काठमाडाैँ । आइतबार सूर्य भगवानको पूजा अर्चना गरिन्छ । ज्योतिष शास्त्रका अनुसार आइतबारको दिन सूर्य देवताको मन्त्र जप तथा पूजाको विशेष महत्व रहने गर्दछ ।
धर्मशास्त्रमा उल्लेख गरिए अनुसार आइतबारको दिनमा सूर्यअस्ताउनु भन्दा पहिला नूनको सेवन नर्गदा राम्रो हुन्छ । यो दिन असन खाद्य, मासु, रक्सी जस्ता भोजन खानु हुँदैन ।
आइतवारको दिन पीपलको पूजा र पीपलको फेदमा पानी हाल्ने काम गर्नुलाई पनि राम्रो मानिदैन भने यो दिन सहवास गर्नुलाई पनि पाप मानिन्छ । आइतबार तामा, सखर, रातो चन्दन, सूर्य महिमाको पुस्तक दान गर्न आवश्यक हुन्छ ।
सूर्यलाई अर्घ दिनाले सौभाग्य मिल्छ र मान-सम्मान बढ्छ, तर नियम अनुसार गरेमा बेग्लै फाइदा हुन्छ। आउनुहोस् सूर्यलाई अर्घ्य दिने तरिका जानौं।
सूर्यदेवलाई जल अर्पण गर्नु अति शुभ मानिन्छ । यो काम हरेक बिहान सूर्योदयको समयमा गर्नाले उचित फल प्राप्त हुन्छ । सूर्योदयको एक घन्टा भित्र मात्र सूर्यलाई अर्घ्य दिने प्रयास गर्नुहोस्, तब मात्र फल प्राप्त हुनेछ।
यदि सूर्यलाई जल अर्पण गर्दा चिनी हालिन्छ भने, जससँग नराम्रो सम्बन्ध छ, उनीहरुसँगको सम्बन्ध मिठो हुन्छ र सम्बन्धमा सुधार आउँछ । सूर्यलाई पानी चढाउँदा पानीमा कनेरको फूल मिसाएमा त्यसले तपाईमा उर्जा फैलाउँछ ।
सूर्यलाई जल अर्पण गर्दा यसमा चामलको दाना थप्नुहोस्, यसले तपाईंको घरमा सुख-समृद्धि ल्याउनेछ । सूर्यलाई जल अर्पण गर्दा पानीमा बेसार मिसाएमा विवाहमा आउने बाधा हट्छ ।
यो दिन ब्रह्म मुहूर्तमा नुहाएर सूर्योदयको समयमा भगवान सूर्यलाई जलले मन्त्रसहित अर्घ दिँदा पुण्य कमाइन्छ ।
आजको दिनमा सूर्य अर्घ्य मन्त्र–
ॐ ऐही सूर्यदेव सहस्त्रांशो तेजो राशि जगत्पते।
अनुकम्पय मां भक्त्या गृहणार्ध्य दिवाकरः।।
ॐ सूर्याय नमः, ॐ आदित्याय नमः, ॐ नमो भास्कराय नमः।
अर्घ्य समर्पयामि।।
जप्दै काम गर्दा मनोकामना पूरा हुने शास्त्रमा उल्लेख छ ।





