• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, जेठ २७, २०८३
☰
बुधबार, जेठ २७, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

  • ५. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

३६ घण्टा सम्म केही खाँदैनन् ऋषि सुनक


  •   शनिबार, बैशाख ०१, २०८१ मा प्रकाशित
  • लन्डन । संसारको सबैभन्दा सक्रिय र फिट राजनीतिक नेताहरूको कुरा गर्दा एउटा नाम आउँछ बेलायती प्रधानमन्त्री ऋषि सुनकको । ४३ वर्षको उमेरमा उनी अत्यधिक सक्रिय छन्। उनको फिटनेसको रहस्य उनको जीवनशैली हो।

    Advertisement

    ‘द सन्डे टाइम्स’ले आफ्नो एक रिपोर्टमा यो खुलासा गरेको छ। सुनक फिट रहन नियमित व्रत बस्छन्। यसका लागि उनले ‘अन्तरकालीन उपवास’ को ५:२ सूत्र पालना गर्छन्, जसमा उनी लगातार ३६ घण्टासम्म केही पनि खाँदैनन्।

    तर, सुनकलाई मिठाइ मन पर्छ। उनी चिसो पेय पदार्थ पिउन मन पराउँछन् तर उच्च फ्रक्टोज कर्न सिरपबाट बनेको चिसो पेयको सट्टा उनी मेक्सिकन कोल्ड ड्रिंक्स पिउन रुचाउँछन्, जसमा उखुको चिनी अर्थात् उखुबाट बनेको चिनी हुन्छ।

    उनलाई थाहा छ- यी चिजहरू हानिकारक छन्। त्यसैले उनी आफ्नो मीठो लालसा पूरा गर्न बीच-बीचमा व्रतलाई पनि मान्छन्। सुनक भन्छन्, ‘म ३६ घण्टासम्म केही खाँदिन, ताकि म साताको बाँकी समय खानाको चाहना पूरा गर्न सकूँ।’

    उपवास भनेको के हो ?

    हामी सबैलाई थाहा छ कि उपवास भनेको स्वेच्छाले खाना त्याग्‍नु हो। अन्तरिम उपवास पनि उपवासको एक विधि हो, जसमा हामीले एक निश्‍चित समयमा मात्र खाना खान्छौं र बाँकी समय उपवास बस्छौं। जस्तै- १६ घण्टा उपवास हुन्छ। यसमा तपाईंले ८ घण्टाभित्र दुई वा तीनपटक खाना खानु हुनेछ र बाँकी १६ घण्टामा केही नखाने अर्थात् व्रत बस्‍नु हुनेछ।

    १६-८ : यसमा १६ घण्टासम्मको उपवास अवधि र ८ घण्टाको खाने भन्‍ने हुन्छ। यसको मतलब ८ घण्टाभित्र २ वा ३ पटक खाना खाने र त्यसपछि १६ घण्टाको लागि उपवास भन्‍ने हुन्छ। अझ यसरी बुझ्‍नुहोस्- यदि तपाईंले बेलुका ७ बजे खाना खानुभयो भने अर्को दिन ११ बजेसम्म केही खानु पर्दैन। यसबीचमा तपाईं पानी, कफी वा कागती पानी मात्र पिउन सक्नुहुन्छ। यसबाहेक कुनै पनि खानेकुरा वा पिउनाले इन्सुलिन स्पाइक हुन्छ र उपवास तोड्न सकिन्छ।

    ५:२ खाने : यसमा ४८ घण्टाको लामो उपवास समावेश छ। यसको मतलव तपाईंले सातामा पाँच दिन मात्रै खाना खानुहुन्छ र बाँकी दुई दिन पूर्ण उपवास गर्नुहुन्छ।

    वैकल्पिक दिन उपवास वा २४ घण्टा खाने : यसमा २४ घण्टा व्रत बसिन्छ। उदाहरणका लागि यदि तपाईंले आज दिउँसो १२ बजे बेलुकाको खाना खानुभयो भने तपाईंले अब अर्को दिन दिउँसो १२ बजे मात्र खानुहुनेछ। यसरी तपाईं २४ घण्टा व्रतको अवस्थामा रहनु हुनेछ।

    यसबाहेक केही मानिसले ३६ घण्टा सँगै उपवास बस्छन्, जुन विधि बेलायती प्रधानमन्त्री सुनकले अपनाएका छन्।

    उपवासले गम्भीर रोगहरू निको हुन्छ

    उपवास बस्दा शरीरमा इन्सुलिनको मात्रा कम हुन्छ, जसले शरीरले पहिले नै जम्मा भएको बोसोलाई ऊर्जाका लागि प्रयोग गर्छ। जब हामी खाना खान्छौं, शरीरमा इन्सुलिन बढ्छ र इन्सुलिनले कार्बोहाइड्रेट र चिनीलाई बोसोमा परिणत गरी शरीरमा भण्डारण गर्छ।

    लामो समयसम्म नियमित उपवास बस्दा इन्सुलिनको स्तर कम रहन्छ र शरीरले ऊर्जाको लागि शरीरको बोसो प्रयोग गर्छ। त्यसैले तौल घटाउनका लागि पनि अन्तरिम उपवास धेरै प्रभावकारी हुन्छ। जो मानिस नियमित व्रत बस्छन्, उनीहरूको रगतमा चिनीको मात्रा नियन्त्रणमा रहन्छ।

    उपवासले तौल घटाउँछ

    उपवास पश्‍चिमी देशहरूमा मात्र लोकप्रिय छ भन्‍ने होइन। भारतमा पनि अभिनेत्री आलिया भट्ट, मलाइका अरोरा र चर्चित कमेडियन भारती सिंहले १६-८ इन्टरमिटेन्ट उपवासको विधि अपनाएर तौल घटाएका छन्।

    हाम्रो शरीरमा प्राकृतिक घडी प्रणाली रहेको डाइटिसियन डा. कौशिकी गुप्ता बताउँछिन्। उनका अनुसार हामीले खाने, पिउने वा सुत्‍ने भन्‍ने निर्णय गर्नुपर्छ। अन्तरिम उपवासमा, शरीरलाई खाना मिलाउन २ देखि ४ साता लाग्छ, जसका कारण शुरुमा धेरै प्रकारका समस्या आउन सक्छन्।

    डा. कौशिकी गुप्ता यस्ता समस्याबाट डराउनु नपर्ने बताउँछिन्। भन्छिन्, ‘शरीरले कुनै पनि नयाँ कुरालाई अनुकूल बनाउन केही समय लिन्छ। २-३ सातामा तपाईंको शरीर नयाँ खाना चक्रसँग सहज हुनेबित्तिकै तपाईंले पहिलेको भन्दा बढी ऊर्जा महशुस गर्नुहुनेछ।’

    यी व्यक्तिहरूले बीच-बीचमा व्रत गर्नु हुँदैन

    डा. गुप्ताका अनुसार बीच-बीचमा व्रत बस्‍नु हरेक उमेर समूहका व्यक्तिका लागि उपयुक्त छैन। केही मानिस यसबाट टाढा रहनुपर्छ। जस्तै- १८ वर्षको उमेरमा शरीरको विकास भइरहेको हुन्छ। यस्तो अवस्थामा किशोरावस्थामा अवरोध आउने भएकाले उपवास गर्नु हुँदैन। गर्भवती वा स्तनपान गराउने महिलाहरूले पनि बीच-बीचमा उपवास गर्नु हुँदैन।

    कुनै पनि रोगका लागि नियमित औषधि सेवन गर्ने वा गम्भीर स्वास्थ्य अवस्था भएका व्यक्तिहरूले चिकित्सकको सल्लाहपछि मात्रै व्रत गर्नुपर्छ।

    व्रत बस्दा स्वस्थ र प्रोटिनयुक्त खाना खानुपर्छ। यदि तपाईं उच्च कार्बोहाइड्रेट आहारमा हुनुहुन्छ वा फास्ट फुड खानुहुन्छ भने बीचमा उपवास त्यति प्रभावकारी हुने छैन।

     

    शनिबार, बैशाख ०१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २३ गते (६

    • २.
      आज २०८३ साल जेठ २४ गते (७

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८

    • ४.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer