• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, भदौ ०६, २०८३
☰
शनिबार, भदौ ०६, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

अनुहारमा आएको कोठी हटाउन के गर्ने ?


  •   आइतबार, बैशाख ०२, २०८१ मा प्रकाशित
  • सुन्दर अनुहार कसलाई मन पर्दैन र । त्यसैले अनुहारको सौन्दर्यलाई लिएर विभिन्न खालको चिन्ताले सताइरहेको हुन्छ । यसमध्ये पनि अनुहारमा आउने अनावश्यक कोठीले धेरै दु:ख दिइरहेको हुन्छ ।

    Advertisement

    छालाको दुई तह हुन्छ- एपिडर्मिस र डर्मिस । एपिडर्मिसमा मेलानोसाइट भन्ने कोष हुन्छ, जसले छालामा रंग बनाउने काम गर्छ । मेलानोसाइटबाट मेलानो पिग्मेन्ट छालामा जम्मा भयो भने कोठी बन्छ । कोठी वंशाणुगत र घामको विकिरणका कारण आउने गर्छ ।

    वंशाणुगत कोठी बर्थमार्क जस्तै हुन्छ, यसलाई कन्जेनिटल नेभस भनिन्छ । यो शरीरको जुनसुकै भागमा आउन सक्छ । त्यस्तै घामको विकिरणले आउने कोठी हुन्छ, जसलाई लेन्टिजेनियस भनिन्छ । प्राय: शरीरमा घाम पर्ने ठाउँ जस्तो अनुहार, हातखुट्टा, ढाडमा आउने गर्छ । यो घाममा हिंड्ने वा काम गर्ने मानिसमा आउने सम्भावना बढी हुन्छ । अन्य कोठीहरु शरीरको जुनसुकै भागमा आउन सक्छ ।

    यसबाहेक जन्मिएपछि आउने जुनसुकै बेला आउन सक्छ भने कुनै माथिल्लो सतहमा देखिने कोठी, कुनै भित्री भागमा गएर बाहिरी रौं पलाउने कोठी हुन्छ । प्राय: अनुहारमा आउने कोठी वंशाणुगत र घामको कारणले बढी आउने गर्छ ।

    कोठी हटाउन सकिन्छ ?

    अनुहारमा वा शरीरको जुनसुकै ठाउँमा आउने तिलकोठीलाई औषधि, लेजर प्रविधि र शल्यक्रियाबाट हटाउन सकिन्छ । तर औषधिले एकदम स-सानो कोठीलाई मात्र हटाउन सकिन्छ । तर ठूलो-ठूलो र छालाको माथि उठेका कोठी भएमा लेजर वा शल्यक्रियाबाट हटाउनुपर्ने हुन्छ । यस्तोमा औषधिले काम गर्दैन । लेजर वा शल्यक्रिया गर्दा खासै साइट-इफेक्ट हुँदैन । कसैकसैलाई सामान्य दुख्ने, घाउबाट रगत आउने, दाग बस्ने इन्फेक्सन हुन सक्छ ।

    त्यस्तै कोठी हटाउने कुनै घरेलु उपाय छैन । तर कतैकतै कोठी हटाउन कोठीमा टुथपेस्ट, चुना, एसिड लगाउने चलन छ । यसले कोठी हट्नुको साटो छालामा एलर्जी तथा नकारात्मक असर मात्र गर्छ । त्यसैले यस्तो कार्य पूर्ण रुपमा बन्द गर्नुपर्छ ।

    कति लाग्छ खर्च ?

    अस्पताल र क्लिनिक अनुसार यसमा लाग्ने खर्च फरक हुन सक्छ । धेरैजसो लेजर र शल्यक्रिया गर्दा लगभग तीन हजारदेखि २५ हजारसम्म लाग्ने गर्छ । साथै कोठीको साइजमा पनि भर पर्छ । किनकि कुनै कोठी एकचोटी लेजर वा शल्यक्रिया गर्दा निस्किन्छ भने कुनै दुई-तीन पटकसम्म गरेर निकाल्नुपर्ने हुन्छ ।

    कोठी आउन नदिन के गर्ने ?

    वंशाणुगत तथा जन्मजात भएको कोठीलाई हटाउन सकिंदैन । तर नयाँ आउने कोठीलाई कम गर्न घाममा कम हिंड्ने वा घाममा निस्किंदा सन्सक्रिन लगाएर मात्र निस्किनुपर्छ । यसैगरी समय-समयमा चिकित्सकलाई जाँच गराउन सकिन्छ ।

     

    आइतबार, बैशाख ०२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer