• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, जेठ २९, २०८३
☰
शुक्रबार, जेठ २९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

  • ५. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

म्याग्दी र मुस्ताङमा थपिँदै सुविधायुक्त होटल


  •   बिहिबार, बैशाख ०६, २०८१ मा प्रकाशित
  • बेनी । हिमाल आरोहण, पदयात्रा, तातोपानी कुण्ड स्नान, ग्रामीण संस्कृति, रहनसहन, धार्मिक, ऐतिहासिक, प्राकृतिक स्थल र पहाडी भूगोलको दृश्य अवलोकनका लागि म्याग्दी र मुस्ताङमा पर्यटक आउँछन्।

    Advertisement

    भारत र चीनलाई जोड्ने छोटो दूरीको कालीगण्डकी कोरिडोर सडक स्तरोन्नतिले तीव्रता पाएको र तिब्बतको सिमानामा रहेको कोरला नाका नियमित सञ्चालन गर्ने तयारीसँगै म्याग्दी हुँदै मुस्ताङ जोड्ने बेनी–जोमसोम–कोरला सडकमा पर्यटकका साथै व्यापारिक चहलपहल हुन थालेको छ।

    संघसंस्था, सहकारी, धार्मिक समूह, विद्यालय, कलेजबाट समूह बनाएर म्याग्दी र मुस्ताङ घुम्न आउनेको संख्या बढ्दो छ। प्रदेश र स्थानीय सरकार बनेपछि तालिम, गोष्ठी र सेमिनार गर्ने राम्रो सेमिनार हल, वातानुकूलित (एसी) कोठा भएको होटलको माग हुन थाल्यो। चिसो हावापानी भएकाले तातोपानीले स्नान गर्ने सुविधा भएको होटलको खोजी हुन थाल्यो।

    पाहुनाको चाहनाअनुसार व्यवसायीले बेनी–जोमसोम–कोरला सडक आसपासमा करोडौं लगानीमा सुविधासम्पन्न होटल तयार गरेका छन्। म्याग्दीको बेनी, गलेश्वर, सिंगा तातोपानी, भुरुङ–तातोपानी, मुस्ताङको लेते, मार्फा, जोमसोम, मुक्तिनाथ, चराङ, लोमान्थाङमा पर्यटक लक्षित स्तरीय होटल खोलिएका हुन्।

    होटलहरूले म्याग्दी र कालीगण्डकीमा पाइने असला माछा, स्थानीय जातको कुखुराको मासु, फापरको रोटी र ढिँडो, याकको सुकुटीजस्ता परिकार पनि उपलब्ध गराउँछन्। रैथाने सिमीको दाल, जंगली च्याउ, टुसाको तरकारी, गौरिया गुडुरा चामलको भात यहाँका होटलको विशेष परिकार हुन्। मुस्ताङ जाने आउने पाहुनालाई लक्षित गरेर बेनी–जोमसोम सडकका होटलमा लगानी, सुविधा र क्षमता बढेको होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ म्याग्दीका अध्यक्ष बाबुराम आचार्यले बताए। उनका अनुसार २ सय ५० होटल तथा रेस्टुरेन्ट व्यवसायी संघमा आबद्ध छन्।

    गलेश्वरको याक, बेनीको श्रेष्ठ हट स्पिरिङ, ज्ञान गौरी प्यालेस, यती, डल्फिन, लामा, डाँफे, तातोपानीको नेचुरल स्पिरिङ म्याग्दीका सुविधायुक्त होटल हुन्। सञ्चालकका अनुसार एउटा होटल स्थापना गर्न १० करोडदेखि ३५ करोड रुपैयाँ लगानी भएका होटलमा दैनिक ५० देखि १ सय ५० जनासम्म बास बस्न सक्छन्। मुस्ताङको जोमसोममा १ अर्ब १० करोड रुपैयाँ लगानीमा सञ्चालनमा रहेको शिन्तामणि मुस्ताङ रिसोर्टलाई नेसनल जोग्राफिकले हालै विश्वका उत्कृष्ट र मन परेका होटलको सूचीमा राखेको छ। गैरआवासीय नेपाली सोनाम लामाले मुक्तिनाथमा ५५ करोड रुपैयाँ लगानीमा लो मुस्ताङ रिसोर्ट सञ्चालन गरेका छन्।

    बेनी–जोमसोम सडकको मार्ग खुलेसँगै साठीको दशकमा मुस्ताङ र मुक्तिनाथ जाने आउने पर्यटक तथा तीर्थयात्रीले बेनीमा बास नपाउने समस्या थियो। केही वर्षपहिले असोज, कात्तिक, चैत र वैशाखमा आउने पाहुनाले बास नपाउने समस्या थियो। हाल मुस्ताङ खण्डको सडक कालोपत्र अन्तिम चरणमा पुगेको छ। बेनीदेखि घाँसासम्मको सडक कालोपत्रको तयारीमा छ। होटलले क्षमता बढाएपछि र नयाँ होटल खुलेपछि कोठा नपाएर दुःखले रात कटाउनुपर्ने समस्या हटेको थासाङ–२ ताङछराको होलिडे क्याम्प होटलका सञ्चालक राजु गौचनले बताए।

    बेनी र आसपासका क्षेत्रमा होटल व्यवसायमा मात्र पछिल्लो दुई वर्षयता एक अर्ब रुपैयाँभन्दा बढी लगानी थपिएको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले बताए। पर्यटन तथा उद्योग कार्यालय म्याग्दीका अनुसार जिल्लाभर पाँच सयभन्दा बढी होटल तथा रेस्टुरेन्टमा २ अर्ब रुपैयाँभन्दा बढीको लगानी छ। एउटा ठूलो होटलमा १० देखि ५० जनासम्मले रोजगारी पाएका छन्।(अन्नपुर्ण)

     

    बिहिबार, बैशाख ०६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २३ गते (६

    • २.
      आज २०८३ साल जेठ २४ गते (७

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८

    • ४.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer