• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, जेठ २८, २०८३
☰
बिहिबार, जेठ २८, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

  • ५. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

इरान माथी हमला गर्दै इजरायल


  •   शुक्रबार, बैशाख ०७, २०८१ मा प्रकाशित
  • काठमाडौँ । इरानको सरकारी सञ्चारमाध्यमले शुक्रबार मध्य प्रान्त इस्फहानमा विस्फोट भएको बताएको छ । अमेरिकी सञ्चारमाध्यमले भने अधिकारीहरूलाई उद्धृत गर्दै इजरायलले आफ्नो कट्टर प्रतिद्वन्द्वीमाथि जवाफी आक्रमण गरेको बताएको छ ।

    Advertisement

    सरकारी सञ्चारमाध्यमका अनुसार धेरै इरानी सहरमा हवाई रक्षा प्रणालीलाई सक्रिय तुल्याइएको छ । मुलुकको आधिकारिक प्रसारकले इस्फहान सहर नजिक विस्फोटको आवाज सुनिएको बताएको छ ।

    सप्ताहन्तमा इरानले इजरायलमाथि सयौँ मिसाइल र ड्रोन प्रहार गरेपछि इजरायलले जवाफी आक्रमण गर्ने चेतावनी दिएको थियो । इरानको अधिकांश ड्रोन तथा मिसाइल आक्रमणलाई रोकिएको थियो ।

    इरानको फार्स समाचार समितिले कहजावरेस्तान, इस्फहान विमानस्थल र शेखरी सेनाको विमानस्थल नजिक ‘तीन वटा विस्फोट’ सुनिएको बताएको छ । इरानको अन्तरिक्ष एजेन्सीका प्रवक्ता होसेन डेलिरियनले भने ‘धेरै’ ड्रोनलाई ‘सफलतापूर्वक खसालिएको’ बताउनुभयो । “मिसाइल आक्रमणको कुनै रिपोर्ट गरिएको छैन”, उनले सामाजिक सञ्जाल एक्समा भने ।

    आधिकारिक आइआरएनए समाचार समितिले भनेको छ, “कुनै पनि हवाई खतराको प्रभावले कुनै ठूलो क्षति वा ठूलो विस्फोट नभएको रिपोर्टहरूले सङ्केत गरेका छन् ।” इरानको तस्निम समाचार समितिले इस्फहानमा आणविक केन्द्रहरू ‘पूर्णरूपमा सुरक्षित रहेको’ रिपोर्ट गरिएको बताएको छ ।

    एबिसी र सिबिएस न्युजले अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै इजरायलले आक्रमण गरेको बताएका छन् । ह्वाइट हाउस वा पेन्टागनका तर्फबाट तत्काल कुनै टिप्पणी आएको छैन । सिएनएनले एक अधिकारीलाई उद्धृत गर्दै इजरेली आक्रमणको लक्ष्य आणविक नभएको बताएको छ । इजरायली सेनाले एएफपीलाई भनेको छ, “हामीसँग अहिले कुनै टिप्पणी छैन ।”

    सप्ताहन्तमा इरानले क्षेत्रीय शत्रु इजरायलमाथि आफ्नो पहिलो प्रत्यक्ष आक्रमण गरेको थियो । इजरायलले आफ्ना सहयोगीहरूको सहयोगमा इरानले प्रहार गरेका तीन सय मिसाइल र ड्रोनमध्ये अधिकांशलाई रोकेको र कसैको मृत्यु नभएको बताएको छ ।

    इरानले सिरियाली राजधानी दमास्कसमा आफ्नो वाणिज्य दूतावासमा अप्रिल १ मा भएको आक्रमणको प्रतिशोधमा इजरायलमाथि आक्रमण गरेको हो । वाणिज्य दूतावासमा भएको आक्रमणका लागि इरानले इजरेललाई दोषी मानेको थियो । उक्त आक्रमणमा इरानको रिभोल्युसनरी गार्डका दुई जनरलसहित सात जना मारिएका थिए ।

    सन् २०११ मा सिरियामा गृहयुद्ध सुरु भएपछि इरान समर्थित समूहहरूले राष्ट्रपति बशर अल–असदको सेनालाई बलियो बनाएका छन् । इरान प्यालेस्टिनी लडाकू समूह हमास र लेबनानको हिजबुल्लाहको पनि मुख्य समर्थक हो ।

    इजरायलमाथि इरानको आक्रमणपछि गाजा युद्धबाट ठूलो क्षेत्रीय प्रभावको आशङ्का बढेको छ । अक्टोबर ७ मा आक्रमण गरेर युद्ध सुरु गर्ने हमासलाई निमिट्यान्न पार्ने वाचा गरेका इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले इजरायलले इरानविरुद्ध ‘आफ्नो सुरक्षा गर्ने अधिकार सुरक्षित राखेको’ बताएका छन् ।

    इजरायलको प्रमुख सहयोगी तथा सैन्य आपूर्तिकर्ता अमेरिकाले इरानमाथि प्रतिशोधात्मक आक्रमणमा सहभागी नहुने स्पष्ट गरेको छ । यद्यपि उसले इरानी आक्रमणमा परिचालन गरिएका ड्रोनको उत्पादनमा संलग्न मानिस र संस्थाहरूविरुद्ध प्रतिबन्ध लगाउने घोषणा गरेको छ ।

    युरोपेली सङ्घ (इयु) ले इरानको ड्रोन कार्यक्रमलाई प्रतिबन्ध लगाउने बताएपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले प्रतिबन्धको घोषणा गर्दै भने, “हामी इरानलाई जवाफदेही बनाउँदैछौँ ।”

    इरानका विदेशमन्त्री होसेन अमिर–अब्दुल्लाहियानले चेतानवी दिँदै इरानमाथि कुनै पनि आक्रमणका लागि इजरायलले ‘पश्चात्ताप’ गर्ने बताउनुभयो । इरानमा यी विस्फोट सर्वोच्च नेता आयातुल्लाह अली खमेनीको ८५औँ जन्मदिनका अवसरमा भएको छ ।

    शुक्रबार इरानका धेरै क्षेत्रमा उडानहरू निलम्बित गरिएको छ । युएईस्थित फ्लाईदुबई एयरलाइनले इरानका लागि उडानहरू रद्द गरेको छ ।

    आइआरएनएले भनेको छ, “इरानको हवाई रक्षालाई मुलुकका धेरै प्रान्तको आकाशमा सक्रिय बनाइएको छ ।” मेहर समाचार समितिले भनेको छ, “तेहरान, इस्फहान र शिराजका लागि उडानहरू र पश्चिम, उत्तरपश्चिम तथा दक्षिणपश्चिममा विमानस्थलहरू निलम्बन गरिएको छ ।”

    फ्लाइट–ट्र्याकिङ सफ्टवेयरले व्यावसायिक उडानहरूलाई इस्फहानसहित पश्चिमी इरानबाट जोगिँदै उत्तर तथा पूर्वतिर तेहरान पार गर्दै गरेको देखाएको छ ।

    एक स्थानीय कार्यकर्ता समूहका अनुसार दक्षिणी सिरियामा पनि विस्फोटको सूचना प्राप्त भएको छ । दक्षिणको स्वेडा प्रान्तबाट समाचार कभर गर्ने सरकारविरोधी वेबसाइट सुवेदा२४ का रेयान मारौफले भने, “सिरियाली सेनाको राडार स्थानमा आक्रमणहरू भएका थिए ।”

    बिहीबार संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसले मध्यपूर्वको अवस्थाको कालो चित्र प्रस्तुत गर्दै गाजामा युद्ध र इजरेलमाथि इरानको आत्रमणले बढ्दो तनाव ‘पूर्णस्तरको क्षेत्रीय द्वन्द्व’ मा परिवर्तन हुनसक्ने चेतावनी दिएका थिए ।

    “मध्यपूर्व सङ्कटमा छ, हालका दिनमा शब्द र कार्यहरूमा खतरनाक वृद्धि देखिएको छ”, उनले सुरक्षा परिषद्लाई भने । सबै पक्षलाई ‘अतिकतम संयमता’ अपनाउन आह्वान गर्दै उनले भने, “एउटा गलत आकलन, एउटा गलत सञ्चार, एउटा गल्ती, अकल्पनीय––– एउटा पूर्णस्तरमा क्षेत्रीय द्वन्द्वलाई जन्म दिन सक्छ र यो यसमा संलग्न सबै मानिसका लागि विनाशकारी हुनेछ ।”

    इरानमा भएको विस्फोटपछि शुक्रबार सुरुआती एसियाली व्यापारमा तेलको मूल्य तीन प्रतिशतभन्दा धेरैले बढेको छ ।

    आक्रमणबारे अमेरिकालाई अग्रिम चेतावनी दिइएको थियो– अमेरिकी सञ्चारमाध्यम

    यसैबीच वासिङ्टनबाट प्राप्त समाचारअनुसार अमेरिकालाई इरानमाथि इजरायलको कथित आक्रमणबारे अग्रिम सूचना प्राप्त भएको अधिकारीहरूलाई उद्धृत गर्दै अमेरिकी सञ्चारमाध्यमले बताएका छन् । यद्यपि अमेरिकाले उक्त अपरेसनको समर्थन नगरेको वा कार्यान्वयमा कुनै भूमिका निर्वाह नगरेको एनबिसी र सिएनएनले बताएका छन् ।

    एनबिसी र सिएनएनले मामिलासँग परिचित स्रोतहरू र एक अमेरिकी अधिकारीलाई उद्धृत गर्दै इजरायलले वासिङ्टनलाई आक्रमणको पूर्वसूचना प्रदान गरेको बताएका छन् ।

    इरानभित्र आक्रमण भएको विभिन्न नेटवर्कले अधिकारीहरूलाई उद्धृत गर्दै पुष्टि गरेका छन् । सिएनएनले एक अधिकारीलाई उद्धृत गर्दै आक्रमणको लक्ष्य कुनै आणविक केन्द्रमा नभएको बताएको छ ।

    इजरायलले बिहीबार अमेरिकासँग आगामी दिनहरूमा इरानविरुद्ध जवाफी कारवाही गर्ने बताएको एक वरिष्ठ अमेरिकी अधिकारीले सिएनएनलाई बताउनुभएको छ । सिएनएनका अनुसार अधिकारीले भने, “हामीले प्रतिक्रियाको समर्थन गरेनौँ ।”

     

    शुक्रबार, बैशाख ०७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २३ गते (६

    • २.
      आज २०८३ साल जेठ २४ गते (७

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८

    • ४.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer