली बजारलाई छोप्छ। घाम उदाउन लागेसँगै कुहिरो विस्तारै फाट्ने गर्दछ र दमौली बजार छर्लंग देखिन्छ’, दाहालले भने। उनका अनुसार उक्त स्थानबाट हिमशृङ्खला र डाँडाबाट देखिने चारैतिरको सुन्दरता हेर्नका लागि पर्यटक लालायित हुने गर्दछन्। यहाँबाट धवलागिरि, माछापुच्छ्रे, अन्नपूर्ण, मनास्लु, लमजुङ हिमालको दृश्यावलोकन गर्न सकिन्छ। रासस

     

    शुक्रबार, चैत ३०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २३ गते (६

    • २.
      आज २०८३ साल जेठ २४ गते (७

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८

    • ४.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer