एजेन्सी । मध्य अफ्रिकी गणतन्त्रको राजधानी बान्गुईमा एउटा डुंगा नदीमा पल्टिँदा कम्तीमा ५८ जनाको मृत्यु भएको नागरिक सुरक्षा प्रमुखले शनिबार बताएका छन् ।
Advertisement
डुंगा डुब्दै गरेको दृष्यको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । अन्त्येष्टिका लागि गएका उनीहरूसँगै अन्य व्यक्ति पनि रहेको अनुमान गरिएको छ ।
भिडियोअनुसार डुंगामा ३०० भन्दा बढी मानिस सवार थिए । डुंगा शुक्रबार मपोको नदीमा पल्टिएको थियो ।
‘हामीले पानीमा डुबेका ५८ मृत शरीरलाई पानीबाट निकालेका छौँ,’ थोमस जिमासेले रेडियो गुइरासँग भने, ‘कति मानिस पानीमा डुबेका छन् भन्ने सही जानकारी अझै हामीलाई प्राप्त भइसकेको छैन ।’




