• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, जेठ २७, २०८३
☰
बुधबार, जेठ २७, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

  • ५. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

पशुपालनबाट मनग्य आम्दानी गर्दै किसान


  •   मङ्गलबार, बैशाख ०४, २०८१ मा प्रकाशित
  • कैलाली । कैलालीको धनगढी उपमहानगरपालिका–६ मटियारीका उमेशराज उपाध्यायले पशुपालनबाट मनग्ये आम्दानी लिन थाल्नुभएको छ । अधिकांश समय गाईभैँसी स्याहार्न, दुहुन र दूध बेच्नमै बित्ने उहाँ बिहान ४ बजेदेखि बेलुकी ६ बजेसम्म पशुपालानमै व्यस्त रहनुहुन्छ ।

    Advertisement

    विसं २०७६ मा ओमशान्ति बहुउदेश्यीय पशुपन्छीपालन तथा अर्गानिक तरकारीखेती फर्म दर्ता गरेर व्यवसायिक पशुपालनमा लाग्नुभएका उपाध्यायले हाल चार वटा जर्सी तथा होलिस्टिन जातका गाई र एउटा भैँसी पाल्नुभएको छ ।

    उहाँले दूध बेचेर मासिक ९० हजार आम्दानी लिने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “दैनिक ३० देखि ३५ लिटर दूध बिक्री गर्छु, दूध प्रतिलिटर रु ९० मा बिक्री हुन्छ ।” चार जनाको परिवारको खर्च दूध बिक्री गरेकै आम्दानीले धानेको उहाँले बताउनुभयो । दुई छोराको पढाइ खर्च, घर खर्च, गाईभैँसीको दाना, घाँसको खर्च कटाएर वार्षिक आठ लाख बचत गरेको उहाँको भनाइ छ ।” रु नौ लाख ऋण लिएर पाँच वटा भैँसीबाट व्यवसाय सुरु गर्नुभएका उपाध्यायले भैँसीभन्दा गाईपालन सहज हुने भएपछि पछिल्लो समय गाईपालनलाई प्राथमिकता दिनुभएको छ ।

    “पहिले एक बिघा जग्गा भाडामा लिएर त्यहीँ गोठ बनाएर व्यवसाय सुरु गरेको थिएँ”, उहाँले भन्नुभयो, “अहिले आफ्नै जग्गामा गोठ बनाएको छु । घाँसका लागि वार्षिक एक लाखमा एक बिघा जग्गा भाडामा लिएको छु ।”

    कोरोनाले आफूलाई कृषक बनाएको उपाध्याय बताउनुहुन्छ । “मैले पहिले धनगढीमै फोटोकपी, प्रिन्ट, इमेल, इन्टरनेट सेवासहितको पसल राखेको थिएँ । कोरोनापछि पसलको भाडा तिर्न नसकिने अवस्था आयो र घरखर्च चलाउन सकिएन”, उहाँले भन्नुभयो, “त्यसपछि मैले कृषिमा लाग्नुपर्छ भन्ने सोच बनाएर पशुपालनमा लागेँ, अहिले आम्दानी पनि राम्रै छ ।”

    उहाँले गाईपालनसँगै स्थानीय जातका कुखुरापालन र तरकारीखेती पनि गर्नुभएको छ । ३५ वटा स्थानीय जातका कुखुरा पाल्नुभएको छ । सरकारले घाँसको बीउ समयमै उपलब्ध गराइदिए र औषधिको व्यवस्था गरिदिए गाईपालन अझै सहज हुने उहाँको भनाइ छ ।

    पछिल्लो समय गाईभैँसीपालनमा किसानको आकर्षण बढ्दै जाँदा जिल्लामा दूध उत्पादन बढ्न थालेको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र धनगढीका सूचना अधिकारी कविराज कठायतले बताउनुभयो ।

    उहाँले जिल्लामा वार्षिक ८३ हजार छ सय ४३ लिटर दूध उत्पादन हुने गरेको बताउनुभयो । केन्द्रले गाईभैँसीपालन गर्ने किसानलाई गोठ निर्माणलगायतमा ५० प्रतिशत अनुदान दिने गरेको उहाँले बताउनुभयो ।(कृषि सूचना)

    मङ्गलबार, बैशाख ०४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २३ गते (६

    • २.
      आज २०८३ साल जेठ २४ गते (७

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८

    • ४.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer