• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, जेठ २९, २०८३
☰
शुक्रबार, जेठ २९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

  • ५. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

बाह्रबर्से नाचमा सेन राजाका कथा


  •   सोमबार, बैशाख १७, २०८१ मा प्रकाशित
  • हेटौँडा । बोका र राँगाको बलिसहित तान्त्रिक विधिपूर्वक पूजाआजा गरी गोपाली बस्ती कुन्छालमा १२ बर्से नाच सम्पन्न गरिएको छ । शनिबार नाच सकिएपछि आइतबार कुन्छाल गाउँमा नाचमा सहभागी कलाकार, गुरुलगायत सहयोगी र गाउँलेको सहभागितामा विशेष भोज लगाइने गरिन्छ । शनिबार दुई वटा बोका र एउटा राँगाको बलि दिएर प्रसाद वितरण गरिएको थियो ।

    Advertisement

    गोपालवंशीको इतिहास बोकेको १२ बर्से नाचका क्रममा देवीको नाच प्रदर्शन गरिने प्रचलन रहेको छ । कुन्छाल नाच व्यवस्थापन समितिका सदस्य रूपचन्द्र गोपालीका अनुसार बाह्रवर्षे नाचको पूजाआजासहित तान्त्रिक विधिबाट साँगे गरी प्रसाद वितरण गरिएको छ । बाह्रवर्षे नाच ग्वाला (गोपाली) को पुरानो बस्ती कुन्छालको ऐतिहासिक नाच हो । संयोगान्त र वियोगान्त दुवै कथामा आधारित नाच प्रदर्शन गरिन्छ । १२ वटा डबली (खट) मा प्रदर्शन गरिने यो नाच प्रदर्शनीको तयारी छ महिनाअघिदेखि गरिन्छ ।

    यसअघि कुन्छालस्थित गोपाली बस्तीका डबलीमा बिहीबार र शुक्रबार नाच देखाइएको थियो । दुवै दिन राति ८ बजेबाट ११–११ घण्टा गरी २२ घण्टा सेन राजाहरू कामसेन र चन्द्रसेनको कथामा आधारित नाच प्रदर्शन गरिएको थियो ।

    मकवानपुरको थाहा नगरपालिका–१ का गाउँटोलमा यो नाच देखाइन्छ । १२ वटा खटमध्ये कुलगाउँ र टिस्टुङमा दुईबाहेक बाँकी सबै कुन्छालस्थित मूल डबलीमा नाच प्रदर्शन गर्ने गरिएको छ । यस पटकको बाह्रवर्षे नाच २०७९ फागुन १४ गतेबाट मूल खटबाट सुरु भएको थियो ।

    अब १२ वर्षपछि नाच लाग्छ । नाच सुनागुठीमार्फत सञ्चालन हुने गरेको छ । गुठीमा परम्परागत रूपमा धामी, कजी, नाचमा संवादका लागि भाषागुरुलगायत व्यवस्था गरिएको हुन्छ । भाषागुरुले नाचको संवादको काम गर्ने, नाचको दुवैतर्फ राखेर मादल बजाउन सिकाउने, गीत, सङ्गीतसँगै कलाकारले आफ्नो भूमिका अनुसार नाच नाच्ने गर्छन् ।

    सोमबार, बैशाख १७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २३ गते (६

    • २.
      आज २०८३ साल जेठ २४ गते (७

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८

    • ४.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer