• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, जेठ ३०, २०८३
☰
शनिबार, जेठ ३०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

शुक्लाफाँटाका बासिन्दाको घरदैलोमै स्वास्थ्य सेवा


  •   शुक्रबार, बैशाख १४, २०८१ मा प्रकाशित
  • कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाका बासिन्दाको स्वास्थ्य सेवामा सहज रूपमा पहुँच पुगेको छ । वडा–वडामा स्वास्थ्य संस्था स्थापना भई सञ्चालनमा आएपछि स्थानीय बासिन्दाले घरदैलोमै स्वास्थ्य सेवा पाएका हुन् ।

    Advertisement

    नगरपालिकाका १२ वटै वडामा स्वास्थ्य संस्था स्थापना गरी सेवा सञ्चालन हुँदै आएको नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख परमाननद भट्टले बताए ।

    उनका अनुसार स्वास्थ्य चौकी तीन, सहरी स्वास्थ्य केन्द्र दुई, आधारभूत स्वास्थ्य केन्द्र नौ गरी १४ स्वास्थ्य संस्था नगरपालिकामा सञ्चालनमा रहेका छन् । स्वास्थ्य संस्थासँगै खोप क्लिनिक २१, गाउँघर क्लिनिक दुई र माइक्रोस्कोपी केन्द्र चार रहेका छन् ।

    “सबै स्वास्थ्य संस्थामा दक्ष स्वास्थ्यकर्मीको व्यवस्था गरिएको छ”, उनले भने, “बिरामीको अवस्था हेरी निःशुल्क रूपमा औषधि उपलब्ध गराउने व्यवस्था मिलाएका छौँ ।” सुरक्षित प्रसूतिका लागि पहिले महेन्द्रनगर, धनगढी लगायतका अस्पताल जानुपर्ने बाध्यता रहेको थियो । हाल चार स्वास्थ्य संस्थामा चौबीस घण्टे बर्थिङ सेन्टर सञ्चालनमा ल्याइएको छ ।

    बर्थिङ सेन्टरमा रहेका तालिम प्राप्त दक्ष स्वाथ्यकर्मीले सुरक्षित रुपमा प्रसूति गराउँदै आएका छन् । चार स्वास्थ्य संस्थामा न्यून शुःल्कमा प्रयोगशाला सेवा उपलब्ध गराइँदै आएको शाखा प्रमुख भट्टको भनाइ छ ।

    नगरपालिकाकै पुरानो वडा नं ४ असैनामा रहेको पिपलाडी स्वास्थ्य चौकीमा चिकित्सकीय सेवा उपलब्ध हुदै आएको छ । “चिकित्सकीय सेवा नहुँदा नगरपालिका क्षेत्रका बासिन्दाले टाढा जानुपर्ने अवस्था विगतमा थियो”, वडा नं ४ का वडाध्यक्ष कमल ठकुल्लाले भने, “त्यसै समस्यालाई मध्यनजर गरी नगरपालिकाबाटै तलब व्यहोर्ने गरी चिकित्सकको व्यवस्था गरिएपछि स्थानीयले सहज रुपमा सेवा लिँदै आएका छन् ।”

    झलारी स्वास्थ्य चौकी र वडा नं ५ मा रहेको आधारभूत स्वास्थ्य संस्थालाई छाडेर अन्य वडामा रहेका स्वास्थ्य संस्थामा पक्की भवन निर्माण गरिएका छन् । स्वास्थ्य संस्थामा कार्यक्रम सञ्चालनका लागि मात्रै नगरपालिकाले आव २०८०÷८१ मा रु ९८ लाख २२ हजार बजेट विनियोजन गरेकामा हालसम्म रु ४६ लाख ३१ हजार ७३ रकम खर्च गरेको छ ।

    औषधी खरिदका लागि रु ४२ लाख रकम विनियोजन गरिएकामा रु १४ लाख ९५ हजार चार सय ८८ को औषधी खरिद गरिएको छ । चालु आवको हालसम्म स्वास्थ्य संस्थाबाट ३१ हजार सात सय ८९ जनाले उपचार सेवा पाएका छन् । खोप सेवा पाएका बालबालिका पाँच हजार एक सय चार, परिवार नियोजन सेवा तीन हजार एक सय ६१, सुरक्षित मातृत्व सेवाअन्तर्गत बर्थिङ सेन्टरमा तीन सय ५५ महिलाले सुत्केरी सेवा लिएका छन् ।
    सुरक्षित गर्भपतन सेवा एक सय ८१ र घरमै पुगेर सुत्केरी भएका पाँच सय सात महिलालाई सेवा उपलब्ध गराइएको छ । एक हजार तीन सय ४२ जनाको गर्भजाँच गरिएको छ । छ हजार सात सय ६३ बालबालिकालाई पोषण सेवा उपलब्ध गराइएको छ ।

    क्षयरोग कार्यक्रम सेवा ४७, कुष्ठरोग सेवा दुई र एचआइभी एड्स जाँच सेवा तीन सय ८० महिलालाई उपलब्ध गराइएको छ । “प्रदेश आपूर्ति व्यवस्थापन केन्द्र धनगढीमा आवश्यक समन्वय गरी अत्यावश्यक स्वास्थ्य उपकरण तथा औषधी व्यवस्थापनको कार्य गरेका छौँ”, शाखा प्रमुख भट्टले भने, “पिपलाडी स्वास्थ्य चौकीलाई एआरभी साइटमा दर्ता गरी रेबिज भ्याक्सिन सेवा सुरु गरेका छौँ, योसँगै सर्पदंश उपचार केन्द्र अर्जुनीमा मागबमोजिमको औषधी र उपकरण उपलब्ध गराउने कार्य हुँदै आएको छ ।”

    शुक्रबार, बैशाख १४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २४ गते (७

    • २.
      आज २०८३ साल जेठ २५ गते (८

    • ३.
      आज २०८३ साल जेठ २६ गते (९

    • ४.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer