• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, जेठ २९, २०८३
☰
शुक्रबार, जेठ २९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

  • ५. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

मधुमेहका बिरामी काठमाडौंमा सबैभन्दा बढी


  •   बुधबार, बैशाख १२, २०८१ मा प्रकाशित
  • काठमाडौं । मधुमेह र उच्च रक्तचापका बिरामी काठमाडौंमा सबैभन्दा बढी पाइएका छन्। ६ महिनाको अवधिमा काठमाडौंभित्रका प्राथमिक स्वास्थ्य केन्द्रमा परीक्षण गराएका बिरामीमध्ये धेरैमा मधुमेह देखिएको हो। प्राथमिक स्वास्थ्य केन्द्रमार्फत जिल्ला जनस्वास्थ्य कार्यालयमा संकलित रिपोर्टअनुसार मधुमेहका रोगीको संख्या बढेको पाइएको महानगरले जनाएको छ।

    Advertisement

    उपचारमा पुगेका बिरामीमध्ये २१ हजार ६ सय ९२ जनामा मधुमेह देखिएको हो। उच्च रक्तचाप १९ हजार ६ सय ९२ जनामा, श्वास–प्रश्वाससम्बन्धी ११ हजार दुई सय ११, दाँतसम्बन्धी १० हजार २६, दाँत दुख्ने नौ हजार दुई सय, ज्वरो आउने आठ हजार दुई सय ४० र पेटसम्बन्धी सात हजार पाँच सय १५ जना छन्।

    पिसाब संक्रमण भएका ६ हजार दुई सय सातजना थिए। यो तथ्यांक काठमाडौ महानगरले प्राथमिक स्वास्थ्य केन्द्रमार्फत जिल्ला जनस्वास्थ्य सूचना प्रणालीबाट प्राप्त गरेको हो।

    मधुमेहका बिरामी धेरै हुनुमा गलत जीवनशैली मुख्य कारण रहेको महानगरकी स्वास्थ्य शाखा इन्चार्ज सजिरा महर्जनले बताइन्। दैनिक व्यायम, अस्वस्थ खानालगायतका कारण रोगीको संख्या बढ्दै गएको उनले बताइन्।

    संंघीय सरकारको नसर्ने रोेगको पहिचान र नियन्त्रण निर्देशिकाअनुसार महानगरले सबै वडाका स्वास्थ्य प्रवद्र्धन केन्द्रमा उपचारमा आउने बिरामीको नसर्ने रोगको परीक्षण गरेको थियो। नेपालको नेपाल स्टेप हेल्थ सर्वेक्षण २०१९ ले पनि नेपालमा नसर्ने रोग बढ्दै गएको देखाएको छ। महानगरपालिकाभित्र पनि सोही तथ्य देखा परेको काठमाडौं महानगरपालिकाकी स्वास्थ्य शाखा प्रमुख महर्जनले बताइन्।

    महानगरमा देखिएको नसर्ने रोगको स्थितिलाई नियन्त्रण गर्न महानगरले हालै स्थानीय तहका ७५ जना मेडिकल अफिसर तथा पारामेडिक्सलाई यी रोगको तत्काल उपचार तथा नियन्त्रणसम्बन्धी तालिम दिइसकेको महर्जनले बताइन्।

    ‘मधुमेह र उच्च रक्तचाप बढिसकेकालाई तालिमप्राप्त मेडिकल अफिसर र पारामेडिक्सले समेत औषधि दिन सक्नेछन्,’ उनले भनिन्। प्राथमिक केन्द्रबाटै औषधि वितरण गरेमा उनीहरूको स्वास्थ्य स्थिर राख्न सकिने उनले बताइन्। यसको साथै हरेक वडामार्फत स्थानीय तहमा नसर्ने रोगको बारेमा अन्तरक्रिया कार्यक्रम गर्ने योजना महानगरले लिएको छ।

    कम चिल्लो, कम गुलियो खाना, खानामा फलफूल तथा तरकारी र फाइबरयुक्त खानाको समावेस गरेमा मधुमेहको जोखिमबाट बच्न सकिने भएकाले यो सूत्र हरेक नगरवासीले अपनाउनुपर्ने महर्जनको सुझाव छ।

    यसका साथै दैनिक व्यायाम गर्ने अभ्यास गरी स्वस्थ रहन उनले सुझाव दिइन्। ‘मुख्य कुरा स्वस्थ जीवनशैली हो, यो हरेक नागरकले अपनाउनु आवश्यक छ,’ उनले भनिन्।

    बुधबार, बैशाख १२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २३ गते (६

    • २.
      आज २०८३ साल जेठ २४ गते (७

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८

    • ४.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer