• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, भदौ ०३, २०८३
☰
बुधबार, भदौ ०३, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

सहिद स्मारकमा एकै दिन बिस हजार पर्यटक


  •   आइतबार, बैशाख ०२, २०८१ मा प्रकाशित
  • हेटौँडा । नयाँ वर्षको पहिलो दिन शनिबार सहिद स्मारकमा आन्तरिक तथा बाह्य पर्यटकको भिड थेगिनसक्नु भएको छ । नयाँ वर्षका दिन नयाँ स्थानसँगै मठमन्दिरमा परिवार र साथीभाइसँगै जाने आमप्रचलन अनुसार नयाँ गन्तव्य स्थलको खोजीका क्रममा स्मारकमा पर्यटकको ठुलो सङ्ख्यामा भिड लागेको हो । पछिल्ला वर्षमा नेपालीसँगै अङ्ग्रेजी नयाँ वर्षका अवसरमा शुभकामना आदानप्रदान गर्दै रमाइलो गर्ने गन्तव्य स्थलमध्येको एक हेटौँडा उपमहानगरपालिका–११ स्थित सहिद स्मारक बन्दै आएको छ ।

    Advertisement

    स्मारक विकास समितिका कार्यालय प्रमुख रामचन्द्र न्यौपानेले स्मारकमा विगतका वर्षहरूको नयाँ वर्षमा झैँ यस पटक पनि नयाँ वर्षको पहिलो दिन घुम्न र रमाइलो गर्न आउनेको घुइँचो लागेको जानकारी दिनुभयो । नयाँ वर्ष २०८१ को पहिलो दिन २० हजारभन्दा बढी पर्यटक स्मारकमा अवलोकन एवं मनोरञ्जनका लागि आइपुगेको उहाँले बताउनुभयो । स्मारकमा आउनेमा जिल्लाभित्रका भन्दा बढी छिमेकी जिल्ला विशेषतः तराईका जिल्लाबाट आएका थिए । साथै सीमावर्ती भारतका जिल्लाबाट समेत पर्यटक स्मारकमा पुगेका थिए ।

    स्मारकमा घुम्ने र हेर्ने थप संरचना बनेसँगै आकर्षण बढ्दै गएको छ । स्मारकमा बत्ती जडानसँगै सौन्दर्यीकरण गरिएपछि रात्रिकालीन समयमा खुला गरिने भएको छ । नयाँ वर्षको शुभारम्भसँग पहिलो दिनबाट नियमित रुपमा बिहान ६ः०० बजेदेखि राति १०ः०० बजेसम्म खुला रहने गरी व्यवस्थापन गरिएको छ । स्मारक विकास समितिका कार्यालय प्रमुख न्यौपानेले सामान्यतया बिदाका दिन र पर्यटकको चाप भएको दिनमा राति ६–७ बजेसम्म खुला रहने गरेको स्मारक अब नयाँ वर्षबाट बिहान ६ः०० बजेदेखि राति १०ः०० बजेसम्म नियमित रूपमा खुला राख्ने गरी निर्णय भएको बताउनुभयो ।

    नयाँ वर्षको पहिलो दिन स्मारकमा पुगेका कोही सेल्फी लिँदै थिए, केही नेपाली परम्परागत भेषभूषामा सजिएर तस्बिर खिचाउँदै थिए, कतिपय सामूहिक तस्बिर खिच्दै थिए त कोही स्मारकमा अवस्थित चिडियाघरमा पुगेर अवलोकन गर्दै जनावरसँग जिस्किँदै थिए । नेपाली र अङ्ग्रेजी नयाँ वर्षमा नयाँ वर्ष मनाउनबाहेक स्मारकमा कात्तिक, मङ्सिर र पुसमा पिकनिक आउनेको भिड लाग्ने गरेको छ । सहिद स्मारकमा सहिद स्तम्भ, चिडियाघर, बालउद्यान, राजनीतिक नेताहरूको नाममा पार्क, सङ्ग्रहालय, बुद्धका मूर्तिलगायतका मनोरञ्जन स्थल छन् ।

    आइतबार, बैशाख ०२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer