• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, जेठ २९, २०८३
☰
शुक्रबार, जेठ २९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

  • ५. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

मिर्गौला रोगको जोखिमबाट बच्न के गर्ने ?


  •   सोमबार, बैशाख ०३, २०८१ मा प्रकाशित
  • प्रसिद्ध मेडिकल जर्नल ‘द ल्यान्सेट’का अनुसार सन् २०१९ सम्ममा विश्वभर करिब ७० करोड मानिस दीर्घ मिर्गौला रोग (क्रोनिक किड्नी डिजिज अर्थात् सीकेडी)ले ग्रसित छन् । १४ लाखभन्दा बढीले यसबाट ज्यान गुमाएको तथ्यांक छ ।

    Advertisement

    नेपालमा भने पर्याप्त तथ्यांक राख्ने प्रणाली (पपुलेसन बेस्ड नेसनल मिर्गौला रजिस्ट्री) नभएकाले वास्तविक दीर्घ मिर्गौला रोगीको संख्या यकिन छैन । यद्यपि ग्लोबल बर्डन अफ डिजिजेजको तथ्यांकमा आधारित एक राष्ट्रिय अध्ययन (अच्युतराज पाण्डे एट अल) अनुसार नेपालमा कुल जनसंख्याको ६-७ प्रतिशत दीर्घ मिर्गौलाका रोगी रहेका छन् भने मृत्युदर प्रतिलाख दुईदेखि तीन जना रहेको छ । साथै महिला भन्दा पुरुषमा दीर्घ मिर्गौला रोगको ‘प्रिभेलेन्स’ दर धेरै रहेको अध्ययनले बताएको छ ।

    अस्वस्थकर जीवनशैली, प्रशस्त पिउने पानीको अभाव, मानसिक तनाव, मिर्गौलाको नियमित स्वास्थ्य जाँच नगर्नु यो रोग लाग्ने प्रमुख कारण हुन् । विश्वमा नसर्ने रोगका कारण हुने मृत्युदरमा दीर्घ मिर्गौला रोगको कारणले गर्दा हुने मृत्युदरको क्रम सातौं स्थानमा रहेको छ । जीवनभर रूग्ण-विकलाङ्ग भएर बाँच्नुपर्ने आयु अवधि गराउने प्रमुख कारकमा दीर्घ मिर्गौला रोगको स्थान २६ औं स्थानमा छ । मधुमेह, उच्च रक्तचाप तथा मिर्गौला संक्रमणका बिरामीमा अन्तिम अवस्थाको मिर्गौला रोग हुने जोखिम उच्च रहने विभिन्न अध्ययनले देखाएका छन् ।

    अन्तिम अवस्थाका मिर्गौलाका बिरामीले बाँच्नका लागि मिर्गौला प्रत्यारोपण या नियमित डायलाइसिस गर्नुपर्ने हुन्छ । मिर्गौला रोगका अन्तिम अवस्थाका जम्मा बिरामीमध्ये डायलाइसिस गराउनुपर्ने बिरामीको हिस्सा ९९ प्रतिशत हुन्छ । विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अध्ययनको रिपोर्टलाई आधार मान्दा नेपाल लगायत विश्वमै दीर्घ मिर्गौला रोगको भार र ‘प्रिभेलेन्स’ दर भयावह रुपले बढ्दो छ ।

    नेपालमा गरिएको एक अध्ययन (कमल रानाभाट एट अल) अनुसार डायलाइसिस गरेका बिरामीभन्दा मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिको शारीरिक, मानसिक, सामाजिक र वातावरणीय स्वास्थ्यका अवयवहरू तुलनात्मक रूपमा राम्रो देखिएको थियो । यद्यपि अधिकांश डायलाइसिस सेन्टर तथा प्रत्यारोपण सेवा काठमाडौं केन्द्रित हुँदा बिरामीले समयमै दूरदराजबाट सेवा लिन सास्ती झेल्नुपरेको अवस्था छ । साथै नेफ्रोलोजिस्ट डाक्टरको सीमित संख्या, डायलाइसिस र प्रत्यारोपण सेवा पाउन लामो अवधिसम्म कुर्नुपर्ने बाध्यता, अपर्याप्त आर्थिक सुरक्षा तथा सरकारको सीमित स्वास्थ्य बिबीमा प्याकेज पनि समस्याका रूपमा छ ।

    समग्रमा आधुनिक चिकित्सा प्रणालीमा मिर्गौला रोगको रोकथाम तथा थप जटिलता हुन नदिन प्रभावकारी चिकित्सा पद्दतिहरु उपलब्ध छन् । मिर्गौला रोगको साझा जोखिम तत्वहरुको रोकथाम गर्न पर्याप्त क्लिनिकल गाइडलाइनहरु उपलब्ध छन् । जस्तै उच्च रक्तचाप र मधुमेह रोग व्यवस्थापन गाइडलाइन आदि । यद्यपि कुल मिर्गौला रोगीमध्ये थोरैको मात्र रोग निदान भएको छ तथा निदान भएका बिरामीमध्ये थोरैले मात्र उपयुक्त उपचार पाएका छन् ।

    मिर्गौला रोगको सुरुवाती संक्रमण चरण प्राय: सुषुप्त हुने हुँदा अधिकांश मिर्गौला रोगीलाई आफ्नो रोगको प्रारम्भिक अवस्थाबारे थाहा नै हुँदैन । मिर्गौला रोगको निदान हुँदा समेत धेरै बिरामीले प्रभावकारी उपचार पाउन नसकेको अवस्था छ ।

    मिर्गौला रोगको कारण कालान्तरमा पूरै काम नलाग्ने (किड्नी फेल) हुने, मृत्युदर बढ्ने, नियमित डायलाइसिस गरिरहनुपर्ने कारणले गर्दा प्रत्यक्ष-अप्रत्यक्ष आर्थिक भार बिरामीमा पर्ने, शारीरिक समस्या, मानसिक तनाव तथा सामाजिक सम्बन्धमा नकारात्मक असर आदिको समग्र कारणले दीर्घ मिर्गौला रोगीले गुणस्तरीय जीवनयापन गर्न नपाएको विभिन्न अनुसन्धानको तथ्यले बताएको छ ।

    त्यसैले मिर्गौला रोगीलाई स्थानीय तहअन्तर्गत रहेको प्राथमिक स्वास्थ्य सेवा केन्द्रदेखि नै छिटोछरितो र प्रभावकारी उपचार प्रदान गर्ने प्रणाली र वातावरणको निर्माण गर्न सरकार, चिकित्सा क्षेत्र र सम्बन्धित सरोकारवालाले भूमिका खेल्नु अपरिहार्य छ ।

    सोमबार, बैशाख ०३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २३ गते (६

    • २.
      आज २०८३ साल जेठ २४ गते (७

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८

    • ४.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer