काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज पहाडी इलाकामा हल्का वर्षाको सम्भावना देखिएको छ।
Advertisement
पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण आज दिउँसो सुदूरपश्चिम र कर्णालीलगायत देशको पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। पहाडी भेगका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ।
आज राति सुदूरपश्चिम र कर्णालीमा आंशिकदेखि साधारणतया बदली रही बाँकी पहाडी इलाकामा आंशिक बदली र देशका अन्य भूभागमा मौसम मुख्यतया सफा रहने छ। कर्णाली र सुदूरपश्चिमका पहाडी भेगका १-२ स्थानमा हल्का वर्षाको सम्भावना छ।




