• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, असार १७, २०८३
☰
बुधबार, असार १७, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

पर्यटकलाई आकर्षित गर्दै ‘सिरुबारी’


  •   सोमबार, बैशाख ०३, २०८१ मा प्रकाशित
  • बागलुङ । ढुङ्गा, माटो र काठबाट परम्परागत शैलीमा बनेका घर । ढुङ्गानै बिच्छाएर बनाइएको बाटो । सिंगो बस्तीनै सफा सुग्घर । यो सिरुबारी गाउँको विशेषता हो । स्याङ्जाको आँधिखोला गाउँपालिका-१ स्थित सिरुबारी गाउँ दक्षिण एसियाकै पहिलो पर्यटकीय गाउँ हो । गुजुमुज्ज परेको गुरुङ बस्ती । आफ्नै भेषभूषा र संस्कृतिले भरिएको छ सिरुबारी गाउँ । यो गाउँ घरबास (होम-स्टे) संचालन गर्नेहरुका लागि पाठशाला हो । नेपालको पूर्वदेखि सूदूरपश्चिमसम्मका घरबास संचालकहरु सिरुबारी आएर ज्ञान लिन्छन् । क्याप्टेन स्वर्गीय रुद्रमान गुरुङको परिकल्पनामा वि.सं. २०५४ सालमा सिरुबारी घरबास संचालनमा आएको थियो । २७ वर्ष अगाडि स्थापना भएर संचालनमा आएको सिरुबारी घरबास पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकले सिरुबारी गाउँ भरिभराउ हुन थालेको छ ।

    Advertisement

    सडक सञ्जालको सहज पहुँच र प्रचारप्रसारले गर्दा दिनप्रति दिन यहाँ आउने पर्यटक बढि रहेका छन् । गुरुङ समुदायको कला, संस्कृति र रहनसहनसँगै यहाँको बाक्लो बस्तीले धेरैलाई आकर्षित गर्ने गरेको छ । हाल २१ वटा घरमा घरबास संचालनमा छन् । दैनिक १६० जना पाहुन राख्न सक्ने क्षमता यहाँका घरबासको छ । पाहुनाको आगमन बढ्न थालेपछि घरबास संचालकले धान्न नसक्ने स्थिती आएको छ । यहाँ आउने जो कोही पर्यटकलाई गाउँको प्रवेशद्वारमा गुरुङ जातिको परम्परागत पहिरनमा सजिएका स्थानीयवासीको स्वागत गर्छन् । बाजागाजाका साथ फूलमाला पहिर्‍याएर स्वागत गरि स्थानीयले पाहुनालाई गाउँ बीचमा रहेको गुम्बामा पुर्‍याउँछन् ।

    गुम्बामा सगुन खुवाई बास बस्नका लागि घर तोकिन्छन् । पाहुनाहरु तोकिएकै घरमा गएर बस्ने गर्छन् । राती ८ बजे पाहुनालाई स्थानीय उत्पादनका परिकार खुवाई ११ बजेसम्म मौलिक संस्कृतिमा झुमाउँछन् । सिरुबारीमा पुग्ने पर्यटक यहाँको जनजीवन बुझ्न, कला, संस्कृतिमा झुम्न बढी रुचाउँछन् । पछिल्लो पाँच वर्षमा सिरुबारीमा पर्यटक बढ्न थालेका छन् । पहिले विदेशी पर्यटक मात्रै आउने गरेकोमा अहिले धेरै आन्तरिक पर्यटक आने गरेको सिरुबारी सामुदायिक घरबासकी संयोजक उर्मिला गुरुङले बताउनुभयो । केही वर्ष अगाडिसम्म ग्रामीण पर्यटन भन्ने धेरैलाई जानकारी नभएको हुँदा विदेशी मात्रै आउने गरेको भन्दै पछिल्लो समय धेरै ठाउँमा घरबास संचालनमा आएपछि आन्तरिक पर्यटकको भिडभाड हुन थालेको गुरुङ बताउनुहुन्छ ।

    पछिल्लो समय महिनामा झण्डै तीन हजारसम्म पर्यटक आउने गरेको उहाँको भनाइ छ । असार र साउन महिनामा पर्यटक आगमन निकै कम हुने गरेको भन्दै असोजदेखि यहाँ संचालित सबै घरबास दैनिक जसो भरिभराउ हुने गरेको संयोजक गुरुङले बताउनुभयो । पर्यटकको आगमनमा वृद्धि भएसँगै आउनु पूर्व एक/दुई दिन अगाडिनै ‘बुकिङ’ गर्नु पर्ने स्थिती आएको उहाँको भनाइ छ । यहाँ आउने पर्यटकले यहाँको घर, बाटो र स्वागत सत्कारलाई बढी मन पराउने गरेको गुरुङ बताउनुहुन्छ ।

    संयोजक गुरुङले भन्नुभयो – “अहिले एकदम धेरै आन थाल्नु भएको छ, हामीहरुलाई धान्न मुस्किल भएको छ, सुरुमा विदेशी पर्यटक मात्रै आउँथे, त्यस बेला ग्रामीण पर्यटन भन्ने थाहा थिएन, सरकारले वि.सं. २०६७ सालमा होमस्टेको कार्यविधि बनायो, त्यसपछि धेरै ठाउँमा घरबास संचालनमा आए, हरेक महिना दुई हजार ५०० देखि तीन हजारसम्म पाउना आउने गरेका छन्, यो वर्ष १५ हजार पाहुन आएनु भएको छ, यो संख्या वर्षेनी बढि रहेको छ ।”

    सिरुबारी सामुदायिक घरबासका अध्यक्ष जितेन्द्र गुरुङले यहाँको संस्कृतिक कार्यक्रम र सरसफाइका कारण धेरै पर्यटक आउने गरेको बताउनुभयो । देश तथा विदेशबाट आउने हरेक पर्यटकले आफूहरुले गर्ने सत्कार, परम्परागत घर तथा भेषभूषाको प्रशंसा गर्ने गरेको उहाँको भनाइ छ । घरबासमा प्राङ्गारीक उत्पादनलाई प्राथमिकता दिने र पाहुनाले माग गरे अनुसारको परिकार उपलब्ध गराउने हुँदा धेरैको रोजाईमा सिरुबारी परेको अध्यक्ष गुरुङ बताउनुहुन्छ ।

    “पाहुनाहरु आउँदा बित्तिकै हामीहरु हाम्रो पोसाकमा बाजागाजासहित प्रवेशद्वारमै स्वागत गर्न पुग्छौँ, त्यसले पाहुनालाई बढी आकर्षित गरेको पाएका छौँ, यहाँको खाना, हाम्रो जनजीवन र मिलेको बस्ती उहाँहरुलाई बढी मन पर्दो रहेछ,” अध्यक्ष गुरुङले भन्नुभयो – “अहिले धेरै तिरबाट यहाँ आउने सडकको सुविधा पनि भएको त्यसले गर्दा आन्तरिक पर्यटकको आगमन बढेको छ, दिनदिनै पर्यटकको संख्या बढ्दा हामीहरु उत्साहित भएका छौँ, व्यवस्थापनमा केही समस्या भने भएको छ ।”

    सिरुबारी पुग्ने जोकोही पाहुना यहाँको आतिथ्यता, खानाको परिकार र कला संस्कृतिले लोभिने गर्छन् । एक पटक पुगेका पाहुनाले पुनः अर्को पटक आउने इच्छा राख्छन् । धेरैजसो पाहुनाहरु पारिवारिक घुमघाम र अध्ययन अवलोकनका लागि आउने गरेको पाइन्छ । सिरुबारी आउनेले वास्तविक ग्रामीण जनजीवन बुझेर जाने गर्छन् । चितवनबाट घुम्न आउनु भएकी देवी शर्माले सिरुवारीमा वास्तविक ग्रामीण जीवनशैली देख्न पाइने बताउनुभयो । खासगरी सहर बजारमा बस्नेले गाउँका परिवेश थाहा नहुने भन्दै बालबालिका लिएर यहाँको अध्ययन अवलोकनमा आएको उहाँको भनाइ छ । सिरुबारी गाउँले कला, संस्कृति र परम्परा मात्र नभई एउटा इतिहास सिकाउने शर्मा बताउनुहुनछ ।

    उहाँले भन्नुभयो – “यो गाउँले साँच्चिकै संस्कार सिकाउँदो रहेछ, म पहिलो पटक आएको यहाँको घरहरु, बाटोहरु देख्दा निकै खुसी लाग्यो, निकै सफा ठाउँ, उहाँहरुले गर्ने आतिथि सत्कारले हामीहरु फुरुङ्ग भयौँ, सिरुबारी गाउँमा आउँदा मलाई लाग्यो गाउँका मान्छे दयालु हुन्छ, संस्कारी हुन्छ, अहिलेको परिवेशमा पनि यो गाउँको संस्कारले हामीहरुलाई ठूलो पाठ सिकायो ।”

    भैरवाहबाट सिरुबारी अवलोनका लागि आउनु भएको हरिप्रसाद ज्ञवालीले स्थानीयले प्रदर्शन गर्ने मौलिक गीत र नृत्यले आफू प्रभावित बनेको बताउनुभयो । पछिल्लो समय धेरै ठाउँमा घरबास संचालनमा आए पनि पुराना कला संस्कृति भने कमै मात्रामा देखाउने गरेको उहाँको भनाइ छ । ज्ञवालीले गाउँमा रहेको सबै घरबासमा पुगेर व्यवस्थापनको अवलोकन गरेको सुनाउँदै यहाँको सुत्ने, खाना खाने ठाउँ र घरहरु बीचमा रहेको गल्लीले बजारको समेत झल्को दिने बताउनुभयो ।

    सोमबार, बैशाख ०३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १२ गते (२६

    • २.
      आज २०८३ साल असार १४ गते (२८

    • ३.
      आज २०८३ साल असार ११ गते (२५

    • ४.
      आज २०८३ साल असार १६ गते (३०

    • ५.
      आज २०८३ साल असार १५ गते (२९

    भर्खरै

    • १.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer