• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
मङ्गलबार, भदौ ०९, २०८३
☰
मङ्गलबार, भदौ ०९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

शारदाको शिर खैराबाङ भगवती मन्दिरमा भक्तजनको भीड


  •   शनिबार, बैशाख ०१, २०८१ मा प्रकाशित
  • सल्यान । जिल्लाको धार्मिक तथा पर्यटकीयस्थलको रुपमा परिचित प्यागोडाशैलीमा निर्माणाधीन खैराबाङ भगवती मन्दिरमा नयाँ वर्ष तथा चैते दसैंको पञ्चमीमा भक्तजनहरुको भीडभाड बढेको छ ।

    Advertisement

    शारदा नगरपालिका ११ मा रहेको खैराबाङ भगवती मन्दिरमा पूजाआजा गर्न आउनेहरुको भीड बढेको हो । भक्तजनको घुइँचोले मन्दिर आसपासमा चहलपहल मात्रै बढेको छैन, व्यापार व्यवसाय पनि फस्टाएको छ ।

    मन्दिर धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष छविकुमार शर्माले चैते दसैंको शनिबार पञ्चमी भएकाले भक्तजनहरु धेरै आएको बताए । उनका अनुसार शनिबार ३ हजारभन्दा बढी भक्तजनहरुले खैराबाङ मन्दिर दर्शन गरेका थिए । सय जति गाडीमा जिल्ला बाहिरबाटसमेत दर्शनार्थी आएका थिए ।

    वार्षिक १ लाख ५० हजार भक्तजन आउने गरेकोमा चैते दसैं सुरु भएयता ५ हजारभन्दा बढी दर्शनार्थी आइसकेका उनले जानकारी गराए । पुरातत्व विभागले प्यागोडाशैलीमा खैराबाङ भगवती मन्दिर निर्माण गरिरहेको छ । प्रत्येक वर्ष मन्दिर दर्शन गर्नका लागि सबैभन्दा बढी दाङबाट दर्शनार्थी आउने गरेको उनले जानकारी गराए । त्यस्तै बाँकेको नेपालगन्ज, सुर्खेत, जाजरकोट, रुकुम, रोल्पा, लमही, धनगढी, बुटवल, काठमाडौं र भारतका केही ठाउँबाट भक्तजनहरु आउने गरेका छन् ।

    ‘धार्मिक शास्त्रअनुसार खैराबाङ भगवती मन्दिर नेपालमा रहेका ५१ शक्तिपीठमध्येका एक पवित्र मन्दिरको रुपमा चिनिँदै आएको छ । वि.स. १४८० देखि मन्दिरमा पूजाआजा सुरु गरेको किम्बदन्तीमा उल्लेख छ । पुरानो शैलीमा रहेको भगवती मन्दिर २०४० सालमा स्व. राजा वीरेन्द्रले आधुनिक भवन निर्माण गराएका थिए,’ उनले भने ।

    शनिबार, बैशाख ०१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer