• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, जेठ २९, २०८३
☰
शुक्रबार, जेठ २९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

  • ५. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

आज हनुमान जयन्ती, भगबान हनुमानलाई खुशी पार्न यसो गरौं


  •   मङ्गलबार, बैशाख ११, २०८१ मा प्रकाशित
  • काठमाडौ ।आज हनुमान जयन्ती तथा चैत्र शुक्ल पूर्णिमा लाई बालाजु पूर्णिमा तथा बाइसधारा मेला भनेर पनि चिनिन्छ भने यो दिन सम्पूर्ण हनुमान भक्तहरू हनुमान जयन्ती भएकोले विशेष पर्वको रूपमा व्रत, पूजा ,आराधना रामायण को पाठ गरी नीकै हर्ष उल्लासका साथ मनाउने गर्दछन्।

    Advertisement

    विभिन्न समयमा परिस्थितिको माग अनुरुप भगबानका अनेक रुपहरुको जन्म पृथ्वीमा भए सँगैधेरै उदेश्य पूरा गर्ने प्रयोजन अनुसार भगबान शंकरले लिनुभएको हनुमान को रूप मा लंका जलाउनु ,भगवान रामको अनन्य भक्ती गर्नु अनि माता अञ्जनिको भक्ति बाट प्रसन्न भई वर माग्न भन्दा भोले नाथ लाई नै आफ्नो पुत्र को रूपमा पाउने इच्छा जाहेर गरेकिले सो पूरा गरिदिनु पनि थियो।

    फरक फरक बार पूजा विधि र सामाग्री ले फरक फरक मनोबाञ्चित फल प्राप्त गर्न सकिनेजनविश्वास रहिआए अनुरुप फुस्रो सिन्दुर, लड्डु, पान, केरा, रातो चोला, सिन्दुरे रातो झण्डा अर्पण गर्दा नीकै प्रसन्न हुने उनलाई पिपलको पातमा रामको नाम लेखेर बनाएको माला पनिअति उत्तम मानिन्छ । मानिसको जीवनमा आइपर्ने विभिन्न समस्याहरू समाधान गर्नका लागी तथा शनिदेव को कृपा प्राप्त गर्न को लागि पनि हनुमानको आराधना गर्नु नीकै फलदायी रहन्छ ।

    मारुति, महावीर, बालाजी, पवनपुत्र, संकटमोचन आदि नामले पुकारिने हनुमान लाई विशेष गरी राम र सीताको विछोड पश्चात् पुनर्मिलन गराउने काम गरेका हुनाले आज पनि बिछोडिएका र हराएका व्यक्ति हरुको खोजीका लागि सच्चा मनले विश्वासका साथ विधिपूर्वक हनुमानको पूजा गर्नु उचित हुने विश्वास पनि समाजमा रही आएको छ।

    अष्ट चिरञ्जिवि मध्ये एक मानिने उनी अझै पनि जीवितै छन् भन्ने आस्था राख्दै उनको जन्म दिनमा रामायण को सुन्दर काण्ड तथा हनुमान चालिसाको पाठ गर्नुलाई आफ्ना अप्ठ्यारा परिस्थितिसँग छुटकारा पाउनु हो भनेर पनि हिन्दु धर्ममा आस्था राख्ने हरु बताउँछन्।

    हनुमान स्वयं लाई पनिआफ्नो समुन्द्र पार गर्न सक्ने, लंका जलाउन सक्ने पर्वत उचाल्न सक्ने जस्ताक्षमता थाहा नभएको र अरू कसैले भनिदिए पछि मात्र आँट गर्दा सफलता मिले जस्तै हरेक मानिस भित्र पनि कुनै न कुनै क्षमता हुने तर पहिचान गर्न नसक्दा रुमल्लिने र कसैको साथ हौसला अनि प्रेरणा पाएँ अगाडि बढ्न सजीलो हुने तर जो कसैलाई हौसला र प्रेरणा दिने काम हरेकले गर्न नचाहने गरेकोपनि देख्न सकिन्छ।

    आजको दिन हनुमान मन्दिरहरुमा भक्तजनको घुइँचो लाग्छ भने बजरंगबलीका भक्तहरूले पूजाआजा गरी उँहाको आशीर्वाद लिन्छन् । हनुमान जयन्तीको दिन यदि बजरंगबलीबाट आफ्नो कुनै मनोकामना पूरा गराउन चाहने हो भने त्यसका लागि केही उपाय अपनाउन सकिन्छ । यी उपाय अवलम्बन गर्नाले हनुमान जी प्रसन्‍न हुनुका साथै उहाँबाट हाम्रो मनोकांक्षा पूरा हुनेछन् ।

    हेरौं हनुमान जयन्तीको दिन कुन कामका लागि के गर्ने ?

    पारिवारिक सुखका लागि आफ्नो परिवार सधैं सुखी र घरका सदस्यहरूको निरन्तर प्रगति हेर्न चाहनेहरुले हनुमान जयन्तीको दिन सुन्दरकाण्ड , हनुमान चालिसा तथा हनुमान अष्टक वा बजरंग बाणको पाठ गर्नुपर्छ । जटिल समस्या समाधान गर्न यदि आफ्नो जीवनमा यस्तो कुनै समस्या छ जसको समाधान लाखौं प्रयास गर्दा पनि पाउन सकिएन भने हनुमान जयन्तीको दिन मारुति नन्दनलाई पान चढाउनुपर्छ । कामको बाधा अड्चन हटाउन यसबाहेक हनुमान जयन्तीको दिन हनुमान मन्दिरमा कालो दाल , सिन्दुर, फूल, चमेलीको तेल, प्रसाद, गुलाबको फूल आदि चढाउनुपर्छ ।

    यति गरेपछि हनुमान चालिसा वा सुन्दरकाण्डको पाठ गर्नुपर्छ । यसो गर्नाले हनुमानजी प्रसन्‍न हुनुका साथै काममा आउने बाधाहरू हट्छन् । यसका साथै जीवनमा सुख शान्तिसमेत कायम रहन्छ । आर्थिक समस्याबाट छुटकारा पाउन आर्थिक संकटबाट मुक्ति पाउन हनुमान जयन्तीको दिन हनुमानजीको अगाडि चमेलीको तेलको दियो बालेर हनुमानजीलाई चोला चढाउनुपर्छ । त्यसपछि पीपलको ११ वटा पातमा सिन्दुरले श्रीराम लेखेर हनुमान जीलाई अर्पण गर्दै आफ्नो आर्थिक समस्याबाट मुक्ति मिलोस् भन्ने कामना गर्नुपर्छ ।

    मङ्गलबार, बैशाख ११, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २३ गते (६

    • २.
      आज २०८३ साल जेठ २४ गते (७

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८

    • ४.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer