• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, जेठ २९, २०८३
☰
शुक्रबार, जेठ २९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

  • ५. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

मगर भाषा संरक्षणका लागि ‘अक्खा लिपि’ प्रशिक्षण


  •   बिहिबार, बैशाख १३, २०८१ मा प्रकाशित
  • स्याङ्जा । स्याङ्जाको वालिङमा मगर भाषा संरक्षणका लागि अक्खा लिपिका बारेमा प्रशिक्षण दिइएको छ । विशेष गरी नयाँ पुस्तालाई अक्खा लिपिका बारेमा सिकाएर भाषा तथा संस्कृतिको संरक्षणका लागि प्रशिक्षण दिइएको हो ।

    Advertisement

    वालिङ नगरपालिकाको आर्थिक सहयोग र नेपाल मगर सङ्घ वालिङ नगर समितिको आयोजनामा वालिङमा १५ दिने प्रशिक्षण सुरु भएको नगर समितिका उपाध्यक्ष सीता थापाले बताउनुभयो । “मगर भाषाको संरक्षण र सम्वद्र्धन गर्दै पछिल्लो पुस्तामा हस्तान्तरण गर्नु जरुरी छ”, उहाँले भन्नुभयो, “बेलैमा भाषा तथा लिपि संरक्षणतर्फ लागिएन भने हाम्रो संस्कार संस्कृति नै लोप भएर जान्छ, लोप हुन नदिनका लागि प्रशिक्षणको आयोजना गरेका हौँ ।”

    प्रशिक्षणमा वालिङ नगरपालिकाभित्रका १४ वटा वडाबाट दुई-दुई जना र नगर समितिका पदाधिकारी तथा सदस्य गरी झण्डै ५० जनाको सहभागिता रहेको छ । मगर भाषा बोल्न, लेख्न सिकाइने र प्रशिक्षणमा सहभागी भएकाले गाउँघरमा फर्केर अरुलाई सिकाउने भएकाले भाषा तथा लिपि संरक्षणमा प्रभावकारी भूमिका खेल्ने विश्वास उपाध्यक्ष थापाको छ ।

    “भाषा थाहा भए पनि लिपिका बारेमा ज्ञान नहुँदा समस्या हुने गरेको छ”, उहाँले भन्नुभयो, “विशेष गरी अक्खा लिपिका बारेमा सहभागीलाई लेख्न सिकाइने भएकाले भाषा र लिपि संरक्षण हुने र पछिल्लो पुस्तामा पुस्तान्तरण गर्दै लगिनेछ ।” नेपाल मगर लेखक सङ्घका केन्द्रीय सदस्य एवम् भाषाविद् पूर्णबहादुर रानामगरले अक्खा लिपिबाट अन्य धेरै लिपिको विकास भएको बताउनुभयो ।

    पुरानो पुस्ताले आफ्नो लिपि नयाँ पुस्तामा हस्तान्तरण गर्न सकेमात्रै यसको संरक्षण हुने भएकाले प्रशिक्षण सञ्चालन गरिएको बताउनुभयो । प्रशिक्षणमा नयाँ पुस्ता एवम् युवायुवतीको आकर्षण बढ्दै गएकाले पनि भाषा तथा लिपि संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास आयोजकको छ । रासस

    बिहिबार, बैशाख १३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २३ गते (६

    • २.
      आज २०८३ साल जेठ २४ गते (७

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८

    • ४.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer