• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, जेठ २९, २०८३
☰
शुक्रबार, जेठ २९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

  • ५. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

महिलालाई उद्यमी बन्न सघाउँदै तमानखोला गाउँपालिका


  •   शुक्रबार, चैत ३०, २०८० मा प्रकाशित
  • बागलुङ । जिल्लाको तमानखोला गाउँपालिकाले महिलालाई उद्यमसँग जोडेर आत्मनिर्भर बनाउने प्रयास थालेको छ। गाउँपालिकाले छवटै वडाका महिलालाई सीप सिकाएर उद्यमसँग जोडेको हो।

    Advertisement

    गाउँका महिलाले सीप सिकेर लघुउद्यम सञ्चालन थालेका छन्। दुई वर्ष अगाडिसम्म घरधन्दामा सीमित उनीहरू अहिले कपडा उत्पादन, सिलाइ, साबुन उत्पादन, सिस्नोबाट पाउडर बनाउने, डालो र डोको बुन्नेलगायत काममा व्यस्त भएका छन्।

    गाउँपालिकाको वडा नम्बर ३ तमान गाउँका महिलाले झोला, सल, सुइटर, टोपी बनाएका छन्। महिला कल्याण आमा समूहमा आबद्ध भएर उनीहरू उद्यममा लागेका हुन्। गाउँपालिकाले दिएको तालिमले आफूहरुको दैनिकी बदलिएको स्थानीय जुनुमाया घर्ती मगरले बताइन्। बिहान बेलुका घरको काम धन्दा गर्ने र दिउँसो कपडा बुन्ने उनले बताइन्।

    उनले भनिन्, ‘एक्लैभन्दा समूहमा काम गर्दा फाइदा हुन्छ, अहिले गाउँका दिदीबहिनी मिलेर उद्यम गरेका छौँ, हाम्रो आर्थिक अवस्थामा सुधार आएको छ, सेवाग्राहीको मागअनुसार उत्पादन पनि बढाएका छौँ।’

    वडा नम्बर २ को लघुउद्यमी महिला समूहले झोला उत्पादन गर्दै आएको छ। वडा नम्बर ५ को खुङ्खानीका महिला समूहले सिस्नोको पाउडर, बोङगाखानी लघुउद्यम आमा समूहले भेडाको ऊनबाट काम्लो उत्पादन गरी बजारीकरण गर्दै आएको छ। वडा नम्बर १ को सिर्जनशील लघुउद्यमी समूहले साबुन सरफलगायत सामग्री उत्पादन गर्दै आएको छ।

    स्थानीय स्रोत साधानको प्रयोगबाट आफूहरू उद्यममा लागेको माया विकले बताइन्। विगतमा घाँस-दाउरा र पशुपालनमा व्यस्त उनी अहिले साबुन उत्पादनमा तल्लीन छन्।

    महिलाले उत्पादन गरेका सामग्री प्रवर्द्धनका लागि गाउँपालिकाले सहयोग गर्दै आएको तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले बताए। गाउँपालिकाले वडा नम्बर ३ मा महिला उद्यमीका लागि भवन निर्माण गरिसकेको भन्दै उनीहरुले उत्पादन गरेको खादा, दोसल्लालगायत सामग्री गाउँपालिकाले आयोजना गर्ने विभिन्न कार्यक्रममा प्रयोग हुने गरेको उनले जानकारी दिए। उत्पादित सामग्री बजारसम्म पुर्‍याउन ढुवानीको व्यवस्था गरिएको उनी बताउँछन्।

    अध्यक्ष बुढामगरले भने, ‘दिदीबहिनीलाई आत्मनिर्भर बनाउन सीप सिकाउनेदेखि उद्यम गर्न सहयोग गर्दै आएका थियौँ, अब उहाँहरुले उत्पादन गरेका वस्तुलाई बजारीकरण गर्न पनि साथ दिन्छौँ, सीपले उहाँहरुलाई आत्मनिर्भर बनाएको छ।’ रासस

    शुक्रबार, चैत ३०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २३ गते (६

    • २.
      आज २०८३ साल जेठ २४ गते (७

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८

    • ४.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer