• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, जेठ २७, २०८३
☰
बुधबार, जेठ २७, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

  • ५. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

पन्चैबाजा र पुरोहित खोज्न सास्ती


  •   बिहिबार, बैशाख ०६, २०८१ मा प्रकाशित
  • पोखरा । बिहे र व्रतबन्ध परेपछि पन्चैबाजा रन्काएर पसिना छुट्ने गरी नाच्ने रङ्गिलो गण्डकी संस्कृति छ । अर्काकै बिहेका बाजा रन्किँदा पनि नचरी लगाइहाल्ने स्वभावका पोखरेलीलाई वैशाख ६ र ७ गतेका शुभसाइत भने रसरौसविहीन वा महँगो पर्न गएका छन् । बिहे त जुर्‍यो तर बाजा र कर्म गराउने पुरोहित खोज्न सास्ती छ पोखरामा । वैशाख ६ र ७ गतेका दिन सीमित लगनमा धेरैको बिहे भएकाले बाजा, पुरोहित, भोज, पार्टी प्यालेस, कपडा आदिको प्रबन्ध मिलाउन सास्ती भएको हो ।

    Advertisement

    यस वर्ष वैशाख १६ देखि असारको २१ गतेसम्म शुक्र अन्ध भएकाले पनि शुभकार्य अगाडि ल्याइएका हुन् । ज्योतिषशास्त्रका अनुसार नवरात्रिको दसमी तिथि अश्लेषा नक्षत्र र योगमा अमृत हुने भएकाले पनि वैशाख ६ गतेलाई शुभकार्यको उत्तम साइत मानिएको छ । ज्योतिष पण्डित गोविन्द गौतमले कृष्ण पक्षभन्दा शुक्ल पक्षमा माङ्गलिक कार्यलाई उत्तम मानिँदै आएको बताउनुभयो ।

    पोखरा चिसाखोला वेद विद्याश्रमका प्रमुख संरक्षक मोक्षनाथ तिमिल्सिनाका अनुसार पोखरामा गुरुकुल शिक्षा र वेद विद्याश्रम पढाउने आठ वटा शैक्षिक संस्था भइसकेका छन्, जसबाट वार्षिक दुई सयभन्दा बढी पुरोहित तयार हुन्छन् तर पनि पुरोहित पाउन कठिनै छ । उहाँले पोखरामा एक हजारभन्दा बढी संस्कृत शिक्षा लिएका पुरोहित भए पनि अहिले अभाव खड्किएको बताउनुभयो । पोखराबाट छिमेकी जिल्लामा पनि पुरोहित जाने हुँदा यहाँ अभाव भएको उहाँले बताउनुभयो । गुरुकुल शिक्षाको महत्व रहे पनि यसको संरक्षण र प्रवर्धनमा राज्यको आवश्यक लगानी हुन नसक्दा संस्कृत शिक्षा मात्र नभई, नैतिक शिक्षामा सङ्कट आएको तिमिल्सिनाको भनाइ छ ।

    पोखरामा यो वैशाख ६ गतेका लागि मात्र विवाह, व्रतबन्धका कार्य छ सयभन्दा बढी भएको अनुमान गरिएको छ । यसकारण पुरोहित मात्र नभई पन्चैबाजा, पार्टी प्यालेस, फोटोग्राफर, टेन्टहाउस, सजावटका सामानमा फूलमालाको समेत बजारमा अभाव देखिएको छ । वैवाहिकलगायत अन्य कार्यक्रम घरमा गर्न साँघुरो हुने हुँदा पार्टी प्यालेस र होटलमा जानुपर्ने बाध्यता छ ।

    पोखरामा झन्डै सय हाराहारीमा रहेका पार्टी प्यालेसलगायत अन्य ठाउँमा गरी चार सयभन्दा बढी विवाहका मात्र कार्यक्रम छन् । कुनै पनि पार्टी प्यालेस खाली छैनन् । त्यसै गरी पर्यटकीय स्तरका होटलदेखि समाज घरसमेत विवाहका कार्यक्रमले भरिएका छन् । नागरिक जसोतसो लगन छोप्न मात्र पाए हुन्छ भन्ने सोचमा रहेको पोखरा सिटी पार्टी प्यालेसका सञ्चालक एवं नेपाल राष्ट्रिय क्याटरिङ तथा पार्टी प्यालेस व्यवसायी महासङ्घका सल्लाहकार केपी शर्माले बताउनुभयो ।

    वैशाख ६ गतेका लागि एउटै पार्टी प्यालेसमा तीन/चार वटासम्म विवाहका कार्यक्रम राख्नुपर्ने बाध्यता छ । जनशक्ति अभावले स्तरीय सेवा दिन निकै कठिन भएको उहाँको भनाइ छ । उहाँले ४५ प्रतिशत दक्ष जनशक्ति र ५५ प्रतिशत अदक्ष जनशक्ति लिएर काम गर्नु परेको गुनासो गर्नुभयो ।

    त्यसै गरी साजसजावटका लागि फूलमाला, सिँगारपटारमा बढी खर्च हुने गरेको फूल व्यवसायी राजेन्द्र रानाभाटले बताउँदै ती सबै भारतबाट आयात हुने गरेको र जनशक्ति पनि उतैको हुँदा ठुलो रकम भारततर्फ जाने गरेको बताउनुभयो । अस्टे«लियाबाट विवाहका लागि आउनुभएका बेहुला अमित रिजालले बिहीबार लगन भएन भने विवाह गर्न नमिल्ने भन्दै सोही तिथि रोजेको सुनाउनुभयो ।

    उहाँले पुरेत मात्र नभई, बाजा नपाएर बाजा बजाएर बिहे गर्ने आफ्नो धोको अधुरो रहेको गुनासो पोख्नुभयो । अर्का बेहुला मार्सल शर्माले ३० हजार रुपियाँमा पाउने बाजालाई ९० हजारसम्म तिर्नु परेको बताउनुभयो ।

    पुरेतलगायत अन्य कुराको अभाव एक ठाउँमा छँदै छ, अर्कोतर्फ उपलब्ध भएका सामानको मूल्य र गुणस्तर हेर्दा सर्वसाधारणको ढाडै सेकिने चितवनबाट वैवाहिक कार्यक्रममा सरिक हुन आउनुभएकी सिर्जना ढुङ्गानाले बताउनुभयो । सानोतिनो कमाइले विवाहजस्ता कार्यक्रम गर्न मुस्किल हुने उहाँको गुनासो छ ।

    बिहिबार, बैशाख ०६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २३ गते (६

    • २.
      आज २०८३ साल जेठ २४ गते (७

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८

    • ४.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer