• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, जेठ २९, २०८३
☰
शुक्रबार, जेठ २९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

  • ५. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

मुख किन गन्हाउँछ ? यस्ता छन् कारण


  •   सोमबार, बैशाख १०, २०८१ मा प्रकाशित
  • खादा, हाँस्दा बोल्दा हाम्रो मुख चलिनै रहन्छ । चलिरहने मुखबाट नमिठो आउने गन्धले व्यक्तिको व्यक्तित्वमा नराम्रो प्रभाव पार्ने गर्छ । यस्तो समस्या हुँदा मुखबाट नमीठो दुर्गन्ध आउँछ ।

    Advertisement

    कुनै पनि व्यक्तिलाई सास गन्हाउने भन्ने आफैलाई थाहा हुँदैन । आफ्नो सास आफैँलाई नगन्हाउने हुँदा आफनो पाटनर, साथीभाइ वा परिवारका सदस्यहरुले थाहा पाउने हुन्छन् । तर लामो समयदेखि मुख गन्हाउने समस्या भइरह्यो भने जटिल समस्याहरु निम्तन सक्छ ।

    मुख गन्हाउने वा सास गन्हाउने भन्निछ । जसलाई मेडिकल भाषामा हालिटोसिस भनिन्छ । मुख गन्हाउने समस्याले धेरैलाई दुःख दिएको हुन्छ । साधारणतया नियमित मुख सफा नगर्दा, दाँत नमाझ्दा, वा खानपानको गडबडीले मुख गन्हाउने समस्या हुन्छ ।

    तर कतिपय मानिसमा नियमित सरसफाइका बावजुद सास र मुख गन्हाउने समस्या हुन्छ । मुख गन्हाउनुको धेरै कारणहरु हुन सक्छन्, जस्तै गलत खानपान, पेटको समस्या, दाँत वा मुखको सरसफाइ नहुनु आदिले मुख गन्हाउने गर्दछ ।

    धेरैले मुख वा सास गन्हाउने समस्यालाई सामान्य समस्याको रुपमा मान्दछन् । तर कहिलेकाहि सामान्य सोच्दा अवस्था अनुसार यो गम्भिर रोगको संकेत पनि बन्नसक्छ । त्यसैले समयमै मुख तथा स्वास गन्हाउने समस्याबारे जानकारी हुन आवश्यक छ ।

    मुख वा सास गन्हाउने विभिन्न कारणले हुने गर्छ । लोकल कज र जनरल कजको कारणले मुख वा सास गन्हाउने हुन्छ । मुखमा घाउ खटिरा आएमा, गाँठागुँठी आएमा, गिजा पाकेमा, दाँतमा किरा लागेमा, खाल्डो परेमा तथा दाँत राम्ररी सफा नभएमा दाँतको कापमा तथा मुखमा फोहोर जम्मा भएर बसेमा पनि त्यहा अड्किएका फोहरका कारण मुख तथा सास गन्हाउने गर्छ ।

    त्यस्तै, मुखमा जटिल समस्या उत्पन्न भएमा, मुखको क्यान्सर, मधुमेह, स्वास प्रस्वास नलीमा, मृगौलामा समस्या उत्पन्न भएमा पनि मुख तथा सास गन्हाउने समस्या उत्पन्न हुने गर्छ । घाँटीको, छातीको इन्फेक्सन हुँदा पनि सास गन्हाउछ । पेट सम्बन्धि समस्या ग्याष्टिकका बिरामी भएमा पनि अमिलो ढकार आउदा सास गन्हाउन सक्छ । कानको समस्याका कारण पनि सास गन्हाउन सक्छ ।

    लामो समयसम्म चुरोट तथा खैनीको सेवन गर्ने मानिसहरुमा मुखको क्यान्सर हुने सम्भावना अधिक रहन्छ । यस्तोमा उनीहरुको मुखबाट नराम्रो गन्ध आउने गर्छ । फोक्सोको संक्रमण भएमा पनि मुखबाट गन्ध आउने गर्छ । कलेजोको संक्रमण भएको खण्डमा यसले राम्ररी काम नगर्दा अपचको समस्या उत्पन्न हुने गर्छ । जसका कारण मुख तथा सासबाट गन्ध आउने गर्छ । मृगौलाको समस्या हुँदा पनि मुखबाट गन्ध आउने गर्छ ।

    त्यसैगरी गिजाको समस्याका कारण पनि मुख गन्हाउने हुन्छ । मधुमेहका कारण शरीरमा मेटाबोलिक परिवर्तन देखा पर्न थाल्छ । जसको कारण मुख गन्हाउन थाल्छ । प्याज, लसुन, मुलाजस्ता खाद्यपदार्थ खादा पनि मुख गन्हाउँछ ।

    लक्षण
    मुखबाट दुर्गन्ध आउनु
    पेट खाली हुँदा झन् बढी सास गन्हाउनु
    गिजाबाट पिप आउनु

    के गर्ने ?
    धेरै गुलियो खाद्यपदार्थ नखाने । यदी खाइहालेमा खानेबितिक्कै मुख कुल्ला गर्ने ।
    धुम्रपान मद्यपान नगर्ने ।
    जंङफुटजन्य खानेकुरा नखाने ।
    साँझ बिहान राम्रोसँग दाँत माझ्ने । जिब्रो सफा गर्ने ।
    दाँतमा कीरा लागेको र प्वाल परेको छ भने उपचार गर्ने
    मुखको कुनै रोग भए उपचार गर्ने ।
    प्रशस्त मात्रामा पानी पिउने ।
    खानेकुरा खाइसकेपछि राम्रोसँग मुख कुल्ला गर्ने ।
    ६/६ महिनामा दन्त चिकित्सककोमा गई परिक्षण गर्ने ।
    सास गन्हाएमा दत्त चिकित्सककोमा जाने र चिकित्सकको सल्लाहबमोजिम उपचार गर्ने ।

    सोमबार, बैशाख १०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २३ गते (६

    • २.
      आज २०८३ साल जेठ २४ गते (७

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८

    • ४.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer