काठमाडौं । आज ४ वटा प्रदेशमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
Advertisement
विभागका अनुसार कोशी, वागमती, गण्डकी र कर्णालीका पहाडी भेगमा वर्षाको सम्भावना छ। नेपाली आकाशमा हाल पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव छ।
आज दिउँसो पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी, वागमती, गण्डकी र कर्णालीका पहाडी भेगका थोरै तथा बाँकी पहाडी इलाकाका १-२ स्थानमा हल्का वर्षाको सम्भावना छ।
आज राति सुदूरपश्चिम, गण्डकी र कर्णालीका पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। गण्डकी र कर्णालीका पहाडमा हल्का वर्षाको सम्भावना छ।




