• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, भदौ ०७, २०८३
☰
आइतबार, भदौ ०७, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

रामेछापमा पहिलोपटक जुनारमा ‘ट्याग’


  •   सोमबार, बैशाख १७, २०८१ मा प्रकाशित
  • रामेछाप । जुनार बगैँचालाई थप व्यवस्थित गर्ने उद्देश्यले रामेछापमा पहिलो पटक जुनारको बोटमा ‘ट्याग’ लगाउने कार्यको थालनी भएको छ । रामेछाप नगरपालिका–७ ओख्रेनीका जुनार कृषक रामकुमार कार्कीको बगँैचामा रहेका जुनारका बोटमा नम्बरिङ गरी जुनारको बोटमा ट्याग लगाउन थालिएको हो ।

    Advertisement

    स्थानीय विपीन भट्टराईले भन्नुभयो, “जुनारको बोटमा ट्याग लगाएर नम्बरिङ गरेपछि आफ्नो बगैँचामा कति बोट जुनार छन् भन्ने किसालाई यकीन हुने र कति नं बोटको जुनार कस्तो फल्यो, बोट तथा उमेरअनुसार फल दियो कि दिएन भन्ने कुरालाई सहज बनाउनेछ । त्यसैगरी कुन बोटमा कस्तो रोग लागेको छ त्यसलाई के उपचार गर्न सकिन्छ भन्नेजस्ता कुराहरुको जानकारी यो ट्यागले दिने भएको हुँदा यो आवश्यकता महसुस गरेर जुनार कृषकले आफ्नै लगानीमा जुनारका बोटमा ट्याग लगाउन सहज होस् भनी यो अभियान थालिएको हो ।”

    त्यतिमात्र होइन जुनार कृषक घर नभएको अवस्थामा प्राविधिक पुगे भने पनि यति नं को बोटमा यस्तो रोग लागेको छ भनेर टेलिफोनबाट पनि भन्न र उपचार गराउन सकिन्छ । यसरी ट्याग लगाउँदा जुनारलाई ब्राण्डिङ र बजारीकरणमा पनि सहज हुने भएकाले जानकारको अनुरोधमा आफूले यो कार्यको सुरुआत गरेको ओख्रेनीका जुनार कृषक कार्कीले बताउनुभयो ।

    सो नगरपालिकालाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले जुनार जोनका रुपमा काम गर्दै आइरहेको छ । जुनारको पहिचान बनाउन सफल बन्दै गएको यस जिल्लाका सबै जुनार बगैँचामा यसरी ट्याग लगाउने तयारी भइरहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख थिरलाल गैरेले बताउनुभयो ।

    अहिले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र कृषि ज्ञानकेन्द्रको प्राविधिक सहयोगमा ट्याग लगाउने काम सुरु भएको हो । यसपछि कुन बोटमा कस्तो जुनार फलिरहेको छ भन्ने कुरा मोबाइलमा स्क्यान गरेर थाहा पाउने प्रविधि पनि भित्र्याउने तयारी पनि भइरहेको प्रमुख गैरेले बताउनुभयो ।

    अहिले सुरुआतीको चरणमा कृषकलाई सहज होस् भनेर आफूले एकमा ट्याग निःशुल्करुपमा जुनार कृषकलाई उपलब्ध गराएको रामेछाप–काठमाडौँ सिर्जनशील समाजका अध्यक्ष तथा स्थानीय विपीन भट्टराईले बताउनुभयो ।

    ट्याग लगाउने कामको शुभारम्भ गदै रामेछापका नगर प्रवक्ता समीर कार्कीले रामेछाप नगर क्षेत्रभित्रका सबै जुनारका रुखमा ट्याग लगाउने कार्य आगामी आर्थिक वर्षबाट कार्यान्वयन हुनेगरी नगरपालिकाले पनि योजनामा राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    सोमबार, बैशाख १७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer