• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
मङ्गलबार, जेठ ०५, २०८३
☰
मङ्गलबार, जेठ ०५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख ३० गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख ३१ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ १ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ ३ गते (१७ मे २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल जेठ २ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. मासिक राशिफल: जेठ, २०८३

  • ७. आज २०८३ साल जेठ ५ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

तराईमा १५दिन मनाइने सिरुवा पर्व भब्य रुपमा मनाईदै


  •   आइतबार, बैशाख ०२, २०८१ मा प्रकाशित
  • उर्लाबारी । कुनै समय टाढा–टाढाका मानिस खसी, बोका, बाख्रा कुखुरा, दलहन र तेलहन किन्न चैतको मसान्त छेउछाउको समय पर्खन्थे । मुख्य कारण तराईका भूमिपुत्रहरू राजवंशी र ताजपुरियाको सबैभन्दा ठूलो सिरुवा पर्व भएर हो ।

    Advertisement

    १५ दिनसम्म मनाइने सिरुवा उसबेला ऋण गरेर भए पनि मनाउनुपर्थ्याे । ऋण गर्नुभन्दा आफूसँग भएको अन्न र पशु चौपाया बेचेर मनाउँदा ऋणमा नपरिने उनीहरूको धारणा छ । तर,टाठा ग्राहकहरूले तराईका भूमिपुत्रलाई पर्व मनाउन पैसा चाहिएको बुझ्थे ।

    माघ–फागुनमा आवश्यक पर्ने बोका, बाख्रा कुखुरा, दलहन र तेलहन किन्न उनीहरू चैतको मसान्त पर्खिन्थे । मेला भर्न चाहिने खर्च नभएपछि सस्तैमा पशुचौपाया र अनाज बिक्री गर्न उनीहरू बाध्य थिए ।

    सदियौंदेखि चलेको यही रितले तराईका भूमिपतिहरू धेरैजसो भूमिहीन बनेका छन् । कहिले जग्गा बेचेर १५ दिन मेला भर्ने त, कहिले अन्न अनाज बेचेर मेला भर्ने गर्थे । यसवर्ष पनि २०८१ को पहिलो दिन मोरङको सुनवर्षी पोखरीबाट सिरुवा पर्व सुरु भयो । तर, अहिले राजवंशी र ताजपुरियाहरू ऋण गरेरभन्दा खर्च जोहो गरेर पर्व मनाउन थालेका छन् ।

    कोशी प्रदेशको झापा, मोरङ र सुनसरीका दक्षिणी गाउँमा मनाइने सिरुवा पर्व अचेल सांस्कृतिक रुपमा मनाउन थालिएको छ । विक्रम संवतको नयाँ वर्षसँगै मोरङ र झापामा बस्ने अल्पसङ्ख्यक राजवंशी र ताजपुरियाको सिरुवा (पावनी) सुरु हुनेगर्छ । भूमिपति राजवंशी र ताजपुरियाहरू मेला भर्न बर्सेनी घरखेत बेचेकै कारण अहिले भूमिहीन भएका छन् ।

    परिवारबिच भेटघाट गर्ने, दैनिक भोजभतेर खाने र रमाइलो गर्ने चलनले उनीहरूलाई भूमिहीन बनाएको राजवंशी समुदायका अगवाहरूको भनाइ छ । परम्परागत रुपमा तीन दिनसम्म मनाइने यो पर्व अचेल झापा, मोरङ र सुनसरीमा वैशाख १५ सम्म मनाउने गरिन्छ ।

    पछिल्लो समय राजवंशी र ताजपुरिया मात्र होइन । तराईमा बसोवास गर्ने गनगाई, माझी, चौधरी, सन्थाल, सरदार, ऋषिदेवलगायतका तराईवासी समुदायले सिरुवा मनाउन थालेका छन् । त्यति मात्र होइन, पहाडे समूदायले पनि सिरुवामा साथ दिन थालेका छन् ।

    हरेक वर्षको वैशाख १ गतेदेखि सुरु हुने सिरुवा पर्व राजवंशी र ताजपुरियाको मौलिक पर्व हो । पर्वको पहिलो दिन पानी सिरुवा मनाइने गरिन्छ । कतै–कतै पहिलो दिन बिहान जल सिरुवा मनाएर दिउँसो कादाे अर्थात् हिलो सिरुवा मनाइने गरिन्छ । सिरुवासँंगै आदिवासीका ग्रामथानमा रहेका ग्रामदेवताहरुको विशेष पूजा गर्ने र वर्षेैभरि आफनो गाउँमा कुनै किसिमको रोगव्याध, हैजा महामारी वा दैवी विपत्ति नआवस् भन्ने कामना गर्ने गरिएको राजवंशी समाज विकास समिति मोरङका अध्यक्ष मनोज राजवंशीले बताउनुभयो ।

    अध्यक्ष मनोजले भन्नुभयो, “आदिवासी समुदायका राजवंशी जातिले आफुलाई भूमिपुत्रका रुपमा चित्रण गर्दै काद (हिलो) सिरुवा मनाउने गर्छन् । माटोको शरीर माटोमै विलय हुने र माटोले नै जीवन धानेको भन्दै माटोलाई हिलो बनाएर एकापसमा छ्यापछ्याप गरी ‘काद’ सिरुवा मनाउने गरिन्छ ।

    मोरङको रतुवामाई –५ सुनवर्सी पोखरी र डाइनियाँबाट बैशाख १ गते औपचारिक रुपमा सुरु हुने मेला जिल्लाका दक्षिणी गाउँहरूमा वैशाख १५ गतेसम्म हरेक दिन लाग्ने गर्छ । अध्यक्ष मनोज राजवंशीले भन्नुभयो, “पहिले १५ दिनसम्म मनाउने मेलाले सानो आर्थिक भएका राजवंशीलाई टाट पल्टाउने गर्थ्याे ।

    आइतबार, बैशाख ०२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ ५ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: जेठ, २०८३
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख ३० गते बुधवार:

    • २.
      आज २०८३ साल वैशाख ३१ गते बिहीवार:

    • ३.
      आज २०८३ साल जेठ १ गते शुक्रवार:

    • ४.
      आज २०८३ साल जेठ ३ गते (१७

    • ५.
      आज २०८३ साल जेठ २ गते शनिवार:

    • ६.
      मासिक राशिफल: जेठ, २०८३

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ ५ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ ३ गते (१७ मे २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      मासिक राशिफल: जेठ, २०८३

    • ५.
      आज २०८३ साल जेठ १ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख ३१ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख ३० गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ वैशाख २९ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer