• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, जेठ २९, २०८३
☰
शुक्रबार, जेठ २९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

  • ५. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

सामुदायिक विद्यालय सुधार गर्दै कृष्णपुरका अभिभावक


  •   बिहिबार, बैशाख १३, २०८१ मा प्रकाशित
  • कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिकामा रहेका सामुदायिक विद्यालयको सुधारका लागि स्थानीय अभिभावक नै अग्रसर हुन थालेका छन् । सामुदायिक विद्यालयमा राज्यको ठुलो लगानी भए पनि सोअनुसार प्रतिफल प्राप्त हुन नसकेको भन्दै अभिभावक विद्यालय सुधारका लागि अग्रसर हुन थालेका हुन् ।

    Advertisement

    धेरै अभिभावकले त निजी विद्यालयमा पढ्दै आएका आफ्ना नानीबाबुलाई छुटाएर सामुदायिक विद्यालयमा भर्ना गरी शैक्षिक गुणस्तर सुधारमासचेत हुन थालेका स्थानीयको भनाइ छ । त्यसरी अग्रसर हुनेमध्येका नगरपालिकाको वडा नम्बर २ वाणी निवासी महेशदत्त जोशीले निजी विद्यालयमा पढ्दै आएका आफ्ना नातिनातिनालाई घर नजिकैको सरस्वती माध्यमिक विद्यालयमा भर्ना गर्नुभएको छ ।

    प्रदेशसभाका पूर्वसदस्यसमेत रहनुभएका जोशीले सामुदायिक विद्यालयलाई सुधार गरी गुणस्तरीय शिक्षा दिने अपेक्षासहित निजी विद्यालयमा पढ्दै आएका दुई नातिनी र एक नातिलाई भर्ना गरेको बताउनुभयो । “सामुदायिक विद्यालयमा राज्यको ठुलो लगानी छ । त्यसको सुधारमा चासो राख्नु हामी नागरिकको पनि दायित्व हो । यहाँ रहेका अब्बल शिक्षक, भौतिक पूर्वाधार र लगानीलाई सदुपयोग गर्नसकेमा धेरै लाभ लिन सकिन्छ भन्ने अपेक्षासहित अभिभावक अग्रसर हुन थालेका छौँ”, जोशीले भन्नुभयो ।

    निजी विद्यालयमा जस्तै अङ्ग्रेजी माध्यम र गुणस्तरीय शिक्षण सिकाइमा ध्यान दिनसकेमा सामुदायिक विद्यालयमा अभिभावकको आकर्षण बढ्ने उहाँको बुझाइ छ । स्थानीय अर्जुनबहादुर सिंहले पनि निजी विद्यालयमा पढ्दै आएका नातिलाई वडा नम्बर २ स्थित सिद्धनाथ बालज्योति आधारभूत विद्यालयमा भर्ना गर्नुभएको छ । अभिभावक र शिक्षक मिलेर अगाडि बढे निजी क्षेत्रका विद्यालयमा जस्तै गुणस्तर सुधार गर्न सकिने अपेक्षासहित आफूले सामुदायिक विद्यालय रोजेको उहाँले बताउनुभयो ।

    “आफ्ना सन्तानलाई विद्यालय बाहिर राखेर सुधारका कुरा गर्दा रामो हुँदैन । त्यसैले शिक्षकसँग मिलेर विद्यालयको अवस्था सुधारमा आफैँ अग्रसर हुने योजनासहित हामीले सामुदायिक विद्यालय रोजेका छौँ । सबैको सामूहिक पहलबाट अवश्य सफल हुनेछौँ”, सिंहले भन्नुभयो । सोही विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष जीतबहादुर चौधरीले पनि केही वर्ष पहिले आफ्नी छोरीलाई नजिकैको निजी विद्यालयमा पढाउनुहुन्थ्यो । अहिले भने सामुदायिक विद्यालयको गुणस्तर सुधार हुन थालेपछि छोरीलाई आफैँ अध्यक्ष रहेको सामुदायिक विद्यालयमा भर्ना गर्नुभएको छ ।

    सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक अम्बादत्त बडू पनि सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने दायित्व सबै मिलेर पूरा गर्नुपर्ने बताउनुहुन्छ । पछिल्लो समय सामुदायिक विद्यालय सुधारका लागि स्थानीय अभिभावकले चासो राख्न थालेपछि आफूहरू पनि थप सचेत र सजग बनेको उहाँको भनाइ छ । “विद्यालयको आधारभूत तहमा अङ्ग्रेजी माध्यममा पठनपाठनसँगै कम्प्युटर प्रयोगशाला, पुस्तकालयलगायतको व्यवस्था छ । अब त्यसको सदुपयोग गर्दै शैक्षिक अवस्था सुधारका लागि शिक्षक, विद्यार्थी, अभिभावक र सम्पूर्ण सरोकारवाला मिलेर अगाडि बढ्न जरुरी छ । यसले पक्कै पनि सामुदायिक विद्यालयको अवस्था सुधार हुनेछ ।”

    बडूले आफ्नो विद्यालयले नियमित शिक्षण सिकाइको गुणस्तर सुधारमा जोड दिनुका साथै कमजोर विद्यार्थीका लागि निः शुल्क अतिरिक्त कक्षाको व्यवस्था र अतिरिक्त क्रियाकलापमा विद्यार्थीलाई उत्प्रेरित गर्ने काम गरिरहेको बताउनुभयो । अभिभावको चासो र अग्रसरताअनुसार स्थानीय तहले पनि सहजीकरणको काम गरिरहेको छ । वडा नम्बर २ का अध्यक्ष अर्जुन साउदले स्थानीय तहले नियमित अनुगमन गरी सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरको अवस्था बुझ्ने, लक्षित विद्यार्थीले छात्रवृत्ति पाए नपाएको, शैक्षिक सामग्रीको यथोचित व्यवस्था भए नभएको र शिक्षकले गरिरहेका क्रियाकलापबारे जानकारी लिने काम भइरहेको बताउनुभयो ।

    यस कार्यले सामुदायिक विद्यालयप्रति अभिभावको अभिरुचि बढ्न सहयोग पुगेको उहाँको बुझाइ छ । “असहाय, आर्थिकरुपमा विपन्न, अपाङ्गता भएका, दलित र वादी समुदायका बालबालिकालाई वडा कार्यालयका तर्फबाट निः शुल्क शैक्षिक सामग्री र पोसाक वितरण गरिरहेका छौँ । विद्यालयको अवस्था हेरेर अनुदानका कार्यक्रम पनि सञ्चालन हुँदै आएका छन् । अनुगमनलगायत उल्लेखित कार्यले शिक्षक, अभिभावक र विद्यार्थीलाई उत्प्रेरित गरिरहेको हाम्रो बुझाइ छ”, उहाँले भन्नुभयो ।

    नगरप्रमुख हेमराज ओझाले पनि शिक्षक, अभिभावक र विद्यालय व्यवस्थापन समितिसँग संवाद, सामुदायिक विद्यालयको कार्यसम्पादन मूल्याङ्कन र गुणस्तर मापन संयन्त्र बनाएर सुधारका लागि पहल भइरहेको बताउनुभयो । “शैक्षिक गुणस्तर सुधारका लागि शिक्षक विद्यार्थीको अनुपातमा विद्यालयको भौतिक संरचना सुधार, तहगतरुपमा शिक्षक दरबन्दी मिलान, शिक्षकको क्षमता विकासका लागि तालिम, एउटा वडाको कम्तीमा एउटा सामुदायिक विद्यालयमा अङ्ग्रेजीमाध्यमबाट पठनपाठन गर्ने व्यवस्था मिलाइएको छ । यसले विद्यालयको समग्र अवस्था सुधारमा सकारात्मक योगदान पुगेको छ”, नगरप्रमुख ओझाले भन्नुभयो । कृष्णपुर नगरपालिकामा ३४ वटा सामुदायिक विद्यालय रहेका छन् भने चालु शैक्षिक सत्रमा १६ हजारभन्दा बढी विद्यार्थी ती विद्यालयमा भर्ना भएका छन् । रासस

    बिहिबार, बैशाख १३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २३ गते (६

    • २.
      आज २०८३ साल जेठ २४ गते (७

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८

    • ४.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer