• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, जेठ २७, २०८३
☰
बुधबार, जेठ २७, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

  • ५. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

आठ महिनामा १७ हजारबढीलाई आयुर्वेद सेवा


  •   सोमबार, बैशाख १०, २०८१ मा प्रकाशित
  • तनहुँ । तनहुँमा आयुर्वेद सेवातर्फ सर्वसाधारणको आकर्षण बढ्दै गएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले चालु आर्थिक वर्ष २०८०/८१ को साउनदेखि फागुनसम्म १७ हजार पाँच सय ७२ लाई सेवा दिएको छ ।

    Advertisement

    कार्यालयले गत आर्थिक वर्ष २०७९/८० मा १९ हजार दुई सय १७ जनालाई सेवा प्रदान गरेको थियो । चालु आर्थिक वर्षको असारसम्म गत आर्थिक वर्षकोभन्दा धेरैलाई सेवा दिने लक्ष्य रहेको कार्यालयका वरिष्ठ कविराज निरीक्षक शम्भु चापागाईले जानकारी दिनुभयो । आर्थिक वर्ष २०७८/७९ मा केन्द्रबाट १३ हजार चार सय ९९ ले सेवा लिएका थिए । प्रत्येक वर्ष आयुर्वेद सेवातर्फ सर्वसाधारणको आकर्षण बढेको तथ्याङ्कले पुष्टि गरेको चापागाईको भनाइ छ ।

    उहाँका अनुसार चालु आर्थिक वर्षमा १० हजार तीन सय ८३ पुरुष र सात हजार एक सय ८९ महिलाले सेवा लिएका छन् । यस अवधिमा बहिरङ्ग सेवा लिने पुरुषको सङ्ख्या तीन हजार तीन सय १७ र महिलाको सङ्ख्या दुई हजार आठ सय ७३ छ । ज्येष्ठ नागरिक सेवातर्फ पाँच सय २५ पुरुष र तीन सय ५८ महिलाले सेवा लिएका छन् । योग सेवातर्फ चार हजार छ सय ४९ पुरुष र दुई हजार दुई सय ५८ महिला, पूर्वकर्म पञ्चकर्मतर्फ एक हजार छ सय ५१ पुरुष र एक हजार चार सय छ महिला, स्तनपायी आमा तथा शिशुतर्फ एक सय ३८ महिला, क्षारसुत्रतर्फ एक पुरुष र चार महिला, प्रयोगशालातर्फ दुई सय ४० पुरुष र एक सय ५२ महिलाले सेवा लिएको कार्यालयको तथ्याङ्क छ ।

    चापागाईका अनुसार साउन महिनामा दुई हजार छ सय ८१, भदौ महिनामा दुई हजार तीन सय ८०, असोज महिनामा एक हजार नौ सय ४०, कात्तिक महिनामा एक हजार पाँच सय ५४, मङ्सिर महिनामा दुई हजार छ सय ७६, पुस महिनामा दुई हजार एक सय २९, माघ महिनामा दुई हजार एक सय ९८ र फागुन महिनामा दुई हजार १४ जनाले सेवा लिएका छन् । जिल्लाका चार ठाउँमा नागरिक आरोग्य केन्द्र छन् । बन्दीपुर गाउँपालिका-१ मा डुम्रे नागरिक आरोग्य सेवा केन्द्र, घिरिङ गाउँपालिका-५ मा घिरिङ नागरिक आरोग्य सेवा केन्द्र, देवघाट गाउँपालिका-५ मा देवघाट नागरिक आरोग्य सेवा केन्द्र र आँबुखैरेनी गाउँपालिका-१ मा आँबुखैरेनी नागरिक आरोग्य सेवा केन्द्र सञ्चालनमा छ ।

    जिल्लाका तीन पालिकामा अझै पनि आयुर्वेद स्वास्थ्य संस्था पुगेको छैन । दश पालिकामध्ये देवघाट, आँबुखैरेनी र घिरिङ गाउँपालिकामा आयुर्वेद स्वास्थ्य संस्था नपुगेको चापागाईले जानकारी दिनुभयो । केन्द्रले पतञ्जली योग समितिसँग समन्वय गरी कार्यालयको योगहलमा स्वस्थ जीवन कार्यक्रम सञ्चालन गर्दै आएको छ । त्यस्तै जिल्लाका स्थानीय तहलगायत अन्य सरोकारवालाहरुसँग निरन्तर समन्वय र सहकार्य गर्दै आयुर्वेदिक उपचार प्रणालीको प्रवद्र्धन गरिरहेको चापागाईको भनाइ छ ।

    कार्यालयमा एक आयुर्वेद चिकित्सक, एक आयुर्वेद सहायक (कविराज), दुई वैद्य, एक लेखापाल, दुई कार्यालय सहयोगी र एक ल्याव टेक्निसियन कर्मचारी कार्यरत छन् । केन्द्रमा ढाड दुख्ने समस्या भएका बिरामीलाई लक्षित गरी थेरापी मेसिनसमेत सञ्चालनमा छ । गण्डकी प्रदेशको सहयोगमा कार्यालयले थेरापी मेसिन खरिद गरेर सञ्चालनमा ल्याएपछि यस्ता समस्या भएका बिरामी आउने गरेको चापागाईले बताउनुभयो । उहाँले भन्नुभयो, “हाडजोर्नी, नसा च्यापिएका बिरामीको आकर्षण आयुर्वेदमा बढ्दै छ ।”

    कार्यालयले उपचारमा उपयोगी पञ्चकर्म, फिजियोथेरापी तथा क्षारसुत्र सञ्चालनमा ल्याएको छ । पाइल्स, फिस्टुला, फिसरजस्ता रोगको उपचारमा प्रभावकारी मानिएको क्षारसुत्र विधि सञ्चालनमा ल्याइएको छ । कार्यालयले रोगअनुसारको दैनिक योग पनि सञ्चालन गर्दै आएको छ । आयुर्वेदिक स्वास्थ्य सेवाप्रति सर्वसाधारणको आकर्षण बढेसँगै कर्मचारीको सीप, उत्साह र जाँगरमा वृद्धि भएको छ । रासस

    सोमबार, बैशाख १०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २३ गते (६

    • २.
      आज २०८३ साल जेठ २४ गते (७

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८

    • ४.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer