• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, जेठ २७, २०८३
☰
बुधबार, जेठ २७, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

  • ५. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

गर्मी मौसममा दूध फाट्न नदिन अपनाउनोस् यी उपाय


  •   बुधबार, बैशाख १२, २०८१ मा प्रकाशित
  • काठमाडौं । देशभर गर्मी सुरु भइसकेको छ । यसको प्रभाव पनि देखिन थालेको छ । अचानक बढेको तापक्रमले धेरै समस्या निम्त्याइरहेको छ । गर्मी सुरु भएसँगै खानेकुरा छिटो छिटो बिग्रन थाल्छन् । विशेष गरी पकाएको खानेकुरा छिटै बिग्रन्छ ।

    Advertisement

    गर्मीको एउटा मुख्य समस्या भनेको दूध फाट्नु पनि हो । गर्मीका दिनमा दिनहुँ जसो दूध फाटेर हैरान बनाउँछ । दूधलाई बिग्रन नदिन राम्ररी उमालेर फ्रिजमा राख्नु वेश हुन्छ ।

    तर फ्रिज नभएको ठाउँमा वा दिनभरि बिजुली काटिएको बेलामा के गर्ने ? यस्तो अवस्थामा त दूध जोगाउन निकै गाह्रो हुन्छ । फ्रिज बिनै दूधलाई फाट्न नदिने केही उपाय पनि छन् ।

    आज हामी तपाईँलाई केही यस्ता टिप्स बताउनेछौँ, जसको सहायताले फ्रिजमा नराखीकनै दूधलाई २४ घण्टासम्म सजिलै ताजा राख्न सक्न सकिन्छ ।

    दिनमा ३–४ पटक उमालेर राख्ने

    दूध नफाटोस् भन्ने चाहनु हुन्छ भने २४ घण्टामा ३ देखि ४ पटकसम्म दूध उमालेर राख्नुस् । दूध उमाल्दाखेरि ग्यासको ठुलो आँच बनाउनु हुँदैन । सानो आँचमा राम्ररी तताउनुहोस् । हरेक पटक दूध उमाल्न राख्दा २–३ पटक उमालेपछि मात्रै ग्यास बन्द गर्नु पर्छ । दूध सेलाएर मनतातो भए पनि यसलाई प्लेट वा जालीले हल्का ढाक्नुहोस् । कहिलेकाहीँ कुँडे पूरै ढाकेर राख्दा पनि दूध फाट्छ ।

    दूधको भाँडोलाई सफा राख्ने

    दूध फाट्नुको एउटा कारण तताउने भाडा फोहोर हुनु पनि हो । हरेक पटक दूध उमाल्दा भाँडो सफा छ कि छैन भनेर राम्ररी जाँच्नुहोस् । यसकारण भाडा सफा गरेर मात्रै दूध उमाल्न हाल्नुहोस् । अथवा भाँडामा दूध हाल्नुअघि एक वा दुई चम्चा पानी हाल्नुहोस् जसले दूधलाई भाँडोको पिँधमा टाँसिन दिँदैन ।

    बेकिङ सोडाको प्रयोग

    कहिलेकाहीँ हामी दूध उमाल्न बिर्सन्छौँ । यस्तो भएको बेलामा दूधमा थोरै बेकिङ सोडा हाल्नुहोस् । यसले दूधलाई फाट्नबाट बचाउँछ । ग्यासमा दूध उमाल्न राख्दा त्यसमा एक चिम्टी बेकिङ सोडा मिसाएर चम्चाले बिस्तारै चलाउनुहोस् । यसो गर्नु भयो भने दूध फाट्दैन । बेकिङ सोडा हाल्दा ध्यान दिनु पर्ने कुरा चाहिँ के हो भने बेकिङ सोडा धेरै हाल्दा दूधको स्वाद बिग्रिन सक्छ । त्यसैले थोरै मात्र हाल्नु पर्छ ।

    प्याकेटको दूधलाई यसरी राख्नुहोस्

    शहरमा अधिकांशले प्याकेट दूधको प्रयोग गर्छन् । विज्ञहरूका अनुसार प्याकेट दूधलाई धेरै बेरसम्म उमाल्नु हुँदैन । दूधलाई कीटाणुमुक्त र संरक्षित राख्न कम्पनीले प्याकिङ गर्नुअघि दूधलाई राम्ररी तताइसकेको हुन्छ । यस्तो दूध धेरै बेर तताउँदा पोषक तत्त्व कम हुन्छ । प्याकेटको दूध ल्याउने बित्तिकै केही घण्टा भित्र सक्काउने प्रयास गर्नुहोस् । यसलाई अलि बेर राख्न चाहनु हुन्छ भने जूटको बोरालाई चिसो पानीले भिजाउनुस् अनि दूधको प्याकेटलाई त्यो चिसो बोरामा बेरेर राख्नुहोस् । यसो गर्दा प्याकेटको दूध ५ देखि ६ घण्टासम्म सजिलै सुरक्षित रहन्छ ।

     

    बुधबार, बैशाख १२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २३ गते (६

    • २.
      आज २०८३ साल जेठ २४ गते (७

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८

    • ४.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer