• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, जेठ २९, २०८३
☰
शुक्रबार, जेठ २९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

  • ५. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

पर्यटन र कृषिमार्फत आत्मनिर्भर बन्दै चामे


  •   शनिबार, बैशाख ०१, २०८१ मा प्रकाशित
  • मनाङ । हिमाली जिल्ला मनाङ पर्यटकीय गन्तव्यका रुपमा प्रसिद्ध छ । यस ठाउँको आयस्रोत नै पर्यटन र कृषि मानिन्छ । मनाङ प्राकृतिक सम्पदाले भरिपूर्ण छ ।

    Advertisement

    मनाङको मुख्य केन्द्रका रुपमा रहेको चामे गाउँपालिकाले कृषि र पर्यटन क्षेत्रको माध्यमबाट नै आत्मनिर्भर हुने लक्ष्य लिएको छ । चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले स्पष्ट योजना बनाएर नै पालिकाको विकास र समृद्ध बनाउन सकिने बताउनुभयो । उहाँले भन्नुभयो, “पालिकावासीलाई आत्मनिर्भर बनाउन आवश्यक छ, कसरी पालिकालाई समृद्ध बनाउन सकिन्छ भनेर आवश्यक योजना निर्माणकै चरणमा छौँ ।” सबै क्षेत्रमा काम गरिरहेका भए पनि दिगो र भरपर्दो योजना अझै निर्माण गरि नसकेको उहाँले बताउनुभयो ।

    यहाँको विकासका लागि कृषि र पर्यटन क्षेत्र भएको अध्यक्ष घलेले बताउनुभयो । यसका साथै सडक सञ्जालको विकास पनि आवश्यक रहेको उहाँको भनाइ छ । पालिकाको विकासमा शिक्षा र स्वास्थ्यको पनि उत्तिकै महत्व छ । उहाँले भन्नुभयो, “स्वास्थ्य र शिक्षालाई प्राथमिकता दिएर महत्व दिनुपर्छ । जिल्लाकै केन्द्र र विद्यार्थीको शैक्षिक उन्नयनका लागि पालिकाभित्र दुई आवासीय विद्यालय सञ्चालनको तयारी छ । सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर खस्कँदै गएको अवस्थामा गुणस्तरीयता कायम गर्ने भूमिकामा पालिका लागिपरेको छ ।”

    पर्यटकीय याम सुरु भए पनि धुलाम्मे सडकका कारण पर्यटकले सास्ती बेहोर्नुपरेको छ । पर्यटन प्रवद्र्धन गर्न वैकल्पिक पदमार्ग निर्माण गरिरहेको अध्यक्ष घलेले बताउनुभयो । उहाँले भन्नुभयो, “वडा नं १ र २ मा लगभग सम्पन्न भइसकेको छ । वडा नं ३ र ४ मा योजना बनाउँदैछौँ । ४ नं वडाको कजिनसरा ताललाई प्रचारप्रसार गरी पर्यटन प्रवद्र्धन गर्न पदमार्ग निर्माण तथा धर्मशाला बनाउँदैछौँ ।” बाह्य पर्यटकलाई आकर्षित गर्नकै लागि पूर्वाधार निर्माणका काम भइरहेका अध्यक्ष घलेले बताउनुभयो ।
    विश्वकै पर्यटकको आकर्षणको केन्द्र मानिएको पर्यटकीय दृष्टिकोणबाट महत्वपूर्ण गन्तव्य अन्नपूर्ण पदमार्ग र तिलिचो ताल मानिन्छ । यहाँ आउने पर्यटकमार्फत नै आयस्तर वृद्धिमा जोड्न सक्नुपर्ने उहाँको भनाइ छ ।

    यस क्षेत्रको मुख्य आकर्षक त्यहाँबाट देखिने हिमशृङ्खला, ताल एवं सांस्कृतिक स्वरुप र प्राचीन बौद्ध गुम्बा, वनजङ्गल र जातजातिको एकता नै हुन् । चामेमा अवस्थित पर्यटकीय दृष्टिले महत्वपूर्ण प्राकृतिक सम्पदा लमजुङ हिमाल, काजिन सरा (सिङ्गर) ताल, तातोपानी कुण्ड, पदमार्ग, लालीगुँरास बगैँचालगायत प्राकृतिक सौन्दर्यताका विषयमा पर्यटकलाई जानकारी दिने योजनाअनुसार काम गरिरहेको अध्यक्ष घलेले बताउनुभयो ।

    मनाङ उच्च हिमाली भएकाले यहाँ स्थानीय रुपमा स्याउ, आलु, फापर, जौ, गहुँ, करु र उवा उत्पादन हुन्छ । यहाँको उत्पादनले बढीमा तीन महिना मात्रै खान पुग्छ । अध्यक्ष घलेले भन्नुभयो, “पर्यटकलाई अग्र्यानिक खुवाउन मुस्किल छ । कृषिलाई प्रवद्र्धन गर्नु आवश्यक ठानेका छौँ । यहाँको उत्पादन कम समयका लागि पुग्ने हुँदा बाहिरबाट किनेर खुवाउन बाध्य छौँ । अग्र्यानिक खानालाई प्राथमिकतामा राखेर कृषि प्रवद्र्धन गरी कृषितर्फ पालिकावासीलाई आकर्षित गर्नेतर्फ योजना बनाएका छौँ ।” स्थानीय उत्पादन भएन भने पर्यटक आउने बस्ने, बाहिरकै खानेकुरा खाएर पठाउन बाध्य हुने उहाँको भनाइ छ ।

    स्थानीय उत्पादन खाद्यवस्तु उत्पादन गर्न नसक्दा बाहिरी वस्तु ल्याएर काम पकाउने र दिने मात्रै भएको अध्यक्ष घले सुनाउनुहुन्छ । उहाँले भन्नुभयो, “यहाँ प्रत्येक वर्ष लाखौँ पयर्टक भित्रिन्छन् । तर ती पर्यटकलाई यहीँको उत्पादन खुवाउन सकिएको छैन । यो दुःखको विषय हो । पर्यटकलाई यहीँको उत्पादन खुवाउन सकियो भने नागरिकको आर्थिक अवस्था उकासिन्छ । त्यसैले उत्पादनलाई जोड दिइरहेका छौँ ।” खाद्यवस्तु सञ्चितिका लागि अहिले चामेमा चिस्यान केन्द्र स्थापना गरिएको उहाँले जानकारी दिनुभयो ।

    सामूहिक खेतीलाई प्राथमिकता दिएको अध्यक्ष घलेले बताउनुभयो । निकट भविष्यमै चामेमा कृषि उपज सङ्कलन केन्द्र बनाउने योजना बनाइएको उहाँले बताउनुभयो । कृषि र पर्यटनलाई मुख्य जीविकोपार्जन र आर्थिक विकासको स्रोतका रुपमा विकास गर्ने योजना बनाइएको उहाँले बताउनुभयो । यस दीर्घकालीन सोचले गाउँपालिकालाई स्वच्छ, सहज, सफा, पर्यटकीय तथा गरिबीमुक्त र समृद्ध गाउँपालिकाका रुपमा विकास गर्ने योजना रहेको अध्यक्ष घलेले सुनाउनुभयो ।

    चामे–३ का वडाअध्यक्ष विनोद लामाले विकट तर पर्यटकीय स्थान भएकाले यसलाई प्राथमिकता दिएर योजना निर्माण गरी आयसँग जोड्ने प्रयासमा रहेको बताउनुभयो । चामे–४ का वडाध्यक्ष लबसाङ लामाले यहाँका पर्यटकीय गन्तव्यको खोजी तथा प्रवद्र्धन गरी पर्यटन क्षेत्रको विकाससँगै आयस्रोत बढाउन योजना बनाएर अगाडि बढेको बताउनुभयो । विकट क्षेत्र, पूर्वाधार अभाव तथा सम्बन्धित विषयसँग विज्ञ ल्याउन खर्चिलो हुँदा पनि यहाँका पर्यटकीय क्षेत्रको प्रवद्र्धन हुन सकेको छैन । यस्ता विकट क्षेत्रमा रहेका पर्यटकीय क्षेत्रको खोजी तथा प्रवद्र्धन गर्न सके देशकै आर्थिक वृद्धि गर्न सहयोग पुग्ने उहाँको भनाइ छ ।

    शनिबार, बैशाख ०१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २३ गते (६

    • २.
      आज २०८३ साल जेठ २४ गते (७

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८

    • ४.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer