• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, जेठ २७, २०८३
☰
बुधबार, जेठ २७, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

  • ४. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

संरक्षणको पर्खाईमा धुर्कोट कालिका मन्दिर, मन्दिर दुई सय १६ बर्ष पुरानो


  •   बुधबार, बैशाख ०५, २०८१ मा प्रकाशित
  • काठमाडौं । धुर्कोट गाउँपालिका– ५ वस्तुको धुर्कोट कालिका मन्दिर दुई सय १६ वर्षअघि स्थापना भएको हो । हिमालय माविका प्रध्यानाध्यापक कृष्ण भण्डारीका अनुसार १८६२ सालमा धुर्कोटे राजा खड्गराज मल्लले कालिका मन्दिर स्थापना गरेपछि आशीर्वाद मागेर शासन सुरु गरेको इतिहास छ ।

    Advertisement

    यो मन्दिर अनौठो पनि छ । एउटा छानाभित्र काली र शिवका मूर्ति राखिएका छन् । यो विरलै मन्दिरमा हुने गर्दछ । दैनिक नित्यकर्मसहित चैते र बडासैँमा मन्दिरमा विशेष मेला लाग्छ ।

    वाचन सम्राट पण्डित भीमकान्त पन्थीका अनुसार शिव मन्दिरमा बलि चढ्दैन । तर, काली अर्थात् दुर्गालाई बलि दिने चलन छ । काली मन्दिरको पूर्वपट्टि र शिव दक्षिणतर्फ भएकाले कालीको सम्मुखमा मात्र बलि दिइँदै आएको पन्थीले बताए ।

    मन्दिर र धुर्कोटकोटको सम्बन्ध

    यो मन्दिर र धुर्कोटकोटसँग नजिकको सम्बन्ध रहेको छ । हरेक उत्सवमा कालिकाको पूजा गरेर मात्रै धुर्कोट कोटमा पूजा गरिँदै आएको छ । पण्डित पन्थीले बागलुङकालिका र धुर्कोटको कालिका मन्दिरमा कुनै फरक नभए पनि प्रवर्द्धन र प्रचारप्रसार गर्न नसक्दा ओझेलमा परेको बताए ।

    केही वर्ष पहिलेसम्म चैते र बडादसैँमा दर्शनार्थीको बाक्लो उपस्थितिले खुट्टा राख्ने ठाउँ हुँदैन थियो । अहिले निकै कम मात्रामा श्रद्धालु भक्तजन मन्दिरमा मेला भर्न आउँछन् । बसाइसराइँले मान्छे गाउँमा छैनन् । गाउँमै भएकाहरू पनि पहिलेजस्तो मेला–उत्सवमा पुग्न जाँगर गर्दैनन् । मन्दिर हिमालय माविको प्रांगण र सडकको नजिक छ ।

    अहिले आर्थिक समृद्धिका लागि धार्मिक पर्यटन गतिलो माध्यम बनेको छ । ऐ्तिहासिक धुर्कोट कोत, कालिका मन्दिर र नजिकैको विचित्र गुफाको एकीकृत विकास र प्रचारप्रसारको आवश्यकता रहेको स्थानीय अगुवा नरहरि भण्डारीले बताए ।

    अधिकांश घरहरू खाली भइसकेका छन् । वृद्धहरूले मात्र कुरेका घरहरू पनि केही समयमै रित्ता हुने सम्भावना धेरै रहेकाले थप चुनौती रहेको उनले बताए । कालिका मन्दिरको आस्था र महिमा गर्विलो भए पनि लामो समय गुमनाम बन्यो।

    ७२ लाख खर्च गरेर जीर्णोद्धार

    सवा दुई सय वर्ष पुरानो भएकाले जोगाउन स्थानीयलाई गाह्रो थियो । पछिल्ला वर्षहरूमा भने मन्दिरको जीर्णोद्धारसँगै आस्थाको उजागर गर्न तीनै तहका सरकार र स्थानीयको सहयोगमा करिब ७२ लाख खर्च गरेर मन्दिरको पुरानै ढाँचामा जीर्णोद्धार गरिएको धुर्कोट गाउँपालिका– ५ का वडाध्यक्ष केशवराज भण्डारीले बताए । कालिकाको गरिमालाई उजागर गर्न अहिले धार्मिक अनुष्ठानसहित चैत्राष्टमीमा भजन महोत्सव राखिएको भण्डारीले बताए ।

    धुर्कोट गाउँपालिकामा ऐतिहासिक तथा पर्यटकीय स्थलहरू प्रसस्त छन् । तीनै तहको लगानीमा धार्मिक तथा पर्यटकीय स्थलहरूको संरक्षण र विकासको काम भइरहेको छ । धुर्कोटका धार्मिक स्थलहरूलाई छिमेकी पालिका तथा जिल्लाहरूका पर्यटकीय स्थलसँग जोडेर अगाडि बढाउनुपर्नेमा धुर्कोट गाउँपालिका अध्यक्ष भूपाल पोख्रेलले जोड दिए । उनले धुर्कोटको धार्मिक अवस्था केन्द्र कालिका मन्दिरलाई थप व्यवस्थित र प्रचार गर्न स्थानीय सरकार प्रतिबद्ध रहेको बताए ।

    आस्था जोगाउन भजन महोत्सव
    धुर्कोट गाउँपालिका– २ पिपलधाराको बरजा टोल संरक्षण समितिका महिला कालिका मन्दिरको भजनमा सहभागी हुन आए । उनीहरूको १० जनाको समुह छ । गाउँमा व्यावसायिक रूपमा भजन गाउँछन् । गाउँमा पूजा हुँदा, लाहुरे आउँदा र मेला उत्सवमा भजन गाउने चलन छ । दिउँसो र राति ११ बजेसम्म भजन गाउने समिति सदस्य कमला खड्काले बताइन् । गाउँमा भजन गाउँने पुरुष कम छन् । त्यसैले वडाभित्र र बाहिर पनि माग भइरहेको छ । उनीहरूले न्यूनतम पाँच हजार पारिश्रमिक पाउँछन् । धुर्कोट गाउँपालिका–४ जैसीथोकका ५५ वर्षीय लोकनाथ पोख्रेल भजन समूहमा मजुरा बजाउँछन् ।

    बैँसबाटै भजन गाउन डुल्थे । समूहमा एकै उमेर समूहका सातजना छन् । मौलिकतामा जोड दिने रौताडीको भजन समूह स्थापित छन् । उनीहरू हरेक उत्सव र प्रतिस्पर्धामा पुग्छन् । दिउँसो ३ बजेबाट रातभर भजन गाएर उज्यालो बनाएका कैयन याद छन् । गाउँमा समूहलाई न्यूनतम १२ हजार पारिश्रमिक दिन्छन् । भजन महोत्सव वा प्रतिस्पर्धाहरूले कला संरक्षण, ऊर्जा र जान्ने अवसर प्रदान गर्ने पोख्रेलले बताए ।

    चैत्राष्टमीको अवसरमा आयोजित भजन प्रतियोगितामा धुर्कोट गाउँपालिका– ५ वस्तु, वडा नं. २ पिपलधारा, वडा नं. ४ जैसीथोक क्रमशः प्रथम, द्वितीय र तृतीय भएका छन् । कालिका मन्दिर संरक्षण तथा व्यवस्थापन समितिले मन्दिरको रेखदेख, संरक्षण, प्रचारप्रसार र धार्मिक अनुष्ठानका कामहरू गर्दै आएको छ ।

    आफूहरूले गर्ने दैनिक नित्यकर्मसँगै मन्दिरको महत्वलाई प्रचार–प्रसार गर्न थप रचनात्मक कामहरू गर्दैै लैजाने कालिका मन्दिर संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष युवराज भण्डारीले बताए ।

    परियारदम्पतीले धानेको बढाइँ
    धुर्कोट गाउँपालिका– ५ का ७४ वर्षीय वृद्धदम्पती मुक्ति र ओमकली परियारले चैते र बढादसैँमा कालिका मन्दिरमा बाजा (बढाइँ) गर्दै आएको वर्षौँ भयो । मुक्तिका अनुसार हजुरबुबा गोरे दमाईंले ६ महिनाको हुँदा मन्दिरमा ल्याएर गजो समाउन सिकाएका थिए । परियारदम्पती मात्रै घरमा छन् । पुर्ख्यौली पेसा सिलाइकटाइ भए पनि आँखा कमजाेर भएपछि उनले त्यो पेसा छाडे । मुक्तिले ६ महिनादेखि अहिलेसम्म हरेक वर्ष कालिका मन्दिरमा बाजा (बढाइँ) बजाउँदै आएका छन् ।

    बुधबार, बैशाख ०५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २३ गते (६

    • २.
      आज २०८३ साल जेठ २४ गते (७

    • ३.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि

    • ४.
      आज २०८३ साल जेठ २५ गते (८

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer