• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, जेठ २९, २०८३
☰
शुक्रबार, जेठ २९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

  • ५. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

महाकुम्भ मेलाको दोस्रो शाही स्नान सम्पन्न


  •   मङ्गलबार, बैशाख ११, २०८१ मा प्रकाशित
  • वराहक्षेत्र । प्राचीन हरिद्वार चतराधाममा बाह्रवर्षे पूर्ण महाकुम्भ मेलाको दोस्रो शाही स्नान सम्पन्न भएको छ । मङ्गलवार बिहान बाजागासहित वराहक्षेत्र मन्दिरको कोकाह कौशिकी सङ्गममा शाही स्नान गरिएको हो ।

    Advertisement

    चतराधामबाट शाही स्नान गर्न बाजगाजासहित भजन कीर्तन गर्दै हजाराैँको सङ्ख्यामा सर्वसाधारण र धर्मगुरुहरुले कोकाह कौशिकी सङ्गममा स्नान गरेका छन् । शाही स्नान गर्न जगतगुरु बालसन्त मोहनशरण देवाचार्य, भारतका जगतगुरु राम दिनेश आचार्य र वृन्दावन भारतका महन्त हेमकान्तशरण देवाचार्य, वराहक्षेत्र नगरप्रमुख रमेश कार्की, उपप्रमुख नन्दकुमारी सुनुवारको उपस्थिति थियो ।

    शाही स्नानमा धर्माचार्य, सन्तमहन्त, पीठाधीश, मठाधीश, भक्तजनलगायत स्थानीय वासीहरुले कोकाह कौशिकी सङ्गममा शाही स्नान गर्नुभएको छ । शाही स्नान गर्न अघिल्लै दिन मानिसहरु कुम्भ नगरी चतराधाम आइपुगेका थिए ।

    चैत २७ गतेदेखि २०८१ वैशाख २८ गतेसम्म लाग्ने कुम्भ मेलामा मुख्य पाँच स्नान छन् । पहिलो स्नान कुम्भ प्रारम्भको दिन चैत २७ गते र प्रथम कुम्भ स्नान २०८१ वैशाख १ गते गरिएको थियो ।

    महिना दिनसम्म लाग्ने महाकुम्भ मेलामा पाँच दिन कुम्भस्नानका विशेष दिनहरु छन् । कुम्भमा नुहाए अक्षय प्राप्ति हुने धार्मिक मान्यता रहेकाले मानिसहरु देश विदेशबाट कुम्भस्नान गर्न चतराधाम आउने गरेको कुम्भ आयोजक समितिले जनाएको छ ।

    कुम्भ प्रारम्भ महास्नान चैत २७ गते भइसकेको छ । प्रथम कुम्भ शाही स्नान वैशाख १ गते, द्वितीय कुम्भ शाही स्नान वैशाख ११ गते कुम्भ नगरी क्षेत्रमा रहेको सप्तकोशी नदीमा विधिपूर्वक स्नान गरिएको छ । त्यस्तै तृतीय कुम्भ शाही स्नान वैशाख २६ गते मातातीर्थ औंशीको दिन र वैशाख २८ गते कुम्भ समाप्तिका दिन शाही स्नान हुने कुम्भ मूल आयोजक समितिका सह अध्यक्ष रमेश कार्कीले जानकारी दिनुभयो ।

    कुम्भ मेला नेपालको एक मात्र स्थान सुनसरीको वराहक्षेत्रस्थित चतरामा लाग्दै आएको छ । विश्वको सबैभन्दा ठुलो धार्मिक मेलाको रुपमा सनातन हिन्दु धर्मावलम्बीले लिने गरेको कुम्भ मेलामा लाखौँ मानिसको जमघट हुने गर्दछ ।

    पूर्वीय सभ्यता र संस्कृतिको धरोहरका रुपमा रहेको कौशिकी तटको किनारमा लाग्ने कुम्भ मेलामा नेपाल र भारतका शङ्कराचार्य, धर्माचार्य, जगतगुरु, सन्तमहन्त, पीठाधीश, मठाधीश, विद्वान, विदुषिलगायत लगायत धार्मिक पर्यटकहरुको बाक्लो उपस्थिति हुँदै आएको छ । कुम्भस्नान गर्नकै लागि भक्तजनहरु कुम्भ मेला आउने गरेका छन् ।

    प्राचीन हरिद्वारका नामले समेत चिनिने चतराधाममा २०५९ सालेखि कुम्भको आयोजना हुँदै आएको छ । चतराधाममा प्रत्येक ६ वर्षमा अर्धकुम्भ मेला र बाह्र वर्षमा पूर्ण कुम्भ मेला लाग्ने गरेको हो ।

    मङ्गलबार, बैशाख ११, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २३ गते (६

    • २.
      आज २०८३ साल जेठ २४ गते (७

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८

    • ४.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer