काठमाडौं । बालीनाली लगाएपछि किसानहरूले विभिन्न खालका क्षती व्यहोरिरहेका घट्ना थुप्रै सुन्दै आएका छौं । कहिले रोग, किराको त कहिले प्राकृतिक विपद्को । रोग किराका कारण वर्षेैनी लाखौँ÷करोडौँको नोक्सानी त व्यहोर्दै आएका छन ।
रोग किराले बाली सखाप पारेर मात्र हैन हावाहुरी, असिना पानीले बालीलाई नष्ट गरेर वर्षेनी किसान हैरान हुने गरेका छन् । तर सरकार मुख दर्शक बनिरहेको हुन्छ । जताबाट पनि किसानले नै दुःख पाइरहेका हुन्छन् । हिजो आज पनि हावाहुरीसँगै परेको असिनापानीले धेरै किसानहरूको बालीनालीमा क्षति पुर्याएको छ ।
जसले गर्दा किसान मारमा परेका छन् । तरकारी फलफूल बेचेर जीविकोपार्जन गर्ने किसान अझ धेरै मारमा परिरहेका हुन्छन् । बिहीबार र शुक्रबार परेको असिना पानीले किसानहरूले लगाएका मकै बाली, फुल, सबै तरकारी बाली, गहुवालि, फुल खेल्दै गरेका फलफूलका बोटहरूमा समेत ठूलो क्षति पुर्याएको छ ।
निकै मेहनत गरेर लगाएको अन्नबाली नष्ट हुँदा किसानहरू चिन्तित बनेका छन् । असिनाबाट धेरै बालीनालीको क्षति पुगेसँगै आफूले लगाएको बालीनालीलाई कसरी सुरक्षित गर्न सकिन्छ भनेर किसान चिन्तित बनिरहेका छन् ।
हरेक समस्यासँगै समस्याका उपाय पनि हुन्छन् भने जस्तै किसानहरूले असिनबाट बाली जोगाउन असिना रोक्ने जालीको प्रयोग गर्न सक्ने छन् । तरकारी बालीमा ग्रीन हाउस लगाउन सम्भव भए पनि फलफूलमा लगाउन सम्भव हुँदैन ।
ग्रीन हाउस निर्माण गर्न मंहगो पर्ने हुनाले सबै किसानले बनाउन पनि सक्दैनन् । त्यसैले आफ्नो बालीलाई असिनाबाट जोगाउन सबैभन्दा राम्रो उपाय भनेको असिना रोक्ने जाली रहेको सलम एग्रीकल्चरका संस्थापक तथा कृषि मेशिनरी संघ–नामियाका कोषाध्यक्ष श्रीकृष्ण अधिकारीले बताए । उनीसँग असिना रोक्ने जालीको बारेमा कुराकानी गरेका छौँ ।
असिनाबाट बाली जोगाउन के गर्नुपर्छ ?
असिना रोक्ने जाली भनेको असिनाको प्रेसरलाई थेग्ने सक्ने, प्वाल नपार्ने जाली हो । यो जाली लामो समयसम्म टिक्ने, असिनाले प्वाल नपार्ने खालको हुन्छ । यो जालीबाट असिनाले फलफूल झार्ने, हाँगा भाँच्ने, मुना भाँच्नेबाट जोगाउन सकिन्छ । ८० जीएसएमको बजारमा पाइन्छ । यो ८० जीएसएमको असिना रोक्ने जाली प्रयोग गरियो भने असिनाबाट हुने क्षति रोक्न सकिन्छ ।
हावाहुरी धेरै आए पनि यस जालीलाई च्यात्न सक्दैन । तर यो जाली प्रयोग गर्न बनाइने संरचनामा भर पर्छ । संरचना कच्चा खालको बनाइयो भने जाली सहित नै हावाहुरीले उडाउन सक्छ । त्यसैले हावाहुरीले पनि नउडाउने बलियो संरचना बनाइयो भने यो जाली असिनाबाट हुने क्षति कम गर्न एकदमै राम्रो हुन्छ ।
बजारमा कम जिएसएम खाल्काअसिना रोक्ने जाली धेरै पाइन्छ तर सुन्दा सस्तोभएपनि राम्रो हुँदैन । हावाहुरीले च्यात्ने, असिनाले जाली प्वाल पार्ने सम्भावना हुन्छ । राम्रो जाली, गुणस्तरीय जालीको प्रयोग गर्नु पर्छ ।
कसरी प्रयोग गर्ने ?
यो जाली किसानहरूले आफैले तुरुन्तै प्रयोग गर्न सक्ने छन् । अलिकति भिरालो बनाएर, भिसेभ बनाएर जाली लगाउनु पर्ने हुन्छ । यो जालीमा लागेर असिना बाहिर जान्छन् । संरचना बनाउँदा किसानहरूले धेरै ध्यान दिनु पर्ने हुन्छ ।
कतिको महँगो पर्छ ?
जिएसएम हेरेर मूल्य निर्धारण हुन्छ । ८० जिएसएमको जाली पनि बजारमा पाइन्छ र सस्तो पनि पर्छ । तर गुणस्तरीय भने हुँदैन । ४५ प्रतिशत भन्सार तिर्नु पर्ने भएका कारण ८० जीएसएमको जाली मंहगो पर्न जान्छ । ८० जीएसएमको ७० देखि ७५ रुपैयाँ प्रति स्क्वायर मिटरको पर्न जान्छ । सलम एग्रीकल्चर कम्पनीले धेरै किन्न आउने किसानलाई डिस्काउन्ट गरेर पनि बिक्री गरिरहेको हुन्छ ।
सकेसम्म ८० जिएसएमको जाली लिँदा राम्रो हुन्छ । भन्सार छुट गरेको खण्डमा किसानले धेरै सस्तोमा यो जाली किन्न पाउने छन् । पछिल्लो समय धेरै किसानहरूले यस जालीको प्रयोग गरिरहेका छन् ।
सरकारले पनि यस्ता जालीहरूलाई अनुदान दिइरहेको छ । तर ५० प्रतिशतको अनुदानको नाटक गर्नु भन्दा पनि भन्सारमा नै छुट दिए सबै किसानले यसको सजिलै प्रयोग गर्न सक्ने कोषाध्यक्ष अधिकारीले बताए । भन्सारको भार किसानले व्यहोर्नु परेको छ । सरकारले अनुदान नदिई भन्सार छुट गरे किसानले सस्तोमा जाली किन्न पाउने उनले बताए ।(कृषि प्रेस)
असिना/पानीबाट बालीलाई कसरी जोगाउने ? थाहा पाईराखौं
असिना/पानीबाट बालीलाई कसरी जोगाउने ? थाहा पाईराखौं
Advertisement
तपाईको प्रतिक्रिया




