• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, भदौ ०७, २०८३
☰
आइतबार, भदौ ०७, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

किन मान्नुपर्छ वास्तुशास्त्र ?


  •   सोमबार, बैशाख ०३, २०८१ मा प्रकाशित
  • काठमाडौं । विश्वकर्मा नामक देवतालाई वास्तुशास्त्रका प्रणेता मानिन्छ। आजको संसारको रचना र प्रत्येक रचनाको उत्कृष्टताका आधार विश्वकर्मा हुन् भन्ने शास्त्रीय मान्यता छ। विश्वकर्मा नै विभिन्न देवपुरका रचनाकार हुन् भन्ने शास्त्रीय आधार पनि छ। भगवान् शिव र पार्वतीको दर्शनका लागि देवताहरू जाँदै गरेका बेला नन्दी (शिवका बाहन) ले विश्वकर्मालाई वास्तुशास्त्रका विषयमा प्रेरित गर्दै शिवको आराधना गर्न लगाएको भन्ने मान्यता छ।

    Advertisement

    यसरी विश्वकर्माले शिव स्तुति गर्दै आफूलाई सम्पूर्ण वास्तुशास्त्रको ज्ञान होस् र जगत्को हितमा काम गर्न प्रेरणा मिलोस् भनी वरदान मागेको उल्लेख छ।

    वास्तुशास्त्रको दोस्रो अध्यायमा विश्वकर्मा भन्छन्ः

    शम्भो जगत्पते नाथ यदि ते मय्यनुग्रहः।

    स्तुत्या प्रसिदसि त्वं मत्कृतया चन्द्रशेखर

    वास्तुशास्त्र प्रकाशोऽस्तु मत्चित्ते तव वीक्षात्।।

    ‘हे जगतपते यदि तपाई मेरो स्तुतिबाट प्रशन्न हुनुभएको हो भने मेरो मन या चित्तमा वास्तुशास्त्रीय ज्ञानको प्रकाश होस्’ विश्वकर्माले वरदान मागेका थिए। उनले आफूमा देवालय, मानव गृह, विभिन्न शालाहरू, यन्त्र, सवारीसाधन या विमान, गोपुर या अन्य पुरलगायत समस्त निर्माणको वास्तुशास्त्रीय ज्ञान होस् भनी वरदान मागेकाले भगवान् शिवले विश्वकर्मामा समस्त निर्माणको ज्ञान दिएको भन्ने प्रसङ्ग शास्त्रमा वर्णित छ।

    मदाज्ञया त्वं लोकानां निर्माणादिषु कौशलम्।

    लभस्व च शुभां कीर्ति सर्वलोकहिताय च।।

    भगवान् शिवले विश्वकर्मालाई समग्र संसारमा यश प्राप्त गर्दै लोकको हितमा काम गर्न वरदान दिएकाे उल्लेख गरेको पाइन्छ। शिल्प शास्त्रका रूपमा लिइने वास्तुशास्त्रको समुचित प्रयोगले समस्त लोकमा धर्म, अर्थ, काम र मोक्षको सन्तुष्टि मिल्ने शास्त्रीय मान्यता छ।

    वास्तवमा वास्तुशास्त्रको मूल ग्रन्थका विषयमा विभिन्न मत पाइए पनि पूर्वीय मान्यतामा विश्वकर्मा प्रकाश या विश्वकर्मा वास्तुशास्त्रलाई प्रमुख आधार लिएर कार्य गर्ने गरेको पाइन्छ। देवशिल्पका लागि विश्वकर्माको वास्तुसँगै मय नामक दैत्यले विभिन्न पुर निर्माण गर्दै मयमतको सिर्जना गरेको पाइन्छ। खासगरी विभिन्न पुराणहरूमा पनि वास्तुको विषय चर्चा भएको उल्लेख छ।

    विद्वानहरूका अनुसार मत्स्यपुराण, भविष्यपुराण, गरुडपुराण, नारदपुराण आदिमा वास्तुको उल्लेख भएको छ। गृह वास्तु व्यवस्थामा गर्गसंहिता, वशिष्ठसंहिता, नारदसंहिताजस्ता ग्रन्थहरूले चर्चा गरेको बताइन्छ। यद्यपि समग्र वास्तुशास्त्रको श्रेय विश्वकर्मालाई जान्छ। पूर्वीय वैदिक सनातनमा विश्वकर्मा वास्तुलाई विशेष स्थान दिइएको छ।

    हिन्दू वैदिक मान्यतामा आधारित अनेक धार्मिकस्थल नै वास्तुशास्त्रका नमूना हुन्। देवालयहरूमा व्यवस्थित वास्तुकलाले विश्वलाई यसक्षेत्रमा आकर्षित गरेको पाइन्छ। सुखी, स्वस्थ र समृद्ध जीवनका लागि वास्तुशास्त्रको अवलम्बन महत्त्वपूर्ण पक्ष हो। हजारौँ वर्षअघि नै ऋषिमुनिहरूले यसको महत्व र आवश्यकता बुझेर मानव कल्याण हेतु विभिन्न सिद्धान्तलाई व्यवस्थितरूपमा प्रस्तुत गर्दै आए। कोही शिवभक्त थिए र उनीहरू शैव मान्यतालाई जोड दिँदै आए भने कोही विष्णुभक्त भएकाले विष्णु भगवान्को महिमा र मान्यतालाई पछ्याउँदै आए। तान्त्रिक मान्यतामा आगम र निगमको नियमलाई अधिक महत्व दिएका हुन्छन्। जसले जुन मान्यता लिए पनि समग्रमा मानवहितका लागि नै गरिएको छ।

    शिल्पशास्त्र अर्थात् वास्तुशास्त्रमा देवता, राजा र सर्वसाधारणका लागि समान हुँदैन। देव वास्तुमा मठ मन्दिर, देवालयहरू पर्छन् भने राजाहरूका लागि दरवारको निर्माणसँगै कोषागार, शस्त्रागार, कारागार जस्ता कुराहरू समेटिएका हुन्छन्। साधारण मानिसका लागि गृह वास्तुको व्यवस्थापन गरिन्छ। त्यसरी नै वास्तुमा मानिसको वर्णअनुसार विविधता हुन्छ। निर्माण तथा सजावटका फरकफरक विधि र व्यवस्था हुन्छन्। विभिन्न स्तम्भहरू, बाहाल, टुँडाल, मण्डप तथा अन्य यन्त्र निर्माणमा वास्तुको स्वतन्त्र व्यवस्था रहेको हुन्छ। रथ तथा विमान निर्माणको वास्तुकला फरक हुन्छ। कुनै निर्माणको स्थान, परिवेश, प्रकार र आकारअनुसार वास्तुकलाको विधान व्यवस्था गरिएको छ।

    सबै वास्तुशास्त्रीय मूल सिद्दान्त अत्यन्तै विधिसम्मत् छ। वास्तुले पहिलो शर्त मुहुर्तलाई लिएको हुन्छ। कुनै पनि कार्यका लागि समय सबैभन्दा बलवान हुन्छ। शुभ समय सबै समस्याको निकास र समाधान मानिन्छ। कार्यसम्पन्न गर्नका लागि उत्तम मुहुर्त अनिवार्य हुन्छ। कार्यारम्भ शुभ मुहुर्तमा भएन भने विभिन्न समस्या उत्पन्न हुन्छन्। धनको समस्या उत्पन्न हुनसक्छ। स्वास्थ्यमा समस्या उत्पन्न हुनसक्छ। त्यसैले निर्माण आरम्भ, शिलान्यास गर्दा, द्वार स्थापना गर्दा मुख्यस्तम्भ निर्माण गर्दा, छानो छाउँदा, गृहप्रवेश गर्दा शुभमुहुर्त अनिवार्य हेरिनुपर्छ। त्यसरी नै जलाशय निर्माण गर्दा, पुरानो घर जीर्णोद्वार गर्दा, भवनमा अग्निस्थापना अर्थात् चुल्हो निर्माण र बाल्दा शुभमुहुर्त छनोट गर्नुपर्छ। शिल्प विज्ञानको शुद्धता र त्यसको सुधार एउटा उपाय हो तर शुभमुहुर्तको प्रभाव अधिक रहन्छ। विश्वकर्माले शिल्प निर्माणमा शुभमुहुर्तलाई प्राथमिकतामा राखेको पाइन्छ।

    वास्तुशास्त्रमा कांकिणी विधिलाई पनि विशेष महत्व दिएको पाइन्छ। कुनै पनि स्थान र गृहस्वामीको शुभाशुभ हेर्न यस विधिको प्रयोग गरिन्छ। कुनै देश या जिल्ला, नगर अथवा गाउँ सम्बन्धित व्यक्तिका लागि शुभ छ–छैन भन्ने ज्ञात गरेरमात्र निवास निर्णय गरिनुपर्छ। यदि स्थान नै व्यक्तिका लागि शुभ छैन भने त्यो स्थानमा गृह निर्माण गर्नु हानिकारक हुनसक्छ। यसका लगि देश या स्थानको अङ्क र गृहस्वामीको अङ्कका आधारमा निर्णय गरिन्छ। मुहुर्त, कांकिणी, जमिनको आकार–प्रकार, रङ, गन्ध आदिको उचित शोधन अनिवार्य मानिन्छ।

    वास्तुशास्त्रले निर्माणस्थलको मापनलाई गहन अध्ययन गर्न सुझाउँछ। निर्माणस्थलको पिण्ड अथवा क्षेत्रफलको आधारमा त्यसलाई शुभाशुभ निर्णय गरेको हुन्छ। भूमिको पिण्ड र निर्माणको पिण्डबीचको सन्तुलन अनिवार्य मानिएको छ। पिण्डका आधारमा त्यस भूमिका फरकफरक लक्षण हुन्छन् भन्ने वास्तुशास्त्रको मान्यता छ। देश, काल र गृहस्वामीका आधारमा त्यसको मापन गरी विधिसम्मत शुभमुहुर्तमा निर्माण गर्दा सर्वोत्तम हुन्छ।

    वास्तु व्यक्तिअनुसार फरक र शुभ–अशुभ हुन्छ। एकका लागि अशुभ कार्य अर्काका लागि शुभ हुनसक्छ। विश्वकर्माकृत वास्तु या मयमत अथवा चाइनिज वास्तु या आधुनिक वस्तु सबैको मान्यता निवास या निर्माणस्थल जनहितका लागि तय गरिएको हुन्छ। पछिल्लो समयमा वास्तुशास्त्रका सिद्धान्तहरूलाई विज्ञानसँग जोडेर हेर्न प्रयास पनि भइरहेको छ। वैदिक वास्तुकै जगमा टेकेर आएका त्यसलाई प्रमाणित गर्ने काम पनि भइरहेको छ भने कहिँकतै आफ्ना नयाँ मत सिर्जना गर्ने प्रयास पनि भइरहेका छन्। वास्तु वैदिककालदेखि नै थियो र अहिले पनि यसको प्रभाव झन् बढ्दो छ। त्यसलाई राजमहलहरूमा मात्र सीमित गराउने प्रयास भए पनि पछिल्लो समयमा हरेक मानिस यस शास्त्रबाट अधिकतम् लाभ लिनसक्ने अवस्थामा छन्।

    शास्त्रीय मान्यतालाई वैज्ञानिक आधारहरू खोज्दै अधिकतम सदुपयोग गर्दा लाभ मिल्न सक्छ। तसर्थ आफ्नो घर, कार्यालय या अन्य निर्माणस्थललाई वास्तुशास्त्रसम्मत् बनाउँदै अधिकतम् लाभ उठाउन सकिन्छ। वास्तुशास्त्रीय मान्यता अवलम्बन गर्दा लाभ मात्रै छ, हानी छैन। स्थान सानो होस् या ठूलो वास्तुसम्मत निर्माण सम्भव छ। भरतमणि ज्ञवाली/रासस

    सोमबार, बैशाख ०३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer