• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, जेठ २७, २०८३
☰
बुधबार, जेठ २७, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

  • ५. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

हाँडीगाउँमा गहना खोज्ने जात्रा


  •   बिहिबार, बैशाख १३, २०८१ मा प्रकाशित
  • काठमाडौँ । आमा टुँडालदेवीलाई छोरी भाटभटेनीले भेट्न जाँदा आफ्नी आमाको एक व्यक्तिसँग अनैतिक सम्बन्ध रहेको थाहा पाउँछिन् । त्यसपछि रिसाएर फर्केकी भाटभटेनीको गहना पोखरीमा हराउँछ । त्यही गहना खोज्न पोखरीमा देवीको खट लगी जात्रा गरियो । सोही गहना खोज्ने परम्परा अन्तर्गत यो जात्रा हालसम्म जीवन्त रहँदै आएको छ । टुँडालदेवीको खटलाई हाँडीगाउँस्थित गहनापोखरीभित्र तीन पटक परिक्रमा गराएपछि पोखरीमा देवीको गहना खोज्ने तिसाः मालिगू जात्रा गरिन्छ । लिच्छवीकालदेखि सुरु भएको मानिने सो जात्रा अरू स्थानका जात्राभन्दा भिन्न छ । त्यसैले ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ भन्ने आहान पनि चलनमा छ ।

    Advertisement

    त्वरंः अजिमा (वैष्णवी टुँडालदेवी) को मूर्तिलाई खटमा राखेर तिसाः मालिगू पुखु (गहना खोज्ने पोखरी) भित्र डुबाएर परिक्रमा गराइन्छ । ल्हुती पुन्हीका दिन टुँडालदेवीको जात्रा सुरु हुन्छ । त्यस दिन मपता अजिमा (भाटभटेनी) को मूर्तिलाई पनि टुँडालदेवी ल्याउने गरिन्छ । त्यसको भोलिपल्ट प्रतिपदाका दिन गहनापोखरीमा गहना खोज्ने जात्रा हुन्छ ।

    हाँडीगाउँ संस्कृति तथा जात्रा संरक्षण समितिका सूर्यलाल प्रजापतिले भाटभटेनी अजिमाको गहना खोज्ने जात्रा भए पनि ऐतिहासिक घटनासँग सम्बन्धित रहेको बताउनुहुन्छ । उहाँका अनुसार मानदेवको समयमा विशालनगरका रूपमा स्थापित हालको हाँडीगाउँ काठमाडौँकै गहना रहेको थियो । द्वापरयुगको अन्त्य र कलियुगको सुरुवाती समय हाँडीगाउँमा रहेको कैलाशकुट भवनमा तोला महारानी भन्ने रानी थिइन् । त्यहाँ दयालु र धर्मात्मा रानीको महल गरगहनाले भरिभराउ थियो । तोला महारानी आफ्नो करुणाका कारण उक्त पोखरीमा पातमा बसेर स्नान गर्नुहुन्थ्यो । उहाँमा सम्पत्तिको लोभले जनतामाथि कर लगाउने निर्णय गरियो । तोला महारानीको सान लोभले खुम्चिएपछि पातमा बसेर स्नान गर्दा लडबडाउँदै खस्न पुगिन् । त्यसपछि दरबार क्षेत्रमा रहेको पोखरीमा जनताका लागि गहना खोज्ने जात्रा सञ्चालन गरिएको बताइन्छ ।

    उहाँका अनुसार जात्रा सकेपछि मूर्तिलाई मन्दिरमा प्रतिस्थापन गरिन्छ । जात्रा तीन दिन हुन्छ । मूर्तिलाई सात दिन समयबाहिर राखिने गरिन्छ । त्यस क्रममा पोखरीबाहिर टुँडालदेवीकी बहिनीको खटलाई पनि परिक्रमा गराइन्छ । चैत्र शुक्ल पूर्णिमाका दिन टुँडालदेवीको परम्परागत जात्रा चलाइन्छ । भाटभटेनीको मूर्ति टुँडालदेवी मन्दिरमा ल्याउने चलन छ ।

    बलि दिइएको राँगाको रगतले नुहाएका द्यलाः (एक जाति) पूजारीलाई शिरमा राखी गरिने टुँडालदेवी (त्वरः अजिमा) को गहना खोज्ने जात्रा परम्परा अनुसार चैत्र शुक्ल प्रतिपदाका दिन हुने गर्छ । टुँडालदेवी मन्दिरको पुजारी अद्यपि द्यलाः जातको हुने गर्दछ । त्रयोदशीको राति भाटभटेनी (मपता अजिमा) लाई टुँडालदेवीबाट फर्काइँदा मृत्युकर्ममा बजाइने सिंबाजा बजाइन्छ । सो खट हेर्नुहुँदैन भन्ने मान्यता रहेको पाइन्छ । जात्रामा टुँडालदेवी (आमा), भाटभटेनी (छोरी–ज्वाइँ), नक्साल भगवती, मनमानेश्वरी, धुम्बाराहीसहित धनगणेशलगायतका देवीदेवताको खटजात्रा हुने गर्दछ ।

    बिहिबार, बैशाख १३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २३ गते (६

    • २.
      आज २०८३ साल जेठ २४ गते (७

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८

    • ४.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer