• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, जेठ २८, २०८३
☰
बिहिबार, जेठ २८, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

  • ५. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

एक्नेबाट कसरी छुटकारा पाउने ?


  •   बुधबार, बैशाख ०५, २०८१ मा प्रकाशित
  • टिनएजर्समा आएको डन्डिफोरले धेरैलाई लामो समयसम्म असर पार्छ । चिल्लो छाला भएकालाई यो समस्याले धेरै सताउँछ । खराब जीवनशैली, गलत खानपान, गुणस्तरहीन सौन्दर्य प्रसाधनको प्रयोग, विभिन्न औषधिको सेवनले डन्डिफोर, एक्ने अहिले आम समस्या बन्दै गएको छ । एक्नेबाट छुटकारा कसरी पाउने भन्नेबारे ब्युटिसियन शारदा तामाङसँग गरिएको कुराकानीको सम्पादित अंशः

    Advertisement

    के हो एक्ने ?

    एक्ने छालाको समस्या हो । छालाको रोमछिद्र बन्द भएर त्यहाँ तेल र फोहोर जम्मा हुन्छ जसकारण अनुहारमा एक्ने देखिन्छ । छालाको रोमछिद्र छालाको मुनि भएको तेल ग्रन्थि भएको कोशिकासँग जोडिएको हुन्छ । जसले गर्दा सिबम छालाको रोमछिद्रमा उत्पन्न हुन्छ । सिबमको काम भनेको मृतकोशिकाहरूलाई रोमछिद्रबाट बाहिर ल्याउनु हो । त्यसपछि नयाँ कोशिकाहरू बन्छन् । तर असन्तुलित हर्मोनका कारण सिबम धेरै मात्रामा उत्पादन हुन थाल्छ र रोमछिद्र बन्द हुन थाल्छन् । यसले गर्दा अनुहारमा डन्डिफोर वा दाना निस्कन थाल्छन् । सिबममा ब्याक्टेरिया बढेपछि रोमछिद्र बन्द हुन्छन् र एक्नेको समस्या देखिन थाल्छ ।

    एक्नेको कारण

    बढ्दो उमेरसँगै शरीरमा विभिन्न परिवर्तन देखा पर्न थाल्छन् । महिनावारी, गर्भावस्था र रजोनिवृत्तिका क्रममा प्रायःजसो महिलाहरूले एक्नेको समस्या भोग्नुपर्छ । कतिपय अवस्थामा भने एक्ने वंशानुगत पनि हुन्छ । परिवारमा कसैलाई एक्नेले सताएको छ भने आउँदो पिँढीलाई एक्ने हुने सम्भावना बढी हुन्छ । टिनएजर्समा देखिने डन्डिफोरका कारण भने धेरै हदसम्म गलत खानपानको कारण हुन्छ । त्यसैगरी बढी औषधि सेवनका कारण पनि एक्ने हुन सक्छ । लामो समयसम्म औषधिको सेवन गर्नु एक्नेको कारण हुनसक्छ ।

    दिनभरि हेभी मेकअप गरेपछि राति सुत्नेबेला मेकअप नहटाई सुत्दा पनि अनुहारमा एक्ने आउन सक्छ । प्रदूषणले पनि अनुहारको छालामा असर गर्छ । बाहिर निस्कँदा अनुहार कभर नगरी निस्कने बानीले एक्नेको समस्या निम्त्याउन सक्छ । त्यस्तै, खराब जीवनशैलीका कारण पनि अनुहारमा एक्ने आउन सक्छ । कफी, चियाको बढी सेवन, धूम्रपान, मद्यपानको सेवनले डन्डिफोर आउँछ । त्यसका अतिरिक्त चिल्लो छाला हुनेहरूलाई एक्नेले बढी सताउँछ ।

    एक्नेबाट बच्न

    एक्नेबाट बच्न डेरीको उत्पादन र गुलियो चिनी भएको खानेकुरा खानुहुँदैन । दही भने कहिलेकाहीँ खान सकिन्छ । एक्ने भएकाहरूले सरसफाइ र स्वच्छतामा विशेष ध्यान दिनुपर्छ । अनुहार र स्काल्प सफा राख्नुपर्छ । त्योसँगै सिरानीको खोल, तन्ना, मेकअप गर्ने सामग्री सबै सफा हुनुपर्छ ।

    एक्ने आएपछि धेरैले आफैं उपचार गर्न थाल्छन् । सुनेको र अरूले भनेका आधारमा अनुहारमा धेरैऔषधि लगाउँछन् जसले गर्दा समस्याअझ बढ्दै जान्छ । अनुहार धेरैपटक धुने, धेरै किसिमको सौन्दर्य प्रसाधनको प्रयोगले फाइदा भन्दा नोक्सान बढी गर्छ ।

    धेरैलाई चिल्लो छालामा मोस्चराइजरको आवश्यकता पर्दैन जस्तो लाग्छ । तर छाला मोस्चराइज गर्नु जरुरी हुन्छ । स्वस्थ छालालाई हाइडे«ट र मोस्चरको आवश्यकता पर्छ । जसले गर्दा छाला छिटै रिकभर हुन्छ र एक्नेबाट छुटकारा मिल्छ । चिल्लो छाला हुनेहरूले जेल वा वाटर वेस्ड मोस्चराइजरको प्रयोग गर्नुपर्छ । सनस्क्रिनविना लामो समयसम्म घाममा बस्नाले एक्ने बढ्छ । त्यसैले एसपीएफ भएको सनस्क्रिनको प्रयोग गर्नुपर्छ । स्वस्थ ताजा फलफूल एवं खानेकुरा खानुपर्छ । ओमेगा–३ फ्याटी एसिड भएका खाना खानुपर्छ । एक्नेको समस्याबाट लामो समयसम्म छुटकारा मिलेन भने चिकित्सकसँग परामर्श लिनुपर्छ ।

     

    –दिनमा दुई पटक पानीले अनुहार पखाल्ने ।

    –अनुहारमा माइल्ड र अल्कोहल फ्रि प्रोडक्ट प्रयोग गर्ने ।

    –छालालाई स्क्रब धेरै नगर्ने ।

    –अनुहार छोइरहने बानी हटाउने ।

    –चिल्लो केश हुनेहरूले नियमित केशको सरसफाइ गर्ने ।

    –एक्नेमा औषधिको प्रयोग गर्नेले घाममा ननिस्कने । कुनै–कुनै औषधि घामको परावैजनी प्रकाश पर्दा छाला बिग्रन्छ ।

    –डन्डिफोर वा दानाहरूलाई निचोर्ने, कोट्याउने नगर्ने ।

    –प्रशस्त मात्रामा पानी पिउने । ताजा फलफूल र रेसादार सागसब्जीको सेवन बढी गर्ने ।

    –जंकफुड, तारेको, भुटेको, डढेको, मसलेदार खानाको सेवन नगर्ने ।

    –मद्यपान, धूम्रपानको सेवन नगर्ने ।

    बुधबार, बैशाख ०५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २३ गते (६

    • २.
      आज २०८३ साल जेठ २४ गते (७

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८

    • ४.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer