• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, जेठ २९, २०८३
☰
शुक्रबार, जेठ २९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

  • ५. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

उक्लिँदै चलचित्र बजार


  •   आइतबार, बैशाख ०२, २०८१ मा प्रकाशित
  • कतिपय सरोकारवालाले पछिल्लो समय नेपाली चलचित्रको बजार खस्कँदो अवस्थामा रहेको बताइरहेका छन् । नेपाली चलचित्रले राम्रो व्यापार गर्न सकिरहेको छैन । अधिकांश चलचित्रले निर्माणकर्तालाई प्रतिफल दिन सकिरहेका छैनन् । २०८० सालको चलचित्रको बजार पनि विगतको जस्तै भएको छ । यस वर्ष प्रदर्शनमा आएका धेरै जसो चलचित्रको व्यापार ‘टायँ टायँ फिस’ भए । २०८० साल वैशाख १ गते चलचित्र ‘जारी’ प्रदर्शन भएको थियो । यस चलचित्रले राम्रो व्यापार गरेको र व्यापारका हिसाबले सफल भएको जानकारहरू बताउँछन् ।

    Advertisement

    यस वर्ष प्रदर्शन भएका चलचित्रमा ‘बगान’, ‘परदेशी’, ‘अगस्त्य’, ‘नाङ्गो गाउँले’ ले औसत व्यापार गरेका छन् । प्रदर्शनअगाडि विवादमा परेको चलचित्र ‘एक भागवत एक गीता’ ले औसत व्यापार गरेको र ‘जारी’, ‘दिमाग खराब’, ‘भष्मे डन’, ‘महाजात्रा’ आदि चलचित्रलाई व्यापारका हिसाबले सफल हिट र धेरै कमाउने चलचित्र बताउँछन् सरोकारवाला भने चलचित्र ‘महाजात्रा’ लाई यस वर्षको सुपरहिट चलचित्र बताउँछन् । पछिल्लो समय नेपाली चलचित्रको बजेट बढ्दै छ भने व्यापार खस्कँदो छ । अहिले चलचित्रका नायक नायिका २० लाख रुपियाँसम्म पारिश्रमिक लिने भइसकेका छन् भने कतिपय चलचित्र विदेशमा छायाङ्कन भइरहेका छन् । विदेशमा चलचित्र छायाङ्कन गर्दैमा चलचित्रले राम्रो व्यापार गर्दैन भन्ने भनाइ कतिपय सरोकारवालाको छ । त्यसो त विदेशमा चलचित्र छायाङ्कन गर्ने भनेर उनीहरूले कतै अरू नै काम गर्ने गरेका त छैनन् भन्ने भनाइ पनि छ । विदेशमा चलचित्रको छायाङ्कनले चलचित्रको बजेट बढ्ने गरेको सरोकारवाला बताउँछन् । एकातिर चलचित्रको बजेट बढिरहेको छ भने अर्कातिर चलचित्रले राम्रो व्यापार गर्न सकिरहेको छैन । व्यापार घटिरहेको छ । हुन त पछिल्लो समय चलचित्र क्षेत्रमा लगानी बढ्दै छ । नेपाली चलचित्र निर्माणमा नयाँ नयाँ निर्माता धमाधम देखा परिरहेका छन् । सामान्यतया एउटा चलचित्र निर्माण गर्न न्यूनतम दुई करोड रुपियाँ लगानी हुने गरेको बताइन्छ । नेपाली चलचित्रमा लगानी बढ्नु भनेको राम्रो हो । तर पनि पाँच करोड रुपियाँको बजार भएको नेपाली चलचित्र क्षेत्रका लागि डेढ दुई करोड रुपियाँ लगानी पनि बढी हुने गरेको बताउँछन् सरोकारवाला । नायक नायिकाले पनि नेपाली चलचित्रको औसत व्यापार हेरेर आफ्नो पारिश्रमिक लिनुपर्ने कतिपयको भनाइ छ । यस्तै नेपाली चलचित्रमा लगानी गर्दा चलचित्रको औसत व्यापार हेरेर लगानी गरिनु पर्छ । नेपाली चलचित्रको व्यापार भनेको राम्रो व्यापार हुँदा पनि पाँच करोड रुपियाँको हाराहारीमा मात्र हो । नेपालमा हजारौँ नेपाली चलचित्र प्रदर्शन भइसकेका छन् । नेपाली चलचित्र व्यापारको इतिहास हेर्दा नेपालमा अहिलेसम्म चलचित्र ‘छक्कापन्जा’ सिरिज, ‘कबड्डी कबड्डी’ सिरिज र तत्कालीन नायक श्रीकृष्ण श्रेष्ठले निर्माण गरेको चलचित्र ‘कोहिनुर’ ले मात्र १० करोड रुपियाँभन्दा बढीको व्यापार गरेको देखिन्छ । पछिल्लो समय २०८० साल चैतमा प्रदर्शन भएको चलचित्र ‘जात्रा’ को सिरिज ‘महाजात्रा’ ले पनि १० करोड रुपियाँभन्दा बढी व्यापार गर्ने देखिन्छ ।

    त्यसो त नेपाली चलचित्र क्षेत्रमा आफ्नो चलचित्रले यति व्यापार गर्‍यो, उति व्यापार गर्‍यो भनेर बढाइचढाइ गरी प्रचारप्रसार गर्ने गरिन्छ । चलचित्र विकास बोर्डले बक्स अफिसमा गरेको व्यापारको तथ्याङ्क प्रकाशित गर्ने गरेको थियो तर त्यो अहिले बन्द भइसकेको छ । हाम्रो जस्तो सानो बजार भएको चलचित्र क्षेत्रमा लगानी गर्दा लगानीकर्ताले चलचित्रको बजार हेरेर लगानी गर्नुपर्ने देखिन्छ । सिनेमा हलमा प्रदर्शन भएका कतिपय चलचित्र कहिले हलमा लाग्यो र कहिले उत्रियो, दर्शकले थाहै पाएका हुँदैनन् । कतिपय नेपाली चलचित्रका स्टार भनिनेहरूले अभिनय गरेको चलचित्र समेत असफल भएका छन् । नेपालमा एउटा उखान छ– घाँटी हेरेर हाड निल्नु ।

    चलचित्रमा लगानी गर्नु भनेको घाटा खानु हो भनेर पनि कतिपय निर्माताले भन्ने गरे पनि पछिल्लो समय थुप्रै नेपाली चलचित्र निर्माण भइरहेका छन् । नेपाली चलचित्र निर्माणको सुरुवाततिर दुई/तीन वर्षमा एउटा चलचित्र निर्माण हुने गथ्र्याे भने पछिल्लो समय वर्षमा सयभन्दा बढी नेपाली चलचित्र निर्माण हुने गरेका छन् । त्यसो त नेपालको चलचित्र क्षेत्रमा नेपाली (खस) भाषाको मात्र चलचित्र निर्माण भइरहेको छैन । नेपालका आदिवासी जनजातिहरूको भाषामा पनि थुप्रै चलचित्र निर्माण भइरहेका छन् । नेपालका आदिवासी जनजातिका भाषाहरू नेपाल, तामाङ, राई, थारू, मगर, भोजपुरी, मैथिली, सुनुवार, सुनार, शेर्पा, कुमाल, डोटेली, दनुवार, लिम्बू, गुरुङ भाषाका चलचित्र पनि निर्माण भइरहेका छन् । चलचित्र क्षेत्रसम्बद्ध मिडियामा पत्रकार, विश्लेषक, चलचित्र समीक्षक वा विज्ञहरूले भने नेपाली भाषाका चलचित्रको मात्र चर्चा परिचर्चा र प्रचारप्रसार गर्ने गरेका छन् । राष्ट्रिय भाषाका चलचित्रमा पनि थुप्रै लगानी भइरहेका छन् तर मिडियामा भने तिनको प्रचारप्रसार त्यति हँुदैन ।

    नेपालको चलचित्र क्षेत्रमा बर्सेनि अर्बौं रुपियाँ लगानी भइरहेको छ । लगानी अनुसारको प्रतिफल भने पाउन नसकेको लगानीकर्ता एवं चलचित्र निर्माताको भनाइ छ । वर्षमा सयको हाराहारीमा नेपाली चलचित्र प्रदर्शन भए पनि सामान्यतया एक दर्जन जति चलचित्रले मात्र नाफा कमाउने र करिब एक दर्जन चलचित्रले आफ्नो लगानीसम्म उठाउने गरेको बताइन्छ । प्रदर्शन भएका अधिकांश चलचित्रले घाटा बेहोर्न परिरहेको सरोकारवाला बताउँछन् । त्यसो त चलचित्र क्षेत्रले प्रत्यक्ष अप्रत्यक्ष रूपमा हजारौँलाई रोजगारी दिइरहेको छ । कतिपय चलचित्रकर्मी एवं चलचित्र प्राविधिक चलचित्र क्षेत्रलाई नै पेसा बनाएर आफ्नो जीवन निर्वाह गरिरहेका छन् । प्रत्यक्ष र अप्रत्यक्ष रूपमा धेरैलाई रोजगारी दिइरहेको चलचित्र क्षेत्रलाई हल्का रूपमा भने लिइनु हुँदैन । त्यसै गरी चलचित्र क्षेत्रले चलचित्र व्यापारलाई देशको अर्थतन्त्रको एउटा पाटोका रूपमा लिनु पर्छ । देशको आर्थिक क्षेत्रमा चलचित्र क्षेत्रको महत्वपूर्ण भूमिका हुन्छ ।

    पछिल्लो समय नेपाली चलचित्र क्षेत्रमा थुप्रै नयाँ नयाँ चलचित्रकर्मी र नयाँ नयाँ लगानीकर्ताको प्रवेश भइरहेको छ । उनीहरू विभिन्न उद्देश्यले चलचित्र क्षेत्रमा प्रवेश गरेका हुन्छन् । कतिपय लगानीकर्ताले व्यापार व्यवसायका लागि चलचित्रमा लगानी गरिरहेका छन् भने कतिपय रहर, सोख र मनोरञ्जनका लागि प्रवेश गर्ने गरेका छन् । कतिपय चलचित्र निर्माणकर्ता आफू कलाकर्मी बन्न र आफ्ना सन्तान तथा आफन्तलाई चलचित्रमा प्रवेश गराउन पनि यस क्षेत्रमा आएका छन् । कतिपय कलाकारले चलचित्रमा निरन्तरता दिन लगानी गर्ने गरेका छन् । कतिपय आफँै लगानी गरी नायक बन्छन् । एउटा चलचित्रमा नायक भएबापत २० लाखदेखि ५० लाख रुपियाँसम्म पारिश्रमिक लिने गरेको चर्चा पनि छ कलिउडमा । लगानीकर्ता चलचित्र क्षेत्रको विकास, विस्तारसँगै व्यावसायिक र पेसागत हिसाबले पनि केही गरौँ भन्ने भावनाले यस क्षेत्रमा प्रवेश गर्नु पर्छ । नेपालका चलचित्रले पछिल्लो समय देशकै चलचित्रसँग मात्र प्रतिस्पर्धा गर्न परिरहेको छैन, विदेशी चलचित्र खास गरी हिन्दी चलचित्रसँग पनि प्रतिस्पर्धा गर्न परिरहेको छ । त्यसो त नेपाली चलचित्रबिच पनि अस्वस्थ प्रतिस्पर्धा भइरहन्छ । अन्तर्राष्ट्रिय बजारमा समेत नेपाली चलचित्रको बजार खोज्ने प्रयास भइरहेको छ । कतिपय नेपाली चलचित्र विदेशमा पनि प्रदर्शन हुने गरेका छन् । यसकारण नेपाली चलचित्र निर्माणकर्ताले गुणस्तरलाई ध्यान दिई नेपाली चलचित्र निर्माण गर्नुपर्ने देखिन्छ । चलचित्र आधारभूत रूपमा मनोरञ्जन प्रधान भए पनि यसको सम्बन्ध देश, अर्थ, समाजसँगै कला र संस्कृतिसँग जोडिएको हुन्छ । यसको सुरुवात नेपाली चलचित्र ‘प्रेमगीत–३’ ले गरेको छ ।(गोरखापत्र)

    आइतबार, बैशाख ०२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २३ गते (६

    • २.
      आज २०८३ साल जेठ २४ गते (७

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८

    • ४.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer