• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, जेठ २९, २०८३
☰
शुक्रबार, जेठ २९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

  • ५. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

असिनाले सुन्तलामा क्षति पुर्‍याएपछि किसान चिन्तित


  •   मङ्गलबार, बैशाख ०४, २०८१ मा प्रकाशित
  • पर्वत । लामो समयपछि परेको वर्षासँगैको असिनाले पर्वतको सुन्तला पकेट क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ । जिल्लाको मोदी गाउँपालिका–२ देउपुरमा गरिएको व्यावसायिक सुन्तलाखेतीमा असिनाले क्षति पुर्‍याएपछि किसान चिन्तित बनेका छन् ।

    Advertisement

    शनिबार दिउँसोदेखि लगातार एक घण्टासम्म परेको असिनाले फल लाग्न थालेका सुन्तला पूरै झारेर नष्ट गरेको स्थानीय किसान दाताराम चापागाईंले बताउनुभयो । यहाँका झण्डै दुई सय किसानले लगाएका सुन्तलाखेती एकैछिनको असिनाले सखाप बनाएको उहाँले बताउनुभयो ।

    यहाँका कृषकले वार्षिक रु पाँचदेखि रु आठ करोडसम्मको सुन्तला बिक्री गर्दै आएका छन् । एक वर्ष धेरै उत्पादन भए अर्को वर्ष कम उत्पादन हुने सुन्तला खेतीबाट लगातार दुई वर्ष नोक्सानी व्यहोर्नु परेको चापागाईंले बताउनुभयो । “अघिल्लो वर्ष पनि सुन्तलामा फल लाग्नेबेला आएको असिनाका कारण यहाँका किसानले करिब रु चार करोड भित्र्याएका छन् । यस वर्ष पनि फल लाग्ने बेला असिना पर्‍यो”, उहाँले भन्नुभयो ।

    अहिले पनि सुन्तलाको फूल र बतिला सबै झारेर नष्ट गरिदिएकाले आगामी वर्ष आम्दानी ह्वात्तै घट्ने सम्भावना बढेको किसान प्रकाश चापागाईंले बताउनुभयो । उहाँका अनुसार पानीसँगै परेको असिनाले सुन्तलासँगै खेतबारीमा भर्खरै उम्रिएका मकै, लहरे तरकारीबाली र अन्य व्यावसायिकरुपमा लगाइएको काउली, बन्दा, सिमी, केराउलगायत तरकारीमा क्षति पु¥याएको छ ।

    दुई साताअघि नेपालकै स्वादिलो रैथाने जातको सुन्तला उत्पादन हुने पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कमा पनि असिनाले क्षति पुर्‍याएको थियो । फल लाग्न फुलेका सुन्तला र मुनाहरु पूरै झारेर नष्ट गरिदिएको थियो भने आलु, गहुँ, तोरी र जौ खेतीमा समेत क्षति पु¥याएको थियो ।

    जिल्लास्थित कृषि ज्ञान केन्द्रले शनिबार परेको भिषण वर्षासँगैको असिनाले मोदी गाउँपालिकाका विभिन्न वडामा लगाइएको सुन्तला तथा हिउँदे बालीमा क्षति पुर्‍याएको जनाएको छ ।

    मोदीका देउपुर, बाजुङ, भुकताङ्ले, तिलाहार, राम्जा, चित्रेलगायत क्षेत्रमा असिनाले क्षति पुयाएकामा बढीमात्रामा सुन्तलाखेतीमा असर गरेको ज्ञान केन्द्र प्रमुख पर्शुराम अधिकारीले जानकारी दिनुभयो । उहाँले क्षतिको विवरण सङ्कलन भइरहेका विस्तृत विवरण भने आउन बाँकी रहेको बताउनुभयो । फल लाग्ने बेलामा असिनाले झारेपछि उत्पादनमा कमी आउन सक्ने उहाँको भनाइ छ ।

    लामो समयको खडेरीपछि यस क्षेत्रमा वर्षा भएको थियो । वर्षासँगैको चट्याङमा परी मोदी–१ भुकदेउराली र वडा नं ७ राम्जादेउरालीमा गरी दुई जनाले ज्यान गुमाएका छन् भने बालीनालीमा समेत क्षति भएको मोदी गाउँपालिकाका अध्यक्ष हिरादेवी शर्माले जानकारी दिनुभयो । चट्याङ र असिना पीडित परिवारलाई गाउँपालिकाले तत्कालका लागि केही राहत दिने तयारी गरिरहेको उहाँले बताउनुभयो ।

    मङ्गलबार, बैशाख ०४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २३ गते (६

    • २.
      आज २०८३ साल जेठ २४ गते (७

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८

    • ४.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer