• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, जेठ २७, २०८३
☰
बुधबार, जेठ २७, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

  • ५. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

रमणीय हाँडीकोट


  •   आइतबार, बैशाख ०२, २०८१ मा प्रकाशित
  • बागलुङ । रमणीय हाँडीकोट टापु । बागलुङ जिल्लाको जैमिनी नगरपालिका–१० मा सोलीघोप्टे आकारमा चुलिएको छ । टापु समुद्री सतहदेखि दुई हजार १९५ मिटरको उचाइमा अवस्थित छ । यसलाई बागलुङ जिल्लाको तेस्रो उच्च शिखर मानिन्छ । प्रकृतिको अनुपम सिर्जना । हाँडीकोट टापुको पूर्वतिर कालीगण्डकी अविरल आफ्नो प्रवाहमा सुसाइरहेछ । दक्षिण फर्केर हेर्दा सुदूर क्षितिजसम्म पर्वतमालाको सुन्दर प्राकृतिक कला देखिन्छ । सुन्दर र बसूँ बसूँ लाग्ने अग्लो टापु ।

    Advertisement

    बागलुङबाट दक्षिण भेगमा जैमिनी नगरपालिका अवस्थित छ । पवित्र कालीगण्डकीको मध्य भागमा जैमिनी छ । वेदव्यासका शिष्य जैमिनी ऋषिले योगसाधना र तपस्या गरेको मानिने पुण्यभूमि जैमिनी क्षेत्रको नामबाट जैमिनी नगरपालिकाको नामकरण भएको भन्ने छ । पोखरा–बागलुङ सडक अन्तर्गतको मालढुङ्गा–कुश्मीशेरा, पर्वत–कुस्मा, पर्वत–फलेबास, सुम्सा घाट र कालीगण्डकी कोरिडोर जस्ता थुप्रै ठाउँ भएर पैदल वा सवारीसाधनमार्फत हाँडीकोट टापुमा पुग्न सकिन्छ ।

    सदरमुकाम बागलुङ बजारदेखि करिब तीन घण्टाको मोटर यात्रामा सजिलै टापुमा पुगिन्छ । टापुको तल्लो फेदी हुँदै निर्माण भइरहेको कालीगण्डकी कोरिडोर सडकले दक्षिणमा भारत र उत्तरमा चीनसँग जोडिएका कारण विशेष महत्व राख्छ । पर्यटनका दृष्टिले बागलुङका रमणीय स्थानमध्येको हाँडीकोटको महिमा छुट्टै छ । हाँडीकोट चौबिसे राज्यको पालामा रहेको भुरेटाकुरे राज्य अन्तर्गत गनिन्छ । यहाँ कतिपय पुरातात्त्विक महत्वका क्षेत्र पनि छन् । बागलुङ जैमिनीमा रहेको हाँडीकोट र गाजाको धुरी सूर्योदय र सूर्यास्तको अवलोकनका लागि पनि उपयुक्त मानिन्छ । यसै पनि मनोरम चाँदी जस्तै टलक्क टल्कने हिमशृङ्खला, कालीगण्डकीको अटुट प्रवाह, वरपर देखिने रमणीय पहाडी दृश्यले पर्यटकलाई लोभ्याउने गर्छ । यसैको माझमा स्वच्छ र सुन्दर हरियाली पहाडमा मनलाई रोमाञ्चित बनाउने गरी हाँडीकोट उभिएको छ ।

    हाँडीकोट टापुको काखमा गुजुमुज्ज स्लेट ढुङ्गाका छाना भएका आकर्षक गाउँ छन् । लेकाली पाखामा जडीबुटीजन्य मगमगाउँदो बास्नाले हाँडीकोट धनी छ । प्राकृतिक रूपमा सुन्दर डाँडापाखा रहेकाले पदयात्राका लागि पनि हाँडीकोट टापु राम्रो गन्तव्य बन्न सक्ने सम्भावना छ । टापुसम्म पुग्ने पदयात्राका क्रममा दृश्यावलोकन मात्र नभई गाउँले जीवन, संस्कृति र परम्परा बुझ्न पनि यात्रा विशेष महत्वको हुन सक्छ । टापुको पुछार ब्याडथला पुग्नुभन्दा केही वर पूर्वपट्टि माईका थानको लामो डाँडो छ । माईका थानमा भाकल र पूजाआजा गर्दा मनोकाङ्क्षा पूर्ण हुने लोकविश्वास छ ।

    टापुको अलि पर दक्षिणपूर्व छिस्ती केवै र पुरनगाउँको रमणीय जङ्गल देखिन्छ । तलपट्टि भित्तामा स्लेट ढुङ्गाको खानी । यही खानीले कैयौँ स्थानीयवासीलाई रोजगारी दिएको छ । लेकबाट उम्रेको पानीको मूलले कतिको जीवन बचायो । कतिको खेतबारी उर्वर बनायो । कुनै लेखाजोखा छैन । राङखानीको शिरमा रहेको यो टापुको छाती साँच्चिकै समृद्ध छ । पखेरामा फुलेका लालीगुराँस, घमाइलो पाखामा फुलेका रङ्गीविरङ्गी फूलहरूको सुवास भिन्नै छ ।

    पर्यटक आकर्षित गर्न सक्ने पर्याप्त सम्भावना बोकेको यो टापु विकासको पर्खाइमा छ । केही वर्षदेखि मेला महोत्सव गरेर आन्तरिक पर्यटक पु¥याउन थालिएको छ । यसको महìव सर्वत्र फैलाउने ध्येयले गएको फागुपूर्णिमामा पाँचौँ हाँडीकोट महोत्सव सम्पन्न भयो । फागुपूर्णिमाको साइत पारेर गरिएको महोत्सवमा ठुलो सङ्ख्यामा रक पर्यटक हाँडीकोट टापु पुगे । पछिल्लो समय हाँडीकोटको नजिकका डाँडाखानी र ब्याडथलामा सामुदायिक घरबास सञ्चालनमा आएका छन् । सामुदायिक घरबासमा खाना र बस्नका निम्ति राम्रो व्यवस्था मिलाइएको छ ।

    एकातिर काफल, टिमुर, दुधिलो, कुरिलो, चुत्रो, ऐँसेलु, केमुना, पानी अमला जस्ता प्राकृतिक कन्दमूल र जडीबुटीले पाखो भरिपूर्ण छ भने अर्कातिर वनमा विचरण गर्ने हरिण र कालिज । यही पखेरामा उम्रेको सिस्नु र जलुकीले बेलुका तरकारीको गर्जो टर्छ । जङ्गलमा पाइने सतुवा बिरामीका लागि अचुक रामवाण । यस्ता अनेक जातका बोटबिरुवाले भरिएका वनसम्पदा र जडीबुटी छन् यहाँ ।

    टापुवरपर छरिएका गाउँघरमा झ्याउरे (झाम्रे), सालैजो, सोरठी, चुड्का र लोकदोहोरीको भिन्नै मजा छ । यहाँका गाउँबस्तीमा गुञ्जने लोकगीतले मानवीय संवेदनाको जीवन्त अनुभूति गराउँछ । मेला, पर्व, जात्रामा गुञ्जने डम्फु, मादल, नौमती, खैँजडी, मुजुरा अनि बाँसुरीको रन्कासँगै यहाँको स्थानीय संस्कृतिले शिखर चुमेको आभास मिल्छ । वियोग, संयोग, खुसी र उल्लासको साथी बनेको छ– हाँडीकोट ।

    यही अग्लो डाँडोबाट हाम्रा बाउबाजेले पाल्पाको तानसेन, बुटवल र गोरखपुरसम्मका ठाउँहरू नियाल्ने गर्थे भनिन्छ । दूरबिनको सहायताले टाढा टाढासम्मका मनोरम दृश्यमा रमाउन सकिन्छ । टापुबाट सिधा उत्तरतिर माछापुच्छ«े हिमाल र अन्नपूर्ण हिमशृङ्खला गजधुम्म बसेका देखिन्छन् । प्रकृतिका अति मनमोहक छटा देखिन्छन् । हुन पनि टापुको सुन्दरतामा रमाउँदै गर्दा दिन गएको पत्तै नहुने, रनवन घुमेर भावविभोर हुँदा दुःखपीडा नै भुलिने अवस्था छ । यही हाँडीकोटको हावापानीले थुप्रै प्रतिभा तिखारिएका छन् । राष्ट्रिय व्यक्तित्वका रूपमा आफूलाई उभ्याउन सकेका छन् ।

    यही धर्तीको माटोले शिक्षा, स्वास्थ्य, इन्जिनियरिङ, कला–साहित्य क्षेत्रका दिग्गज व्यक्तित्वहरू जन्माएको छ । तिनको नाम औँलामा गनेर साध्य छैन । टापुको तल नजिकै रहेको गाउँ राङखानीलाई चर्चित कवि धर्मराज थापाले ‘राङखानी लोकगीतको खानी’ भनेर आफ्नो शोधपत्रमा लेख्नुभएको थियो । सुरुमा पनि भनियो, लोकगीतका विविध भाकाको उद्गमस्थल पनि हो यो ठाउँ । बुढो सालेजो, ओलेजो, चुड्के भाकाल लोकगीतसहित रसिलो भाकामा यहाँका बस्ती, पाखापखेरा हमेसा गुञ्जिरहेकै हुन्छन् । हाँडीकोट आसपासका बस्ती त सङ्गीतका लागि भण्डार नै हुन् । सांस्कृतिक सौन्दर्यले भरिपूर्ण छन् ।

    समथर जमिन, भुरे राजाका पालाको राजदरबारका भग्नावशेष, मन्दिर र शिलाले सुशोभित प्राकृतिक छटासँग तस्बिर खिचाउने आकाङ्क्षा बोकेर अचेल युवकयुवती दिनहुँ हाँडीकोट पुग्ने गरेका छन् । बुढापाकाले हाँडीकोट आसपासमा विभिन्न धातुका खानी रहेको बताउँदै आएका छन् । वरपरका गाउँलाई खानीगाउँ भनेरसमेत चिनिन्छ । ‘राङ’ धातुको खानी भएकाले यही आधारमा राङखानी गाउँ नाम रहन गएको पुराना पाकाहरूको भनाइ छ । यस्तै किटेनी भन्ने गाउँ किट खानी रहेकाले नामकरण भएको भन्ने छ । केवैखानी, तुथेखानी भन्ने स्थान पनि छ । निलोतुथोको खानी भएकाले तुथेखानी नामकरण गरिएको हो भन्ने भनाइ छ । यहाँ तामाको खानीसमेत रहेको अनुमान गरिए पनि खोजपडतालमा भने सरकारको ध्यान पुगेको देखिँदैन । स्थानीय मौलिकता झल्काउने हस्तकलाका सामान, स्लेट ढुङ्गाखानी, राङ तामा खानीलाई उद्योगका रूपमा विकास गर्न सके विकासको गतिले थप रफ्तार लिने अवस्था छ ।

    टापुबाट देखिने हिमशृङ्खला, कालीगण्डकी, पहाडका तरेली, धौलागिरि, माछापुच्छ«े, अन्नपूर्णलगायतका हिमशृङ्खला मात्र नभई पश्चिमपट्टिको तीनचोके पहाड पनि पर्यटकका लागि आकर्षक गहना बन्ने सम्भावना उत्तिकै छ । दृश्यावलोकन गर्दा यत्तिकै मोहनी लगाउँछन् । हाँडीकोटको वरिपरि घना जनजातिको थातथलो रहेका कारण जनजाति संस्कृतिको अध्ययन र शोधका लागि अन्वेषकहरूलाई यी बस्ती अत्यन्तै उपयुक्त हुन सक्छन् । वास्तवमा जति पटक पुगे पनि धीत नमर्ने ठाउँ हो, हाँडीकोट । सहरको कोलाहल र प्रदूषण छाडेर हाँडीकोट पुग्दा साँच्चिकै मन आनन्दित हुन्छ । हरियाली वनजङ्गल हुँदै डाँडामा पुग्दा बादलभित्र हराए जस्तो भान हुन्छ ।

    बरु हाँडीकोट टापुको उपयुक्त व्यवस्थापन गरी वरिपरिका बस्तीलाई ‘होम स्टे’ बनाउन सके पर्यटकका लागि छुट्टै स्वादको आकर्षक गन्तव्य बन्न बेर लाग्दैन । अनेक सम्भावनाका कारण एकातिर यहाँका बासिन्दाले आफ्नो जीवनस्तर माथि उठाउने, अर्कातिर सिङ्गो बागलुङ जिल्लाले नै लाभ लिने ठुलो अवसर छ ।(गोरखापत्र)

    आइतबार, बैशाख ०२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २३ गते (६

    • २.
      आज २०८३ साल जेठ २४ गते (७

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८

    • ४.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer