• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, असार १७, २०८३
☰
बुधबार, असार १७, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

फेरियो चैते दसैँ मेला, हराए मौलिक गीत


  •   सोमबार, बैशाख ०३, २०८१ मा प्रकाशित
  • बागलुङ । ‘एउटो पैसो कैलेलाई, चैते दसैँलाई, त्यो पनि मागे, दिन्न कसैलाई’ यो गीतले चैते दसैँका लागि वर्षभरी पैसा जम्मा गरेर राख्ने परम्परा झल्काउँछ । गीतले भनेजस्तो वर्षभरी पैसा जम्मा पारेर चैते दसैँमा खर्च गर्ने परम्परा अहिले हराइसकेको छ ।

    Advertisement

    चैते दसैँको अवसरमा बागलुङ कालिका मन्दिर परिसरमा शुक्रबारदेखि चैते दसैँ मेला लागिरहेको छ । ऐतिहासिक चैते दसैँ मेला लागेपनि मेलाको रूप पहिलेको भन्दा फरक छ । मौलिक भाका हराइसकेका छन् । चैते दसैँमा कालिका मन्दिर दर्शन गर्न आउने र वर्षभरीलाई आवश्यक सामग्री खरिद बिक्री गर्ने चलन अब रहेन ।

    चैते दसैँको अवसरमा गाइने ‘रेरे साइलो’, ‘यानीमया’, ‘ठाडो भाका’ र सालैजो’ जस्ता मौलिक भाका सुन्नै छाडिएको छ । रेकर्ड गरिएका गीतमा नाचगान गर्ने चलन बढेको छ । मेलामा लिङ्गे पिङ र चर्खेपिङ देखिन छाडेको छ । त्यसको सट्टामा रमाइलो झुला (आधुनिक पिङ) राखिएका छन् ।

    “चैते दसैँ मेला ८० वर्ष अघिसँग तुलना त हुन्न, समय अनुसार परिवर्तन हुने नै भयो, डाला, नाङ्ला र ठेकीको व्यापार अहिले हुँदैन”, स्थानीय ८६ वर्षीय दुर्गा अचार्यले भन्नुभयो “रातभरी रेरे साइलो, सालैजो गीत गाएर जाग्राम बसिन्थ्यो, अहिले त कलाकारले टयाकमा गीत गाउँछन्, मौलिकता हरायो, मेलाप्रतिको चाख घटेको छ तर दर्शनार्थीको सङ्ख्या चाहिँ बढेको छ ।”

    ‘चैते दसैँ मेलैमा

    माया बस्यो ख्याल ख्यालैमा’

    ‘बागलुङ बजार मेलैमा

    झर्छ आँसु छुट्ने बेलैमा’

    गायक विमलराज क्षेत्रीको यो गीतले बागलुङको चैतै दसैँ मेलामा प्रेमी प्रेमिकाको भेट हुने ठाउँ रहेको पुष्टि गर्छ । मेलामा भेटिएका जोडीले पुनः अर्को मेलामा भेट्ने बाचाका साथ छुटेको भावलाई गायक क्षेत्रीले धेरै वर्ष पहिले गीतमा उतार्नूभएको थियो ।

    चैते दसैँ मेला फेरिएजस्तै चैतै दसैँसँग सम्बन्धित मौलिक भाकासमेत फेरिएका छन् । चैते दसैँमा गाइने लोकदोहरीले सयौँ कलाकार बागलुङले जन्माइसकेको छ । कालिका भगवती मन्दिर यस क्षेत्रकै चिनारीको रूपमा प्रसिद्ध छ । जिल्लाको आर्थिक सामाजिक र सांस्कृतिक विकासमा कालिका मन्दिरको छुट्टै महत्त्व छ । त्यसैले बागलुङ कालिका मन्दिर र चैतेदसैँ मेलालाई लिएर थुप्रै गीत गाइएका छन् ।

    “पहिले चैते दसैँ मेला लोकदोहोरी गाउने चौतारी जस्तो थियो, यहीँ गीत गाउने धेरै जना राष्ट्रियकलाकार बने”, स्थानीय हरिओम शर्माले भन्नुभयो “अहिले तिनै कलाकारले चैते दसैँ बिर्सेका छन्, मेलाको महत्त्व घटेको छ तर मन्दिरको महत्त्व बढ्दै छ ।”

    चैते दसैँ मेलाका लागि पैसा साँचेर राख्ने र मेलामा नरिवल, मिस्री किनेर खाने चलन अहिले हराएको शर्माको भनाइ छ । चैते दसैँ मेला बागलुङको मौलिक परम्परा भएपनि संरक्षणमा स्थानीय निकायले चासो नदिएको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताउनुभयो ।

    बागलुङ कालिका मन्दिरमा आउने दर्शनार्थीले किनबेच गर्ने थलो नै चैते दसैँ मेलाको रूपमा विकास भएको हो ।

    “यो मेला समग्र बागलुङ जिल्लावासीको हो, मेलाले पर्यटन प्रवर्द्धन गर्दै बागलुङ बजारको खस्कँदो व्यापारलाई बढाएको छ तर मेलालाई नाफाको रूपमा नलिई परम्परा धान्ने काम मात्र भएको छ”, अध्यक्ष खड्काले भन्नुभयो “चैते दसैँ मेलामा रु ५५ लाख खर्च हुने गरेपनि कालिका मन्दिरले पूरै खर्च धान्न सक्दैन, स्थानीय तहले मेलाको अपनत्व नलिँदा परम्परा धान्नै समस्या भएको छ ।”

    विक्रम संवत् १५९१ मा पर्वते राजा प्रतापीनारायण सिंह मल्लले पाल्पाका राजा मनिमुकुन्द सेनकी छोरीसँग विवाह गरेको र राजकुमारीले आफूसँगै दाइजोको रूपमा ल्याएकी माझकी देवीको मूर्तिलाई अहिलेको कालिका मन्दिर भएको ठाउँमा राखियो । पछि मूर्तिसहितको डोली उठाउन खोज्दा उठाउन नसकेपछि त्यही ठाउँमा मन्दिर स्थापना गरिएको किंवदन्ती छ । रासस

    सोमबार, बैशाख ०३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १२ गते (२६

    • २.
      आज २०८३ साल असार १४ गते (२८

    • ३.
      आज २०८३ साल असार ११ गते (२५

    • ४.
      आज २०८३ साल असार १६ गते (३०

    • ५.
      आज २०८३ साल असार १५ गते (२९

    भर्खरै

    • १.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer