• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, जेठ २७, २०८३
☰
बुधबार, जेठ २७, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

  • ४. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

लामो समय स्क्रिन हेर्दा बच्चाको आँखामा निम्तिन सक्ने समस्या


  •   आइतबार, बैशाख ०२, २०८१ मा प्रकाशित
  • बच्चाहरू धेरैजसो ल्यापटप, मोबाइल, ट्याब्लेटमा गेम खेल्न वा भिडियो हेर्नमा तल्लीन हुन्छन् । यसबाहेक मोबाइल नहेरी खाना नखाने बानी पनि धेरै बालबालिकामा देखिन्छ ।

    Advertisement

    लामो समय स्क्रिनमा हेर्दा बच्चामा आँखासम्बन्धी समस्या बढ्ने चिकित्सकहरू बताउँछन् । स्मार्टफोन, ट्याबको सानो स्क्रिनमा आँखाको समग्र हेराइ केन्द्रित गर्दा आँखामा जोड पर्छ । जसकारण आँखामा आँसु आउने, धमिलो देखिने, टाउको दुख्ने, आँखा रातो हुने जस्ता समस्या देखिन्छन् । साथै धेरै लामो समय स्क्रिनमा बिताउँदा बच्चाहरूमा यी तीन आँखाको समस्या निम्तिने जोखिम बढी हुन्छ ।

    दृष्टिदोष

    स्क्रिनमा धेरै समय बिताउँदा बच्चाको ध्यान एकै ठाउँमा मात्र केन्द्रित हुन्छ । यस्तो हुँदा उनीहरूमा (रिफ्राक्टिभ एरर) दृष्टिदोषको समस्या निम्तिने सम्भावना हुन्छ ।

    आँखाले कुनै पनि वस्तुलाई राम्ररी देख्न वा छुट्याउन नसक्ने समस्या दृष्टिदोष हो । बालबालिकामा यो समस्या भएमा उनीहरूले टाढा र नजिक दुवै राम्ररी देख्न सक्दैनन् ।

    आँखा सुक्खा

    आँखामाथिको ग्रन्थीले आँसु बनाउँछ, जसले आँखालाई सुख्खा हुन दिंदैन । तर बच्चाले धेरै समय मोबाइल कम्प्युटरमा बिताउँदा आँखाको नानीलाई ढाक्ने आँसुका तहहरू फाट्छन् । जसले कर्नियाको सतह चिप्लो हुन नसकेर, आँसुको ग्रन्थीमा आँसु कम उत्पादन हुँदा आँखा सुक्खा हुन्छ ।

    आँसुले हाम्रो आँखाको सतहलाई संक्रमणबाट पनि बचाउँछ । आँखा सुक्खा भएर पर्याप्त आँसुको कमीले आँखाको संक्रमणको जोखिम समेत बढ्छ ।

    डेढोपन

    आँखा बल जस्तो आकारमा हुन्छ, त्यो मांसपेशीको माध्यमबाट चल्ने गर्छ । बच्चाले गेम खेल्दा, लामो समय मोबाइल स्क्रिनको एकै ठाउँमा बढी हेर्ने गर्छन् । एकै ठाउँमा मात्र हेरिरहँदा आँखाको मांसपेशी कमजोर भएर तथा आँखाको नसा प्यारालाइसिस भएर आँखा डेढो हुने सम्भावना बढ्छ ।

    कुनै पनि वस्तुलाई एउटा आँखाले सिधा र अर्को आँखाले बाङ्गो हेर्‍यो भने त्यस्तो अवस्थालाई डेढो आँखा भन्ने गरिन्छ । बाङ्गिएको आँखाले सिधा आँखाले जति देख्दैन ।

    बच्चाको आँखा कमजोर भएको कसरी थाहा पाउने ?

    बच्चाले आफूलाई आँखामा समस्या भएको बताउन सक्दैनन् । किनभने उनीहरूले थाहै पाउँदैनन् । तर अभिभावकले उसको हाउभाउ र क्रियाकलाप हेरेर आँखामा समस्या आएको थाहा पाउनुपर्छ ।

    बच्चाले बारम्बार एउटा आँखा झिमझिम गर्ने वा छोप्ने गर्छ भने त्यो आँखा कमजोर भएको संकेत हुनसक्छ । घरमा टिभी हेर्दा टाढा बसेर हेर्दाहेर्दै नजिकै गएर हेर्छ भने पनि उसमा आँखाको समस्या छ कि भनेर शंका गर्नुपर्छ । बच्चाले बारम्बार आँखा मिच्न थाल्यो भने पनि आँखा कमजोर भएको लक्षण हुनसक्छ ।

    अभिभावकले यी कुरामा ध्यान दिनुपर्छ

    स्क्रिनमा धेरै समय बिताउनेहरूमा आँखाको विभिन्न समस्याको जोखिम हुने भएकाले अभिभावकले बच्चालाई २० नियम लागू गराउने कोसिस गर्नुपर्छ । जसको अर्थ हरेक २० मिनेटको समय अवधिमा २० सेकेन्ड आराम लिई २० फिट टाढाको वस्तु हेर्ने अभ्यास गर्नुपर्छ ।

    बच्चालाई आँखाको समस्याबाट बचाउन उनीहरूको स्क्रिन टाइमलाई कम गर्नुपर्छ । खाना खाने समयमा र होमवर्क गर्ने बेलामा मोबाइल नचलाउने भन्ने नियम बनाउनुपर्छ । त्यो समयमा अभिभावक आफैंले पनि मोबाइल चलाउनु हुँदैन ।

    यदि बच्चा दिनभर मोबाइलमा मात्र झुमिन्छन् भने उनीहरूलाई घरबाहिर खेल्न पठाउनुपर्छ । जसले गर्दा उसको आँखाको समस्या निम्तने जोखिम कम हुनुका साथै शारीरिक विकासमा पनि सुधार हुन्छ ।

    परिवारले पनि आफ्नो बच्चाले कसरी हेर्छ, आँखाबाट आँसु आउँछ या आउँदैन । धमिलो देख्ने, आँखा पोल्न, पाक्ने समस्या छ कि छैन भन्ने जस्ता कुरामा गम्भीर ध्यान दिनुपर्छ ।

    समयमा नै दृष्टिदोष, सुक्खा आँखा र डेढोपनको उपचार गरिएन भने आँखाको अन्धोपन समेत हुनसक्छ । त्यसैले नजिकैको आँखा केन्द्र वा आँखा अस्पतालमा गएर आँखाको उपचार गराउनुपर्छ ।

    बच्चामा आँखा पोल्ने,आँसु आउने, धमिलो देखिने जस्ता समस्या छ भने तुरुन्त नजिकको आँखा अस्पताल गई जाँच गराउनुपर्छ ।

    आइतबार, बैशाख ०२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २३ गते (६

    • २.
      आज २०८३ साल जेठ २४ गते (७

    • ३.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि

    • ४.
      आज २०८३ साल जेठ २५ गते (८

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer