• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
सोमबार, भदौ ०८, २०८३
☰
सोमबार, भदौ ०८, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

सर्वगुण सम्पन्न ओखर खानुका फाइदा, जाे तपाईं हामीलाई थाहा नहुन सक्छ


  •   मङ्गलबार, बैशाख ०४, २०८१ मा प्रकाशित
  • ओखर एक यस्तो फल हो, जसमा प्रोटिन, एन्टिओक्सिडेन्ट, भिटामिन, खनिज पर्याप्त मात्रामा पाईन्छ । विशेषगरी ओखरमा ओमेगा फ्याटि एसिड हुन्छ जसले मस्तिष्कको गतिविधिलाई तेज बनाउन मद्दत गर्दछ । तिहारमा ओखर फोरेर दिदी-बहिनीले आफ्ना दाजु-भाइका बाधा फुकाइदिने साँस्कृतिक परम्परा छ । तर, त्यही बाधा फोडिदिने ओखर भने विदेशबाट आयात हुने गरेको छ ।नेपालको भौगोलिक बनावटअनुसार ओखर फल्ने पर्याप्त सम्भावना छ ।

    Advertisement

    कृषि प्राविधिकहरुका अनुसार खेतीयोग्य जमिनको ५२ प्रतिशत जमिनमा ओखर खेती गर्न सकिन्छ ।तर, यसको व्यावसायीक खेती हुन नसकेका कारण विदेशी ओखरको भर पर्नुपरेको हो । कृषिको आधुनिकिकरण र व्यावसायीकरण नभएका कारण नेपालले वर्षेनी खर्बौं रकम बराबरका कृषि उत्पादन आयात गर्दै आएको छ ।

    ओखर खानुका यस्ता फाइदा,जो तपाईं हामीलाई थाहा नहुन सक्छ ||

    ओखरका फाईदाहरु :

    * मधुमेहका बिरामीहरुका लागि ओखरले धेरै नै फाइदा गर्ने चिकित्सकहरु बताउँछन् । त्यसैले मधुमेहका बिरामीहरुका लागि फाइदाजनक हुन्छ ।

    * ओखरमा प्रशस्त मात्रामा क्याल्सियम हुन्छ जसले हड्डी बलियो बनाउन आवश्यक पोषक तत्व प्रदान गर्दछ ।

    * एक दिनमा ४ – ५ वटा ओखरको सेवन गर्नाले मुटुलाई स्वस्थ राख्नुका साथै शरीरमा कोलेस्ट्रेरोलको मात्रा कम गर्न मद्दत गर्छ ।

    * ओखरको सेवनले मानसिक समस्या कम गर्नुका साथै तनावबाट मुक्ति मिल्छ ।

    * यसको नियमित सेवन गर्नाले मस्तिष्कलाई स्वस्थ बनाईराख्न मद्दत गर्छ ।

    * ओखरमा प्रशस्त मात्रामा फाइबर हुन्छ जसले पाचनक्रियालाई मजबुत बनाउँछ । यसको नियमित सेवनले कब्जियत सम्बन्धी समस्याबाट मुक्ति मिल्न सक्छ । ओखर खाँदा मृर्गौलामा पत्थरी हुने सम्भावना कम हुन्छ ।

    * ओखरमा भिटामिन इ हुन्छ जसले छाला सम्बन्धी समस्याबाट मुक्ति दिलाउँछ । यसले छालालाई सुन्दर र स्वस्थ राख्नमा मद्दत गर्छ ।

    * ओखरमा पोलिफेनोलिक कम्पाउन्ड र फाइटोकेमिकल्स पाइन्छ, जसले शरीर दुःख्ने, पोल्ने, जोर्नीमा जलन हुने आदि समस्याबाट राहत दिन्छ ।

    * ओखर विभिन्न भिटामिनको राम्रो स्रोत हो । ओखरमा शरीरलाई चाहिने भिटामिन–ई, भिटामिन–बी, भिटामिन–बी ६ जस्ता अत्यावश्यक तत्व पाइन्छ अनिद्राको समस्या भएकाहरूलाई ओखर रामबाण हो ।

    * सुत्नुअघि भिजाएको ओखर खानाले मीठो निद्रा लाग्छ अथवा खानासँगै सलादमा ओखर छरेर पनि खान सकिन्छ । ओखरमा पाइने मेलाटोनिन नामक तत्वले निद्रा लगाउने गर्छ ।

    मङ्गलबार, बैशाख ०४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer