काठमाडौं । भिटामिन ‘डी’को कमी हुनु भनेको शरीरमा क्याल्सियमको पनि कमी हुनु हो। सूर्यको प्रकाश भिटामिन ‘डी’को सबैभन्दा ठूलो स्रोत हो। यो शरीरका लागि खानामा नुनजत्तिकै महत्त्वपूर्ण हुन्छ।
शरीरमा भिटामिन ‘डी’को कमी भयो भने शरीर दिन प्रतिदिन कमजोर बन्दै जान्छ। कपाल छिटो झर्न थाल्छ। दिमाग र शरीर अस्वस्थ बन्दै जान्छन्। यस्तो अवस्थामा डिप्रेसनको समस्या पनि देखिन सक्छ। त्यसैले शरीरमा क्याल्सियमको कमी नहोस् भन्ने कुरामा ध्यान दिन जरुरी छ।
लक्षण
– कपाल झर्नु
– शरीर सुन्निनु
– हात र खुट्टामा झनझन हुनु
– हड्डी कमजोर हुनु, मांसपेशीको दुखाइ
– दाँत कमजोर हुनु
– नङ भाँच्चिनु
– निद्रा नलाग्नु
– डर र तनाव हुनु
– श्वासप्रश्वासको समस्या
– कब्जियत, ग्यास र पेट दुख्ने
– थकान र कमजोरी बढ्नु
भिटामिन ‘डी’ किन आवश्यक ?
भिटामिन ‘डी’ हड्डी र दाँत बलियो, मांसपेशीको विकास र राम्रो मानसिक स्वास्थ्यका लागि अत्यावश्यक छ। सामान्य चोटपटक लागे पनि हड्डी भाँचिन सक्छ।
मांसपेशीमा गहिरो पीडा हुन सक्छ। ज्येष्ठ नागरिक बिर्सने समस्या वा डिमेन्सियाबाट पीडित हुन सक्छन्। साना केटाकेटीहरूलाई पढ्न मन लाग्दैन। काम गर्ने मानिसमा भिटामिन ‘डी’को कमी भएमा डिप्रेसनमा जाने सम्भावना निकै बढ्छ।
दिनभरि थकित र निराश महशुस हुन्छ। ढाड, छाती र हातखुट्टामा गहिरो दुखाइ हुन्छ। भिटामिन ‘डी’को कमीले रोग प्रतिरोधात्मक क्षमतालाई पनि असर गर्छ, जसका कारण मानिसहरू बारम्बार बिरामी पर्न थाल्छन्।
क्याल्सियमको लागि के खाने ?
दूध, दही, बदाम, सुन्तलाको रस, ब्रोकाउली, सोयाबिन, दाल, सागसब्जी, माछामासु आदि।
शरीरलाई दैनिक कति क्याल्सियम चाहिन्छ?
बयस्क र वृद्धहरूका लागि
१०००-१३०० एमजी
किशोरका लागि
१३०० एमजी
बच्चाका लागि
७००-१००० एमजी
एक वर्षभन्दा कम उमेरका बच्चाका लागि
२५०-३०० एमजी
(भास्कर डटकमबाट)




