• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, जेठ २८, २०८३
☰
बिहिबार, जेठ २८, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

  • ५. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

गर्भावस्थामा मोटोपन भए के-के समस्या हुनसक्छ ? 


  •   सोमबार, बैशाख ०३, २०८१ मा प्रकाशित
  • मोटोपनले दुई अवस्थामा प्रत्यक्ष असर गर्छ । पहिलो- गर्भधानको बेला, दोस्रो- गर्भावस्थामा ।

    Advertisement

    गर्भावस्थामा मोटोपन एक बाध्यात्मक अवस्था हो । जबकि मोटोपनले यसबेला धेरै किसिमको हानि गर्ने जोखिम हुन्छ ।

    खासगरी गर्भावस्थामा हामीलाई धेरै भोक लाग्छ । यसो हुनुमा लेप्टिन नामक हार्मोन जिम्मेवार छ । यो हार्मोन रगतमा बढेपछि हामीलाई भोक लाग्छ । यही कारण हामी धेरै खान थाल्छौं । नतिजा, मोटोपन बढ्छ ।

    यसले गर्ने खास असर भनेको अरु हार्मोनको गडबडी हो । जस्तो, स्ट्रोजन, प्रोजिस्टेरोन, पोल्याक्ट्रिन हार्मोन गडबड हुन थाल्छ । यसले गर्दा महिनावारी अनियमित हुने, महिनावारी भएपनि रगत धेरै जाने र कतिपयलाई महिनावारी बन्द हुनसक्छ । डिम्बाशयमा पनि जुन अण्डाहरु निस्किनुपर्ने हुन्छ, त्यो निस्किंदैन । यस्तो अवस्थामा गर्भधारण गर्न नै समस्या हुन्छ । अर्थात् सहज गर्भधान हुँदैन ।

    गर्भधारणअघि मोटोपन भए के हुन्छ ?

    मोटोपनको पनि भिन्न मात्रा छ । सामान्य भन्दा बढी नै मोटोपन छ भने गर्भधानमा नै त्यसले समस्या ल्याउन सक्छ ।

    त्यसैले यस्तो अवस्थामा गर्भधान गराउनुअघि परामर्श लिनु उत्तम हुन्छ । यसले गर्दा गर्भधानको सम्भावना बढी हुन्छ र भ्रूणमा विकास हुने बच्चामा पनि विकार आउँदैन ।

    यसमा सामान्यदेखि अनुसन्धानमूलक जाँच गरिन्छ । मानौं, श्रीमान र श्रीमतीमध्ये श्रीमती मात्र मोटी छिन् भने रगतको जाँच गरिन्छ । जसमा थाइराइड, मधुमेह, उच्च रक्तचाप समस्या छ कि छैन भनी हेरिन्छ । त्यस्तै कुनै वंशाणुगत समस्या छ कि छैन भनेर पनि जाँच गरिन्छ ।

    अल्ट्रासाउन्ड अर्थात् भिडियो एक्स-रेमा पाठेघरको अवस्था ठीक छ कि छैन भनेर जाँच गरिन्छ । पुरुषको शुक्रकीटको पनि जाँच गरिन्छ । शुक्रकीटको उत्पादन, मात्रा, बनावट कस्तो छ भनेर हेरिन्छ ।

    केही गरी गर्भधारण गर्ने महिलाको तौल हुनुपर्ने भन्दा एकदमै बढी छ भने व्यायाम गर्न, खानपानमा ध्यान दिन र अहिले भएको तौल भन्दा १० प्रतिशत कम गर्नुपर्छ । किनभने गर्भावस्थामा यत्तिकै पनि तौल बढ्छ । त्यसकारण गर्भधारण गर्नुभन्दा पहिला नै धेरै तौल छ त्यसमाथि गर्भाधारण गरिसकेपछि यत्तिकै पनि १० देखि १६ किलो बढ्छ । त्यसले आमा र भ्रूणमा जटिलता देखिने हुन्छ ।

    मोटोपनले बच्चा र आमालाई के समस्या हुनसक्छ ?

    आमामा आवश्यक्ताभन्दा बढी मोटोपन छ भने गर्भ तुहिने जोखिम उच्च हुन्छ । १२ हप्ता न्युरल ट्युब डिफेक्टको समस्या हुनसक्छ । जन्मजात शिशुमा मस्तिष्क र मेरुदण्डको गम्भीर समस्या हो । शिशुमा मुटुको समस्या, समयमा भन्दा अघि नै जन्मिने अर्थात् पूर्वजन्म हुने, शिशुको तौल कम हुने समस्या हुन्छ । त्यस्तै आमालाई मोटोपनका साथै मधुमेहको समस्या भएमा एकदमै बढी तौल भएको बच्चा जन्मिने हुन्छ । जस्तै चार-पाँच केजी हुन्छ ।

    आमाको मोटोपनको कारण उच्च रक्तचापको समस्या भएमा पाठेघरभित्र नै भ्रूण खेर जाने, मरेको शिशु जन्मिने, बच्चाको वृद्धिविकासमा समस्या हुनसक्छ । यो भयो शिशुमा हुनसक्ने समस्या ।

    एकदम मोटो भएमा मधुमेह, उच्च रक्तचापको समस्या प्रि-एक्लेम्पसिया र एक्लेम्पसिया हुने जोखिम बढी हुन्छ । प्रि-एक्लेम्पसिया भनेको गर्भावस्थामा हुने एक निश्चित प्रकारको उच्च रक्तचाप हो । यसबेला महिलाको शरीर अनियन्त्रित रुपमा चल्छ यसलाई नै एक्लेम्पसिया भनिन्छ ।

    मोटोपनले बाँझोपन हुन्छ ?

    मोटोपनको कारण महिला र पुरुष दुवैको शरीरमा हार्मोनको गडबडी हुन्छ । जसकारण डिम्बासयबाट निस्किने अण्डा र शुक्रकीटको गुणस्तर कम हुँदै जान्छ । जसकारण गर्भाधारण हुने सम्भावना कम हुन्छ । गर्भ बसिहालेपनि खेर जाने जोखिम बढी हुन्छ । गर्भधारण गरेको तीन महिनामा नै खेर जाने हुनसक्छ । किनभने एउटा राम्रो भ्रूण तयार हुन राम्रो अण्डा र शुक्रकीट हुनुपर्छ । यसरी बारम्बार खेर गएमा गुणस्तर कम हुँदै गएर बाँझोपन हुने जोखिम हुन्छ ।

    किन मोटोपन भएकी गर्भवती महिलालाई सिजेरियन गरिन्छ ?

    गर्भावस्थामा मोटोपन भएकै कारण सिजेरिन गर्नुपर्दैन । तर गर्भवती महिलामा मोटोपनकै कारण मधुमेह, उच्च रक्तचाप जस्ता समस्या छन् र भ्रूणको तौल आवश्यकता भन्दा कम वा बढी (मेडिकल भाषामा माइक्रोजोमिक बेबी) छ भने शल्यक्रिया गर्न सुझाइन्छ ।

    तर मोटोपन भएपनि केही समस्या देखिएको छैन भने प्राकृतिक डेलिभरी गर्न सकिन्छ । प्राकृतिक डेलिभरीको पनि छुट्टै साइड-इफेक्ट हुन्छन् । लामो समय ‘लेबर पेन’ हुने, औषधिले काम नै नगर्ने, पाठेघरको मुख नखोलिने पनि हुनसक्छ । यस्तो अवस्थामा भने शल्यक्रिया नै गर्नुपर्छ । किनकि यसले आमा र शिशुलाई समस्या निम्त्याउन सक्छ ।

    डेलिभरी गर्नुअघि आमा र बच्चालाई केही समस्या छ कि छैन भनेर जाँच गरेर मात्र भजाइनल वा शल्यक्रिया गर्ने भन्ने निर्णय लिइन्छ । तर प्रायजसो गर्भावस्थामा मोटोपन भएकालाई समस्या हुने भएकाले शल्यक्रिया नै गर्नुपर्ने हुन्छ ।

    मोटोपन आईभीएफ सजिलै हुन्छ ?

    आईभीएफ र प्राकृतिक गर्भधारणमा खासै फरक छैन । प्राकृतिकमा गर्भधारणमा महिलाको अण्डा र पुरुषको शुक्रकीटभित्र आफैं गर्भनलीमा मिलन भई भ्रुण तयार हुन्छ र पाठेघरमा बस्छ । आईभीएफमा महिलाका अण्डा र शुक्रकीटलाई बाहिर निकाल्छौं र गुणस्तर अण्डा छानेर त्यसमा शुक्रकीट राखेर भ्रूण बनिसकेपछि पाठेघरमा राखिन्छ । मोटोपनको समस्या भएकाले प्राकृतिक गर्भधारण गर्दा आईभीएफ नहुने वा कम हुने भन्ने हुँदैन । किनभने हार्मोनको गडबडीले हुन्छ ।

    पाठेघरको भित्री एन्ड्रोमेन्टियम विकसित नहुने, त्यो नभएपछि भ्रूण राम्रोसँग विकास हुनसक्दैन । त्यसैले मोटोपन छ भने पहिला मोटोपन कम गर्नुपर्छ ।

    यसपछि आईभीएफ गरेमा मात्र सफल हुने सम्भावना हुन्छ नभए त्यो पनि असफल हुने सम्भावना बढी हुन्छ । आईभीएफ गर्नेबित्तिकै बच्चा बस्न नै भन्ने हुँदैन, ५० देखि ६० प्रतिशत बस्ने सम्भावना हुन्छ भने ४० प्रतिशत हुँदैन । कतिपय अवस्थामा राम्रो भ्रूण राख्दा पनि गर्भ नबस्ने वा खेर जाने हुन्छ । इम्प्लान्टेसन गर्ने ठाउँ राम्रो छैन, भ्रूण बसेपनि विकास हुने वातावरण सिर्जना भएको छैन भने पनि खेर जान्छ ।

    पहिलो तीन महिना र अन्तिम तीन महिनामा भ्रूण खेर जाने जोखिम हुन्छ ।

    गर्भावस्थामा मोटोपन के कारणले हुन्छ ?

    मोटोपनको एक मुख्य कारण वंशाणुगत हो । घरपरिवारमा सबैजना मोटो भएमा पनि गर्भावस्थामा मोटोपन हुनसक्छ ।

    खानपानको जस्तै जंकफुड, मैदाजन्य खानेकुराको अत्याधिक सेवन, धुम्रपान र मद्यपान गर्ने कारणले मोटोपन हुन्छ । क्यालोरीयुक्त खानेकुरा धेरै खाएको छ तर त्यसअनुसार व्यायाम नभएमा, निद्रा नलाग्ने र तनावका कारण पनि मोटोपन हुन्छ ।

    थाइराइड, मधुमेह, दम जस्ता रोग भएमा पनि मोटोपन हुनसक्छ । परिवार नियोजनको औषधि र डिप्रेसनको औषधि सेवन गर्नेलाई पनि मोटोपनो सम्भावना धेरै हुन्छ ।

    कसरी व्यवस्थापन गर्ने ?

    सुरुमा त मोटोपन के कारणले भइरहेको छ त्यो पत्ता लगाउन जरुरी हुन्छ । कसैलाई खानपिनको कारणले भएको हुनसक्छ भने कसैलाई रोगको कारणले हुनसक्छ । त्यसैले कारण पत्ता लगाएर त्यही अनुसार आफ्नो दैनिक दिनचर्यालाई परिवर्तन गर्ने र चिकित्सकको परामर्शअनुसार औषधि उपचार गर्नुपर्छ ।

    योग तथा व्यायाम गर्ने, स्वस्थ र सन्तुलन आहारको सेवन गर्न सकिन्छ । तारेको, भुटेको, पोलेको भन्दा पनि उसिनेको वा स्टिम गरेर बढी खाने गर्नुपर्छ । सकेसम्म दिनमा तीन-चार लिटर पिउने, स्क्रिन हेर्न समय कम गर्ने गर्नुपर्छ ।

    फलफूल र विषाक्त हालेर नै उब्जाएको हुन्छ । सागसब्जी पकाउनु वा काँचै खानुअघि पनि सोडियम बाइ कार्बोनेट हालेर आधादेखि एक घण्टा डुबाएर राख्ने र त्यसपछि मात्र खाने गर्न सकिन्छ । यसरी आफ्नो दिनचर्या व्यवस्थित गर्न सकेमा धेरैजसो समस्या आफैं हटेर जान्छन् ।(अनलाईन खवर)

    सोमबार, बैशाख ०३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २३ गते (६

    • २.
      आज २०८३ साल जेठ २४ गते (७

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८

    • ४.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer