• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, जेठ २७, २०८३
☰
बुधबार, जेठ २७, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

  • ५. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

यि हुन् गण्डकी प्रदेशका मुख्य धार्मिक तथा पर्यटकीय स्थलहरु


  •   आइतबार, बैशाख ०९, २०८१ मा प्रकाशित
  • सुन्दर प्राकृतिक, सांस्कृतिक, पर्यटकीय गन्तब्यको रुपमा विश्वमाझ चिनिएको नेपालमा पछिल्लो समय आन्तरिक पर्यटकहरु पनि बढ्दै गएको छन् । प्राकृतिक सुन्दरता र फरक सांस्कृतिक पहिचानले नेपालको पर्यटनलाई थप आकर्षक बनाएको छ । नेपालमा पर्यटकिय आकर्षकका गन्तब्यहरु देशभरी रहेका छन् । यस्तै प्राकृतिक, सांस्कृतिक, पर्यटकीय तथा साहसिक पर्यटनका हिसाबले महत्त्वपूर्ण गण्डकी प्रदेश हो ।

    Advertisement

    गण्डकी प्रदेशभित्रका ११ जिल्लाका आ-आफ्नै विशेषता र फरक-फरक पहिचान बोकेका छन् । मौलिक कला, संस्कृतिले भरिपूर्ण प्रदेशका ऐतिहासिक सम्पदाहरू यहाँका अमूल्य गहना हुन् । नेपालमा घुमफिरको संस्कृतिले व्यापकता पाउँदै गएको छ । यसरी घुम्नेहरूको समूहको ठुलो सङ्ख्या गण्डकी प्रदेशका विभिन्न पर्यटकीय तथा धार्मिक स्थलको अवलोकनका लागि पुग्ने गरेका छन् । गण्डकी प्रदेशको राजधानीसमेत रहेको पोखरा गत महिना मात्र नेपालको पर्यटकीय राजधानी घोषणा गरियो । गण्डकी प्रदेशलाई मुलुककै पर्यटकीय केन्द्र मानी पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने सम्बन्धमा अन्तर्राष्ट्रिय अभ्यास तथा प्रयोग, स्थापित मान्यताहरूको सूक्ष्म विश्लेषण तथा मूल्याङ्कन गर्दा पोखरालाई पर्यटकीय राजधानी घोषणा गरी विकास गर्न यथेष्ट आधार देखिएको भन्दै प्रदेश नीति तथा योजना आयोगका निवर्तमान उपाध्यक्ष डा. कृष्णचन्द्र देवकोटाको अध्यक्षतामा गठन भएको ११ सदस्यीय समितिले प्रतिवेदन पेस गरेको थियो ।

    समितिले सम्पूर्ण अध्ययन पूरा गरेर पर्यटकीय राजधानी घोषणा गरिएको र आगामी दिनमा पर्यटकीय राजधानीको विकासलाई सफल बनाउन पर्यटकीय गन्तव्यको प्रचारप्रचार र पर्यटकीय पूर्वाधारहरूको निर्माण गर्नुपर्ने देवकोटाले बताउनुभयो । नीति योजना आयोगले दोस्रो पञ्चवर्षीय योजनामा पनि पर्यटन पूर्वाधार विकास, सेवा सुविधाको विस्तार, पाँचतारे होटलहरूको स्थापना गर्न सकेमा भविष्यमा अझ बढी पर्यटक भित्र्याउने सकिने योजना समावेश गरिएको उहाँले बताउनुभयो । पोखरा पर्यटकीय राजधानी घोषणापश्चात् यस क्षेत्रका पर्यटन व्यवसायीहरू उत्साहित भएका र पर्यटकको आवागमन उल्लेख्य मात्रामा बढिरहेको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताउनुभयो । पर्यटकीय राजधानीले गण्डकी प्रदेशको मात्र नभई समग्र देशकै अर्थतन्त्रमा टेवा पु¥याउने उहाँको तर्क छ । पर्यटकीय राजधानी जोड्ने प्रमुख सडकमार्गहरू पृथ्वी राजमार्ग र सिद्वार्थ राजमार्गलगायतका राजमार्गको दुरवस्थाले पनि पर्यटकहरूले सास्ती बेहोर्नु परेको छ । त्यसैले प्रदेशमा पर्यटक भित्र्याउन सडक सञ्जालको राम्रो व्यवस्थापन गर्नु अत्यावश्यक छ । यता, अर्बौं रुपियाँ ऋण लिएर निर्माण गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हालसम्म अन्तर्राष्ट्रिय उडान हुन नसक्नुले पनि पर्यटन बजारमा असर परेको पर्यटन व्यवसायीहरू बताउँछन् । यद्यपि विभिन्न समस्याका बाबजुद पनि प्रदेशभित्र रहेका दर्जनौँ सुन्दर पर्यटकीय गन्तव्यहरूले पर्यटकलाई लोभ्याएका छन् ।

    पोखरा

    गण्डकी प्रदेशको राजधानीसमेत रहेको पोखरा स्वदेशी मात्र होइन विदेशी पर्यटकको पनि प्रमुख गन्तव्य बनेको छ । तालको सहर भनेर चिनिने पोखरामा फेवाताल, बेगनास ताल, रूपा ताल पर्यटकका लागि मुख्य आकर्षण हुन् । यस्तै ऐतिहासिक महìव बोकेका मन्दिरहरू विन्ध्यवासिनी, भद्रकाली, तालबराही, शोभा भगवती र पुम्दीकोटको शिव मन्दिर आस्थाका केन्द्रहरू हुन् । कास्कीको पुम्दीभुम्दीको डाँडामा अवस्थित विश्वशान्ति स्तूपा सबैजसो पर्यटक पुग्ने स्थानमध्ये एक मानिन्छ । फेवातालमा डुङ्गामा सवार हुँदै सराङकोटबाट साहसिक प्याराग्लाइडिङ र अल्ट्रालाइटमा चरा झैँ उडेर सुन्दर पोखराको दृश्यवलोकन गर्न पर्यटकहरू लालायित हुने गरेका छन् । माछापुच्छ्रे, अन्नपूर्ण र धौलागिरिसहितका हिमालको स्पर्श गर्दै पोखराबाट नजिकैका घान्द्रुक, धम्पुस र सिकलेससम्म पुगेर पर्यटकीय गाउँ घुम्न सकिन्छ । यसबाहेक महेन्द्र गुफा, डेभिड फल, चमेरे गुफा, गुप्तेश्वर गुफा, हरिहर गुफा, सेती नदी, इन्द्र गुफालगायतका गन्तव्य पनि पर्यटकका लागि घुम्नै पर्ने स्थानहरू हुन् ।

     

    सिरुबारी होमस्टे

    स्याङ्जाको उत्तरी भेग आँधीखोला गाउँपालिकामा पर्ने ग्रामीण पर्यटनको अवधारणामा आधारित भएर स्थापित दक्षिण एसियाकै पहिलो व्यवस्थित घरबास (होमस्टे) दरौँ सिरुबारी हो । सिरुबारी होमस्टेलाई २०४१ सालमा क्याप्टेन रुद्रमान गुरुङले स्थापना गरेका हुन् । समुद्री सतहबाट करिब १६ सय मिटरको उचाइमा रहेको गुरुङ गाउँ हो । यहाँ पुग्ने पर्यटकहरू विशेष गरी रमाउने यहाँको संस्कृति र आतिथ्यता सत्कारमा औधी रमाउँछन् । चिटिक्क परेका परम्परागत शैलीका घर, स्थानीय स्तरमा उत्पादित परिकारको स्वाद चाखिसकेपछि पर्यटकलाई सदैव घाटु, सोरठी, सालैजो, भजन चुड्काबाट मनोरञ्जन प्रदान गरिन्छ । होमस्टे पुगेपछि गुरुङ गुम्बा, गुरुङ सङ्ग्र्रहालय, सिरुबारीको सिरानबाट देखिने धौलागिरि, अन्नपूर्ण, माछापुच्छ्रेदेखि लमजुङ हिमालले पर्यटकलाई थप मोहित बनाउँछ । यो होमस्टे देशभरका अन्य होमस्टेको पाठशाला बन्दै देशैभर होमस्टेको लहर ल्याउन सफल रह्यो ।

    बन्दीपुर

    परम्परागत शैलीका घरहरू, मनमोहक स्थानमा हिमाल हेर्दै टिपिकल नेपाली शैलीको खानपानमा रमाउन तनहुँको बन्दीपुर धेरैको रोजाइमा पर्ने गरेको छ । तनहुँको बन्दीपुर गाउँपालिकामा रहेको बन्दीपुर पहाडकी रानीको नामले समेत चिनिन्छ । भक्तपुरे शैलीमा निर्माण गरिएका पुराना घरहरूले बनेको बजार क्षेत्रले मन लोभ्याउँछ । नेवार संस्कृतिमा लिपिएको बन्दीपुरको सहरी संरचना साढे दुई सय वर्ष पुरानो मानिन्छ । रहनसहन, थिति र संरचनाका साथसाथ प्राकृतिक सौन्दर्य बन्दीपुरका विशेषता हुन् । यस स्थानका घरमा झ्याल ढोका, टुँडाल, सिँढी आदि काठबाट बनाइएका जसले बन्दीपुरलाई थप सौन्दर्य बनाएको छ । बन्दीपुरको यात्रालाई पूर्ण बनाउनका लागि नजिकै रहेका ऐतिहासिक र धार्मिक थानीमाई, सिद्व गुफा, मिनि ग्रेट वाल, नेपालकै एक मात्र बाख्रा अनुसन्धान केन्द्रको फार्म र बौद्व गुम्बा छुटाउनै नहुने गन्तव्य हुन् ।

    घलेगाउँ

    लमजुङको क्ह्लोसोंथर गाउँपालिका वडा नं ३ मा रहेको घलेगाउँमा मनमोहक हिमालको दृश्यावलोकनसँगै टिपिकल होमस्टे र रमणीय प्राकृतिक सौन्दर्यताले भरिपूर्ण गाउँमा रमाउन सकिन्छ । अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने यो गाउँ करिब सात सय वर्ष पुरानो मान्ने गरिन्छ । घलेगाउँबाट मौसम खुलेका बेला एका बिहानै माछापुच्छे«, अन्नपूर्ण, लम्जुङ, मनास्लु, हिमालचुली, बुद्ध हिमालसँगै बिहान सूर्य उदाउँदै गरेको सनराइज देख्न सकिन्छ । यसका साथै गुरुङ संस्कृति, सार्क भिलेज पर्यटन सङ्ग्र्रहालय, परम्परागत शैलीका घरहरू, भ्युटावर र भेडीगोठले समेत पर्यटकलाई आकर्षित गराउँछ । पदयात्रा पर्यटनमा समेत प्रचुर सम्भावना रहेको छ । घलेगाउँको नजिकै सोही गाउँपालिका अन्तर्गत वडा नं ४ मा भुजुङ गाउँ छ । ‘एक गाउँ एक गाविस’ ले चर्चित बनेको पर्यटकीय यस गाउँ देशमा सङ्घीयतापश्चात् भने ‘एक गाउँ एक वडा’ का नामले प्रसिद्ध छ ।

    जोमसोम/मुक्तिनाथ

    मुस्ताङको जोमसोम र मुक्तिनाथ मन्दिर अत्यधिक पर्यटकको चाप हुने गन्तव्यमध्ये एक हो । मुस्ताङका लागि चैत, वैशाख र दसैँ तिहारको समयलाई उपयुक्त मानिन्छ । मुस्ताङ यात्रामा निस्कँदा तातोपानी, रूपसे झरना, चारैतिर सुन्दर सेता हिमालहरूको मनोरम दृश्यवलोकन, अन्नपूर्ण चक्रिय पदमार्ग अन्तर्गत पर्ने जिल्लामा प्राकृतिक सुन्दरता, पृथक् भूवनोट, हिमाली जीवन शैली, दामोदर कुण्ड, दुम्बा ताल, पूर्व मुस्ताङी राजदरबार, मार्फा, लेते, ठिनी, कागबेनीलगायतका थुप्रै पर्यटकीय स्थान पर्यटकका लागि विशेष छन् । मुक्तिनाथ मन्दिरमा रहेका १०८ धारामा नुहाएमा पाप पखालिने धार्मिक विश्वासका कारण भक्तजन तथा पर्यटकहरू मन्दिरको दर्शन र धारामा नुहाउनका लागि भिड लाग्ने गर्छ । जहाँ मानिसहरूलाई मुक्ति अथवा मोक्ष प्राप्त हुन्छ भन्ने विश्वास गरिन्छ । यस तीर्थस्थल शालिग्राम भगवान्को लागि प्रसिद्ध छ । अझ हिन्दु धर्मालम्बीहरूको आस्थाको केन्द्रबिन्दु कागवेनीमा आफ्ना मृतक पितृप्रति पिण्ड दान तथा तर्पण दिनका लागि पनि उत्तिकै भिड लाग्ने गर्छ । केही दिन घुमघामको समय थप्ने हो भने तिब्बती परम्परागत संस्कृतिको ऐतिहासिक थलो उपल्लो मुस्ताङ अर्थात् लोमान्थाङसमेत पुग्न सकिन्छ । ऐतिहासिक गुफा, तिब्बती संस्कृति, हिमालको आकर्षण, वास्तविक हिमाली जीवन, पुरातात्त्विक हिमाली संरचना, चीनको तिब्बत झैँ लाग्ने भूबनोट र रमणीय दृश्यका लागि पर्यटकहरू लोमान्थाङ पुग्छन् ।

     

    आलमदेवी

    करिब ३७० वर्षअघि स्थापित मन्दिर शाहवंशीय कुलदेवताको मन्दिर हो आलमदेवी । प्रत्येक वर्ष नवदुर्गाको पञ्चमी, सप्तमी र नवमी तिथि पारेर शाहवंशीय परिवार पूजाका लागि यहाँ आउने गर्छन् । अलपदेवी काली गङ्गाको जलमा स्नान र शालिग्रामको पवित्रता प्राप्त गरी पुनः भीमसेनपातीको फेदमा बस्दै गर्दा भीमसेनपातीको रुखबाट अलप भएकाले बेगमाता बेगेश्वरीलाई अलपदेवी भन्न थलियो । अलपदेवी भन्दाभन्दै अपभ्रंश भएर आलमदेवी बन्न पुगेको किंवदन्ती रहेको छ । स्याङ्जा जिल्लाको कालीगण्डकी गाउँपालिका वडा नं ३ मा पर्ने यस मन्दिरमा शिवरात्रि, रामनवमी र अन्य चाडपर्वमा स्याङ्जासहित छिमेकी जिल्लाबाट भक्तजन आउने गर्छन् ।

     

    मनकामना

    गोरखा जिल्लाको सदरमुकामबाट दक्षिणपूर्वी भागमा अवस्थित छ, मनकामना मन्दिर । समुद्री सतहदेखि एक हजार ३०३ मिटरको उचाइमा अवस्थित यो मन्दिरको परिसरबाट दक्षिणतिर महाभारत लेक र छिम्केश्वरी डाँडाका साथै उत्तरी भागमा अन्नपूर्ण हिमाल र मनास्लु हिमालका चुचुराहरू देख्न सकिन्छ । आफ्ना इच्छा र मनको कामना पूरा गर्नका लागि यहाँको दर्शन महìवपूर्ण मानिन्छ । यहाँको केवलकार नेपालकै सबैभन्दा पुरानो केवलकार पनि हो । मनकामना पुग्दा आसपासमै रहेका बक्रेश्वर महादेव, बेतिनी मोडल भिलेज, डाँडाबारी सुन्तला बस्ती र लखन थापा गुफा पुग्नै पर्ने हुन्छ ।

    गोरखा दरबार

    पृथ्वीनारायण शाहको जन्म भएको गोरखा दरबार आकर्षणको केन्द्रको रूपमा रहेको छ । गोरखाका तत्कालीन राजा राम शाहको पालामा विसं १६८६ मा बनेको ऐतिहासिक गोरखा दरबार निर्माण भएको इतिहासहरूमा उल्लेख भएको पाइन्छ । झन्डै पाँच सयभन्दा बढी हेक्टर क्षेत्रफलमा फैलिएको गोरखा दरबार क्षेत्रका सांस्कृतिक एवं ऐतिहासिक संरचना, दरबार क्षेत्रस्थित गोरखनाथ मन्दिर, श्रीविद्या मन्दिर, दमाईंपाटी वरपरका पशुपति मन्दिर, गुह्येश्वरी मन्दिर, विद्या मन्दिर, पृथ्वीपति शाहको पालामा बनेको चौघेरा दरबार, शीतलपाटी, गोरखनाथका नगर्चीले नगरा बजाउने दमाईंपाटी, गोरखाली राजाहरूको परिचयात्मक कक्ष, प्राचीन चैत्य कक्ष, बाजा कक्ष, हातहतियार तथा सैन्य कक्ष र ग्रन्थ कक्ष यहाँका आकर्षणहरू हुन् । नेपालीको महान् पर्व विजयादशमी बडादसैँ, दीपावली र चैते दसैँमा विशेष भव्यताका पूजाआजा गरिन्छ । फूलपातीमा गोरखाको दसैँ घरबाट ल्याइएको फूलपाती काठमाडौँको हनुमानढोका ल्याइने परम्परा हालसम्म पनि कायमै छ । गोरखाबाट फूलपाती काठमाडौँ भित्र्याएपछि मात्र हनुमान ढोकामा फूलपातीको कार्यक्रम सुरु गर्ने चलन छ ।

    पुनहिल

    म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने पुनहिल घोडेपानी पश्चिम नेपालको प्रमुख पर्यटकीय गन्तव्य स्थलको रूपमा परिचित छ । समुद्री सतहदेखि तीन हजार २१० मिटर उचाइमा अवस्थित पुनहिल चक्रिय अन्नपूर्ण पदमार्गको उत्कृष्ट पर्यटकीय गन्तव्य हो । पुनहिलबाट अन्नपूर्ण, माछापुच्छ«े, निलगिरि, धौलागिरि, गुर्जा, मानापाथीलगायतका १५ भन्दा बढी हिमालको नजिकबाट अवलोकन गर्न सकिन्छ । भ्यु प्वाइन्टको रूपमा विकसित पुनहिल जैविक विविधता, वन्यजन्तु, पन्छी र सांस्कृतिक हिसाबले पनि उत्तिकै महìवपूर्ण छ । पुनहिल क्षेत्रमा रहेको जङ्गलमा १६ प्रजातिका लालीगुँरास पाइन्छ ।

    बागलुङ कालिका

    बागलुङको बागलुङ नगरपालिका–२ मा रहेको बागलुङ कालिका मन्दिरको दर्शन गरेमा सन्तान प्राप्त हुने, मनोकामना पूरा हुने र शक्ति प्राप्त हुने विश्वास रहिआएको छ । पर्वतका राजा प्रतापीनारायण मल्लले विसं १५९० मा राज्यारोहण गरे र उनको विवाह १५९१ मा पाल्पाका राजा मणि मुकुन्दसेनकी छोरीसँग भयो । विवाह हुँदा छोरीले माझकी देवीलाई पनि दाइजोको रूपमा बुबासँग मागेर आफूसँगै ल्याएको र कालीगण्डकी नदी किनारमा विधिपूर्वक स्थापना गरेको इतिहास पाइन्छ । विशेषतः कालिका भगवतीको पूजा हुने यस मन्दिरमा वर्षको दुई पटक चैते दसैँ र बडादसैँमा नियम निष्ठापूर्वक पूजा हुँदै आएको छ ।

     

    तिलिचो

    हिमालपारिको जिल्ला मनाङमा हिउँले घेरिएको तिलिचो ताल स्वदेश तथा विदेशी पर्यटकको महìवपूर्ण गन्तव्य हो । समुद्र सतहबाट चार हजार ९१९ मिटरको उचाइमा रहेको तिलिचो विश्वकै अग्लो स्थानमा रहेको ताल पनि हो । तिलिचो ताल मात्र नभई मनाङमा अन्य थुप्रै ताल छन् तर, यही तालको चर्चा घुम्न जानेहरूको ताती लाग्ने गरेको छ । उत्तर र दक्षिण दिशामा फैलिएको यो तालको दृश्य अचम्मको अलौकिक प्रकृतिका दृश्यले भरिपूर्ण छ ।

    मौलाकालिका

    नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैँडाकोट नगरपालिकामा रहेको मौलाकालिका मन्दिर समुन्द्र सतहदेखि ५६१ मिटरको उचाइमा रहेको छ । मौलाकालिका धार्मिक, सांस्कृतिक एवं पर्यटकीय दृष्टिकोणले आकर्षणको केन्द्र बनेको छ । पाल्पाका राजा मणिमुकुन्द सेनको राज्यकालमा तत्कालीन सैनिक टुकडीले आफ्नो गढी (ब्यारेक) मा मौलो गाडी कालिका भगवतीको शिला स्थापना गरेर पूजाअर्चना गर्दै आएको किंवदन्ती पाइन्छ । स्थापनाकालमा सैनिकहरूले र त्यसपछि मगरहरूले मन्दिरमा पूजाअर्चना गर्दै आए पनि २०३२ सालदेखि मन्दिरमा ब्राह्मणद्वारा पूजा हुन थालेको बताइन्छ । मन्दिरबाट उत्तरतिर देखिने हिमालको सुन्दर दृश्य अनि दक्षिणतिर देखिने चितवन, नवलपुर र नारायणीको रमाइलो दृश्यवलोकन गर्न सकिन्छ ।

    साहसिक पर्यटनको गन्तव्य

    गण्डकी प्रदेश पर्यटकीय र धार्मिकसँगै साहसिक पर्यटनमा पनि अब्बल छ । पर्यटकीय पोखरामा रहेका बन्जीजम्प, जिपलाइन, प्याराग्लाइडिङ, हट एयर बेलुन, क्यानोनिङ, अल्ट्रालाइट, साइकलिङ र कायाकिङले पर्यटन व्यवसायलाई थप टेवा पुर्‍याएका छन् । गण्डकी प्रदेशकै पर्वत र बागलुङको सिमानामा रहेको विश्वकै दोस्रो अग्लो बन्जीजम्प, स्विङ, स्काई साइकलिङ, जिपलाइन र तनहुँको बन्दीपुर–४ विमलनगरमा रहेको रक क्लाइम्बिङ र प्याराग्लाइडिङ, स्याङ्जाको वालिङ खाल्टेमा रहेको क्यानोनिङ र स्याङ्जाकै भिरकोटको स्वरेक मैदानमा रहेको प्याराग्लाइडिङ साहसिक खेलका लागि पर्यटक रमाउने मुख्य स्थानहरू हुन् । यसबाहेक प्रदेशभित्रका मस्र्याङ्दी, कालीगण्डकी, सेतीलगायतका नदीहरूमा हुने र्‍याफ्टिङले पर्यटक अझ लोभिने गरेका छन् । गण्डकी प्रदेशलाई साहसिक पर्यटकको हब बनाउने उद्देश्यका साथ प्रदेशभित्रका विभिन्न ठाउँका साहसिक पर्यटनको विकास बढाउँदै लगिएको छ ।

     

    पदयात्रा

    गण्डकी प्रदेश पदयात्रामा पनि लोकप्रिय मानिन्छ । मनाङ–थोराङपास पदयात्रा, नारफू–काङ्ला पदयात्रा, अन्नपूर्ण बेसक्याम्प, तिलिचो तालको पदयात्रा, मर्दी हिमाल ट्रेक, खुमाइडाँडा, कपुटे ताल, माछापुच्छ«े पदयात्रा, घान्द्रुक, घोरेपानी, पुनहिल, लमजुङको मिनीपोखरी, दुधपोखरी, लिपेलेकलगायत दर्जनौँ स्थान पदयात्राका लागि लोकप्रिय रहेका छन् । यस्तै पदयात्राका लागि मनाङको तिलिचो ताल पनि पर्यटकहरूको रोजाइमा पर्ने गरेको छ ।

    अन्य प्रमुख गन्तव्य

    यसबाहेक कास्कीका कास्कीकोट, स्यालुङकोट, अन्नपूर्ण बेसक्याम्प, रूपाकोट, मनाङका डोना ताल, गङ्गापूर्ण ताल, छो कर्णताल, मुस्ताङको दुम्बा ताल र विभिन्न गुफा, जोमसोम गाउँ, बागलुङको पञ्चकोट, घुम्टेको लेक, ढोरपाटन, म्याग्दीको गलेश्वर धाम, धौलागिरि वेस क्याप, रूपसे छहरा, तातोपानी र गुर्जालगायत रहेका छन् । यस्तै पर्वतको जलजला, पञ्चधाम रमणीय धार्मिक क्षेत्र, पैँयुकोट, सेतीवेणी शालिग्राम शिला धार्मिक क्षेत्र, स्याङ्जाका भालुपहाड, नुवाकोट कालभैरव मन्दिर, सतौँ चण्डीथान, गह्रौँकालिका, अन्दाअन्दी, छाया क्षेत्र (छाङछाङ्दी) राम्दीधाम, बहाकोट र कोल्माकोट हुन् । लमजुङको लमजुङ दरबार, राइनासकोट, घनपोखरा, सिउरुङ गाउँ र काउलेपानी गाउँ, गोरखाका गोरखकालिका, बारपाक, लाप्राक मनास्लु हिमाल र संरक्षण क्षेत्र, लार्केपास, छेकम्पारा, लिगलिगकोट प्रसिद्व छन् । यता, नवलपुरका देवचुली, त्रिवेणी गजेन्द्र मोक्ष धाम, शाश्वत धाम र तनहुँमा देवघाटधाम, ढोरबराही, छाब्दी बराही, घाँसी कुवा, तनहुँसुर कालिका तथा दरबार क्षेत्र, भानुभक्त जन्मस्थान, छिम्केश्वरी मन्दिर आँधीमूल बाराही, मिर्लुङकोट र मिछुर्लुङ भ्यु टावरलगायत दर्जनौँ गन्तव्य रहेका छन् ।(गोरखापत्र)

    आइतबार, बैशाख ०९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २३ गते (६

    • २.
      आज २०८३ साल जेठ २४ गते (७

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८

    • ४.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer