इटहरी । सुनसरीको इटहरी लगायत आसपासका सहरहरूमा मङ्गलवार मध्यरात असिना पानी परेको छ । इटहरीको तरहरा , मोरङको सुन्दरहरैंचाका विभिन्न स्थानमा असिना पानी बर्सिएको हो । मौसम पूर्वानुमान महाशाखाले मङ्गलवार राती काेशी प्रदेशका केही भागहरूमा छुटफुट वर्षा हुने जनाएको थियो ।
Advertisement




