• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, जेठ २८, २०८३
☰
बिहिबार, जेठ २८, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

  • ५. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

आउनुहोस् वि. सं. २१०० मा देश यहां पुर्याउने संकल्प गरौं


  •   शनिबार, बैशाख ०१, २०८१ मा प्रकाशित
  • सम्झनुहोस्, आज वैशाख १ वि. सं. २१००

    Advertisement

    टुर्र-टुर्र विहानै फोनको घण्टी बज्यो। आमाले हजुर नमस्कार भन्दै उठाउनु भयो। उताबाट नमस्कार आमा भन्दै जवाफ आयो, “आमा म वडा कार्यालयबाट। तपाईंको नाति बाबु आजबाट १६ बर्ष पूरा हुनु भएको छ। जन्मदिनको शुभकामना छ उहाँलाई। जन्मदर्ता गर्दा तपाईहरुले दिइएको सूचनाको आधारमा हामीले उहाँको नागरिकता तयार गरेर तपाईंलाई डिजिटल प्रिन्ट पठाएका छौं, केही सुधार गर्नु पर्ने छ भने हेरेर खबर गर्नुहोला, ठिक छ भने हार्डकपी प्रिन्ट निकाल्न सक्नुहुन्छ”।

    आमाले हस बावु भन्दै फोन राख्नु भयो र मनमनै भन्नुभयो, “आफुले धन्दै बिर्सिएको आफ्नै नातिको जन्मदिन, धन्न सरकारले सम्झाइदियो”। यी र यस्तै गुणस्तरीय सेवाका कारण, राज्यले दिने उत्कृष्ट सेवा सुबिधाका सम्बन्धमा संयुक्त रास्ट्रसंघले हरेक वर्ष प्रदान गर्ने “जिम्मेवार देश खुशी जनता” नामक पुरस्कार सन २०३४ पछाडि नेपालले लगातार जितेको यो सातौं पटक हो।

    हरेक पाँच/पाँच वर्षमा हुने जनगणनालाई आधार मान्दै बैंक, विद्यालय र अस्पताल मात्रै होइन देशमा पेट्रोल पम्प, चार्जिङ स्टेशन, डिपार्टमेन्टल स्टोर, कपडा पसल, आदिको संख्या र स्थान समेत तोकिएका छन्।

    सार्वजनिक र अति आवश्यकिय सेवाको नयाँ व्यवसाय शुरु गर्न कसैले निवेदन दिएमा, त्रिभुवन विश्वविद्यालय जनसंख्या विभागको राय लिएर मात्रै सम्वन्धित वडा कार्यालयले वैकल्पिक अन्य स्थानसहित व्यवसाय कहाँ र कसरी शुरु गर्ने भन्ने एकिन गर्दछ। तर स्थानीय कृषी उत्पादनसँग सम्वन्धित घरेलु उद्योग संचालन गर्न भने विश्वविद्यालयसँग राय लिनु नपर्ने स्पष्ट कानुनी व्यवस्था रहेको छ।

    उच्च हिमाली क्षेत्रमा भएका साना खोलाहरु, जसमा पिउन निक्कै योग्य मानिएको पिएच ८-९.५ भएको अल्कालाईन पानी मात्रै नागरिकका लागि वितरण गर्ने सरकारले जनाएको छ।

    दश ठूला खानेपानी उद्योग मध्ये उच्चमात्रामा सुन र म्याग्नेसियम पाइने काली गण्डकीको पानी जापान, क्याल्सियम र कप्परको मात्रा धेरै पाईने कोशीको पानी वेलायत, पोटासियम र आईरनको मात्रा धेरै भएको कर्णालीको पानी अरब राष्ट्र निर्यात हुने गरेको छ।

    जापानले सिधै माछापुच्छ्रे अन्तर्राष्ट्रिय विमानस्थल पोखराबाट दैनिक नौ चार्टर उडानमार्फत पानी लिएर जान्छ भने, अमेरिका, युरोप र अरव राष्ट्रले मालवाहक रेल मार्फत बंगालको खाडी हुँदै जहाजमार्फत पिउने पानी लाने गरेका छन्। यसरी विभिन्न २४ देशमा खानेपानी निर्यात हुँदा वार्षिक आयको झण्डै ४२% हिस्सा ओगटेको र ८ लाख प्रत्यक्ष रोजगारी यस क्षेत्रले दिएको छ।

    पूर्व पश्चिम दुई रुट र उत्तर दक्षिण नौ वटा रेल सेवा सन्चालनमा आएको आज १६ औ बर्ष पूरा भएको छ। उत्तर-दक्षिण रेल सेवा कृषि उत्पादन ओसार-पसारको लागि प्रयोग गरिन्छ।

    प्राविधिक हिसावले निक्कै जटिल मानिएको जोमसोम-तातोपानी-गलेश्वर-कुश्मा-रिडी-पाल्पा-वुटवल-भैरहवा खण्डको रेल सञ्चालनका क्रममा १० मि. रेलसेवा ढिलो हुदा देशका प्रधानमन्त्रीले जनतासामु माफी मागेको र यातायात तथा रेलमन्त्रीले राजीनामा गरेको कुरा विश्वव्यापी संचारमाध्यममा छाएको थियो भने यसले विश्वभ्रर नेपाली कति इमान्दार र जिम्मेवार रहेछन् भन्ने राम्रो सन्देश दिएको थियो।

    नेपाल भ्रमण गर्ने पर्यटकहरु वर्षेनी ६० लाख भन्दा बढी आउन थालेकोमा, सगरमाथा विश्वविद्यालय अन्तर्गत पर्यटन विभागले गरेको अनुसन्धान अनुसार, मानव निर्मित नहरबाट पूर्व-पश्चिम यात्रा गर्ने पर्यटकहरु सबै भन्दा खुशी देखिएका थिए।

    पर्यटकलाई धान्नै नसक्ने स्थितिलाई मध्यनजर गर्दै नेपालले वार्षिक आम्दानी ७० हजार अमेरिकी डलर भन्दा बढी हुने देशका नागरिकलाई मात्र भिषा दिने नीति राखेको छ।

    हिमालको हिउ सुरक्षित गर्ने, पहाडमा स्थानीय गाईको घिउ सुरक्षित गर्ने र तराईमा अन्नको विउ सुरक्षित गर्ने कार्यक्रमलाई सरकारले निरन्तरता दिइएको आज दशकौं भइसकेको छ।

    जयपृथ्वी बहादुर सिंह विश्वविद्यालयले दिइएको रिपोर्टको आधारमा, रसुवा जिल्ला र सिन्धुपाल्चोक जिल्लामा पाइने स्थानीय भोटे कुकुरको छाउरा विदेश निर्यातमा लगाएको प्रतिबन्ध नर्वे र उत्तर कोरियाको बिशेष अनुरोधमा, सरकारले तिन वर्षको लागि फुकुवा गरेको छ।

    विश्व वजार, विशेष गरी जापान र कोरियामा वढी माग हुने पहाडी भू-भागको ४०० मि. देखि ८०० मि उचाई भएका नदीका टारहरुमा पाइने स्थानिय मालु केराको माग धान्न नेपाल सरकारलाई धौ-धौ परेको छ।

    उक्त मालु केरामा उच्च मात्रामा फोस्फोरस पाइने र मज्जाले पाकेको केरा खादा लामो समयसम्म मिठो वास्ना आइरहने हुनाले जापानीजहरुले “वनाना लाईक पर्फ्युम” (सुवासिलो केरा) भन्ने गरेका छन्।

    नेपालको उच्च हिमाली क्षेत्रमा फल्ने फापर र उच्च पहाडी क्षेत्रमा फल्ने कोदोमा पाइने हाईअक्सिडेन्ट, मल्टिभिटामिन, मल्टिमिनिरल्स, एन्टिअक्सिडेन्ट लगायतका अति आवश्यकिय मिनिरल्सहरु विश्वका कुनै ठाउको कुनै अन्नमा पनि नपाईने हुनाले वेलायत नर्वे स्विडेनलगायत देशहरुमा भएको नेपाली कोदो र फापरको माग धान्न धौ-धौ परेको छ। अझ यार्सागुम्वा मिसाएको नेपालमा वनेको कोदोको तिनपाने रक्सीको मूल्य विश्ववजारमा हरेक वर्ष आकासिँदो छ।

    विश्वविद्यालय नयाँ स्थापना गर्दा सम्भव भएसम्म हिमाली क्षेत्रमा स्थापना गर्ने र संभावना कम भएमा उच्च पहाडी क्षेत्रमा स्थापना गर्ने नीतिका कारण हाल संचालनमा रहेका देशका ७ ठूला विश्वविद्यालय हिमाली क्षेत्रमा र ११ ठूला विश्वविद्यालय पहाडी क्षेत्रमा स्थापना भएका छन् यातायातको भरपर्दो र विश्वसनिय सेवाका कारण २०० किमी टाढावाट, दैनिक विद्यार्थी आउ-जाउ गर्ने कुरा साधारण जस्तो लाग्न थालेको छ ।

    देशको मुद्रा लामो समयदेखि लगातार चौथो नम्वरमा रहेकोमा प्रधानमन्त्रीले, हरेक हप्ता वस्ने “प्राध्यापकसँग प्रधानमन्त्री” कार्यक्रमा चिन्ता गर्दै आफूले विश्व वजारमा नेपाली मुद्रा शिर्ष स्थानमा रहेको हेर्न चाहेको र यसका लागी कति समय लाग्छ, भन्ने प्रश्न गर्नु भएकोमा, त्रिविका वित्त व्यवस्थापन प्रमुख प्रा.डा. यादवले त्यसका लागि आफू पाच वर्षे कार्ययोजना दिन तयार रहेको कुरा राख्दै, पर्यटकिय क्षेत्रमा नयाँ व्यवसाय सञ्चालन गर्न ५० प्रतिशत अनुदान दिनु पर्ने, २० प्रतिशत पर्यटक भिषा बढाउनु पर्ने र कृषि उपजमा लगाएको निर्यातलाई थोरै परिमार्जन गर्नु पर्ने बताउनु भएको थियो।

    हरेक उत्पादित वस्तुहरुको निर्यातमा सरकारको कडा उपस्थिती हुने गरेको छ, चाहे त्यो रसुवाको लोकल तिनपाने होस वा बाजुराको अल्लोको कपडा नै किन नहोस्। किसानले आफूले वर्षभरी उत्पादन गर्ने वस्तुको विवरण हरेक वर्षको बैशाख १५ भित्र वडा कार्यालयमा बुझाउनु पर्नेछ।

    यसरी विवरण वुझाएको वढिमा एक हप्तामा, सरकारले तोकेको खरिद मूल्यको ५० प्रतिशत रकम किसानको खातामा जम्मा गरिदिनु पर्ने छ। उत्पादित बस्तु सम्बन्धित वडा कार्यालयमा बुझाएको दिन नै, बाँकी रकम किसानको खातामा राखिदिनु पर्ने व्यवस्था कानुनले गरेको छ।

    मल विउ-विजन र प्राविधिक सहयोग सम्पूर्ण सरकारको तर्फबाट निशुल्क रहेको छ। देशभरका नागरिक हरेकका लागि एउटा परिचय नम्बर र सोही नम्बरको आधारमा एक मात्र बैक खाता राखिएको हुदा हरेक नागरिकको आम्दानी, कर र जरिवाना लगायत आय-व्यायको एकदमै पारदर्शी लेखा, सरकारसँग रहने गरेको छ।

    आईक्युएयरले तोकेको मापदण्ड अनुसार नेपालको प्रदुषण स्तर अन्य समयमा ५ एक्युआई यूएस भन्दा कम हुने र फागुन चैत्र र बैशाखमा ९ एक्युआई यूएस पुग्ने हुदा हावामा हुने प्रदुषण कम गर्न सरकारले कृत्रिम वर्षा गराउन लागेको झण्डै १६ वर्ष भै सकेको छ।

    त्रिभुवन विश्वविद्यालय मौशम केन्द्दिय विभागले दिएको अनुसन्धान रिपोर्टका आधारमा फाल्गुण चैत्र र बैशाख महिनामा देशका राजधानी लगायत ठूला शहरमा हावाको प्रदुषण कम गर्न कृत्रिम वर्षा गराउनका लागि सरकारले दश/दश वर्षे कृत्रिम वर्षाको पात्रो नै प्रकाशित गरेको छ।

    सरकारले, हरेक फाल्गुण महिनाको दोस्रो, चैत्र महिनाको पहिलो र बैशाख महिनाको अन्तिम शनिवारको दिन घरबाट बाहिर ननिस्कन र निस्कनै परेमा वर्षादी लिएर निस्कन आग्रह गरेको छ। यसरि गरिने कृत्रिम वर्षा १२० मिमि भन्दा बढी नहुने जनाइएको छ।

    हरेक मन्त्रालयमा, त्रिविका सम्वन्धित केन्द्रिय विभागबाट विषय विज्ञ खटाउने देशको पुरानो चलनलाई लक्षित गर्दै बीबीसीको, “देश त पुरै त्रिभुवन विश्वविद्यालयले चलाएको रहेछ नी, राजनीति र शिक्षा फरक विषय होइनन् र ?” भन्ने प्रश्नमा, मुसुक्क हाँस्दै, “शिक्षा हाम्रा लागि भगवान हो, भगवानको तुलना कसैसँग हुनै सक्दैन” भन्ने नेपालका प्रधानमन्त्रीको जवाफ लामो समयसम्म विश्व राजनीतिमा चर्चाको विषय भएको थियो।

    यसै विषयलाई लिएर कोरियन सरकारले नेपालको समाचारलाई उच्च महत्व नदिएको भन्दै त्यहाँको सरकारी संचार माध्यमलाई कारवाहि नै गरेको थियो।

    वीरगञ्ज चिनी कारखाना, हेटौडा सिमेन्ट, हेटौंडा कपडा, गोरखकाली रवर उद्योग, भृकुटी कागज कारखाना, बुटवल धागो कारखाना जस्ता अनेकौं उद्योगहरुको उत्पादन, वितरण, रोजगारी र हालको अवस्था हेर्दा, कुनै समय यि कारखाना वन्द थिए रे !! भन्दा पत्याउनै मुस्किल पर्ने गरेको छ।

    अझ भनौ भृकुटी कागज कारखानाबाट उत्पादन हुने हिमाली क्षेत्रमा फल्ने जुम्लाको काली मार्सी धानको परालबाट बनेको उच्च गुणस्तरको नेपाली कागज, अमेरिकाले आफ्नो कागजी मुद्रा छाप्ने प्रयोजनका लागि ठूलो मात्रामा खरिद गर्न लागेको दशकौ भै सकेको छ।

    गोरखकाली रवर उद्योगबाट उत्पादित टायरहरु, ५६ ईन्च ब्यास र २१ ईन्च चौडाईका टायरहरु, उच्च प्रेसर थेग्ने र नाईट्रोजन रिफिल गर्न निक्कै सजिलो र ५८० पटक सम्म लेन्डिङ क्षमता हुने हुनाले सन १९७० मा स्थापित विश्वकै नं १ विमान कम्पनी एयर बसले आफ्नो विमानका लागी प्रयोग हुने टायर खरिद गर्न २० वर्षे सम्झौता गर्न अनुरोध गरेकोमा, नेपाल सरकारले सम्झौता अवधी छोट्याएर १० बर्ष बनाएको र आफुले विमानको अगाडीको टायर मात्रै उपलब्ध गराउन सक्ने जनाएको थियो।

    जनसंख्या तथा वसोवास मन्त्रालयले हिमाली क्षेत्रमा घर वनाउदा २० प्रतिशत अनुदान दिने र वार्षिक करमा ८० प्रतिशत छुट दिने, पहाडी क्षेत्रमा घर वनाउदा १० प्रतिशत अनुदान र वार्षिक करमा ५० प्रतिशत छुट दिने तथा तराई र शहरी क्षेत्रमा घर बनाउँदा लागतको अतिरिक्त थप २० प्रतिशत र वार्षिक करको थप ५० प्रतिशत अतिरिक्त शुल्क लिने नीतिका कारण, वि सं २०९४ सालको जनगणना हेर्दा मध्यपहाडमा देशको दुई-तिहाई जनसंख्या वसोवास गरेको देखिन्छ।

    बाँकी एक तिहाई जनसंख्या देशका मुख्य-मुख्य शहर, हिमाली क्षेत्र र तराईमा केन्द्रित छन । यसरी शहर वा तराई केन्द्रित जनसंख्या पहाडी क्षेत्र र हिमाली क्षेत्र तर्फ आकर्षित गर्ने सरकारको कार्यक्रम निक्कै नै प्रभावकारी भएको कुरा चिनियाँ सरकारी संचार माध्यमले मुख्य समाचार बनाएको थियो।

    एग्रो एम्वुलेन्सको लागी विश्वव्यापी टेन्डर आह्वान हुँदा, २५२०० थान एम्वुलेन्स बाहन (सवारी साधन) दिएको टोयटा कम्पनीको, अछाम-साफेवगर र अरुण उपत्यकामा प्रयोग गरिएका दुई एम्वुलेन्सको समय अगावै कुलर खराब हुँदा, नेपालसँगको सम्बन्ध बिग्रिएमा आफूलाई सह्य नहुने भन्दै जापान सरकारले सो कम्पनीलाई कडा चेतावनी दिए पश्चात, नेपाल सरकार र सम्बन्धित कृषकलाई परेको सम्पूर्ण क्षति आफूले ब्यहहोर्ने क्षमा-याचना सहितको टोयटा कम्पनिको पत्र जापानिज संचार माध्यमहरुले मुख्य समाचार नै बनाएका थिए।

    बीबीसी अन्तर्राष्ट्रिय संस्थाको दक्षिण एसिया हेर्ने कार्यालय नेपालमा स्थापना गरेको ११औं बर्षको उपलक्ष्यमा आयोजित सभामा, दक्षिण एसिया हेर्ने प्रमुखमा, अब नेपाल को जान चाहन्छ ? भन्ने प्रश्नमा, स्वय स्टेसन म्यानेजर प्रा. डा. व्लकले हात उठाउँदै, आफू समाज विज्ञानको निक्कै भोको विद्यार्थी रहेकोले, नेपालले प्रदान गरेको उच्चस्तरको सामाजिक सेवाको नजिकबाट नियाल्ने अवसर दिलाईदिन अनुरोध गर्दै, “यो सौभाग्य मलाई दिनुहोला” भनेको विषय वेलायती पत्रिका डेलि मेलमा छापिएसँगै विश्व चर्चित बनेको थियो सन २०३४ मे मा।

    चलचित्र निर्माण गर्न एकाधिकार पाएको देशको एकमात्र महजोडी विश्वविद्यालयद्वारा निर्मित चलचित्रहरुले विश्वरंगमन्चमा लगातार ८ औं पटक ओस्कार जितिसकेको छ भने विश्वमा सबैभन्दा धेरै रुचाईएको ‘मनाङ्गी केटो’ नामक चलचित्र उक्त विश्वविद्यालयले नै बनाएको थियो।

    बागमती अस्पताल अन्तर्गत रहेको भगवान कोईराला मुटुरोग उपचार केन्द्रमा युरोपियन मुलुकको अनुरोधमा २० प्रतिशत बेड अति-विशिष्ट विदेशी पाहुनाको लागी छुट्याइएको छ। तिलगंगा आँखा अस्पतालले सन्दुक रुईत नामक “ईनर आई लेन्स” ठुलो मात्रामा बिदेश निर्यात गर्न लागेको दशकौ भैसकेको छ।

    सन्दीप लामिछाने अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाबाट वर्षमा १६ अन्तराष्ट्रिय खेल हुदै आएकोमा अन्तराष्ट्रिय क्रिकेट संघले नेपालको हावापानी, शान्त समाज र नेपालको सहभागीताई मध्यनजर गर्दै कम्तिमा २० अन्तराष्ट्रिय खेल खेलाउन माग गरेको छ।

    “सामाजिक सेवामा सूचना प्रबिधिको प्रयोग कसरी गर्न सकिन्छ”, भन्ने नेपालको एकमात्र सरकारी संस्था “नारायण गोपाल” रेणियोको विश्वव्यापी चर्चित कार्यक्रम अमेरिका क्यानडा जापान युरोपियन मुलुक लगायतको आग्रहमा अंग्रेजी भाषामा शुरु गरेको दशकौ भै सकेछ।

    राज्यले मान सम्मान र सेवा सुविधाका हिसावले उच्च दर्जा दिईएको शिक्षण पेशामा युवा वर्गको आकर्षण निक्कै हुने गरेको छ। चाडपर्वमा होस वा अन्य समयमा ठूला बडाले “भाग्यमानी भएस्, असल शिक्षक भएस्” भन्ने आशिष दिने गरेका छन्।

    ठूला चाडपर्वमा सबैको सहभागिता रहोस् भन्ने उद्देश्यले सरकारले विजया दशमी र दिपावलीको अवसरमा नागरिकका लागि सम्पूर्ण सार्वजनिक सेवामा ५० प्रतिशत छुटको व्यवस्था गरेको छ।

    देशभर शिक्षा स्वास्थ्य र खानेपानी आमनागरिकका लागी नि:शुल्क रहेको छ । विदेशीका लागी सरकारले दिँदै आएको विद्यार्थी भिषामा कडाई गरेको छ भने विश्वमा निक्कै चर्चा कमाएको इन्जिनियरिङ विधा अन्तर्गत सिभिल अध्ययनमा दिँदै आएको विदेशी छात्रवृतीलाई ५ वर्षका लागि स्थगित गरेको छ।

    देशका ठूला कम्पनी पशुपती जेभी, भैरव कन्सटक्सन, हनुमान जेभी, अन्नपुर्ण निर्माण सेवा लगाएतका २१ भन्दा धेरै कम्पनीहरुले निर्माण जगतमा अन्तर्राष्ट्रिय प्रतिष्पर्धा गर्न थालेको निक्कै भइसकेकोछ।

    यसै क्रममा पशुपती जेभीले पुर्वी चाईनाको सि-वाङ्गमा वनाएको सेटेलाईट सिटीको उत्कृष्ट डिजाइन, हनुमान जेभीद्वारा निर्मित यातायात संचालनको लागि बनाइएको डेनमार्क स्विडेन र नर्वे जोड्ने नहरले उत्कृष्ट अन्तराष्ट्रिय पुरस्कार प्राप्त गरेको थियो ।

    उच्चतम रुपमा संचारमाध्यमको प्रयोग गरि नेपालले अपनाएको निर्वाचन प्रणाली विश्व राजनीतिमा सधै उत्कृष्ट र चर्चाको विषय बन्ने गरेको छ।

    वि.सं. २०८८ को जनगणना अनुसार ९६% नेपालीहरुले मोवाईल प्रयोग गरेको देखिएता पनि, निक्कै व्यस्त जनताको जीवनलाई मध्यनजर गर्दै सरकारले शहर र बस्तीहरुमा आवश्यकता अनुसार भोटिङ मेशिन राखिदिएको छ भने, निर्वाचन अवधीको समय १५ दिन बाट १ महिना बनाएको छ।

    यसरी मतदान गर्न दिईएको ३० दिनको समयमा पनि मतदान नगर्ने नागरिकको ५ दिनको तलव सरकारले जरिवान लिने र सो रकम सिधै सरकारले काट्ने कडा कानुनी प्राबधानका कारण विगत लामो समयदेखि नो भोट झण्डै जिरो रहेको छ।

    विश्व स्वस्थ्य संगठनद्वारा आयोजित अन्तर्राष्ट्रिय चिज प्रतियोगिता, लगातार १६औं पटक जितेको नेपालले यसपाली कृषि उत्पादन तथा व्यवस्थापन मन्त्रीको व्यस्तताका वावजुद सहभागी हुन नसक्दा सो पुरस्कार स्विजरल्याण्डले हात पारेको थियो।

    सो पुरस्कार प्राप्त गर्न स्वंयम उपस्थित हुनै पर्ने कडा नियमका वावजुद यसो भएको आयोजकले पुरस्कार घोषणा सभामा मुसुमुसु हास्दै, नेपाल उपस्थित नभएकोमा दु:ख लागेको वताएका थिए । ( पुनर्जन्म लिने वाहेक हामिले सोचेका हरेक कुरा पुरा हुन्छन्, त्यसैले आजैबाट सोचौ र अगाडि बडौ, देशलाई यो विन्दुमा पुर्याउन)

    (साभार: डिसी नेपाल)

     

     

    शनिबार, बैशाख ०१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २३ गते (६

    • २.
      आज २०८३ साल जेठ २४ गते (७

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८

    • ४.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer