• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, जेठ २७, २०८३
☰
बुधबार, जेठ २७, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

  • ५. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

नखानु है कटन क्यान्डी


  •   सोमबार, बैशाख १७, २०८१ मा प्रकाशित
  • काठमाडौं । मुनाका साथीहरू, तपाईंहरू आफ्ना अभिभावकसँग कतै घुम्न जाँदा हेर्दै आकर्षक देखिने ‘रङ्गीन कटन क्यान्डी’ देख्यो भने किनिदिन भन्नुहुन्छ होला होइन । अझ कसैले त रङ्गीन कटन क्यान्डी जसरी पनि किनिदिन भन्ने र झगडा नै गर्ने गरेको पनि देखिन्छ । अबदेखि यस्तो कुरा नखानु होला ।

    Advertisement

    हुन पनि परिवारसँगै बजार, सडकपेटी, मेलालगायतका स्थानमा हिँड्दा बालबालिकाको पहिलो रोजाइ बन्छ रङ्गीन ‘कटन क्यान्डी’ । यसप्रति बालबालिकाको यस्तो आकर्षण हुन्छ कि उनीहरू यसका लागि झगडा गर्नसमेत तम्सिन्छन् ।

    तर खुला रूपमा बिक्रीवितरण भइरहेको रङ्गीन कटन क्यान्डीमा मानव स्वास्थ्यमा गम्भीर असर पु¥याउने अखाद्य रङ रोडामाइन ‘बी’ को प्रयोग भएको पाइएको छ । बजार, सडकपेटी, मेला, महोत्सवलगायतका स्थानमा खुला रूपमा बिक्रीवितरण भइरहेको रङ्गीन कटन क्यान्डीमा मानव स्वास्थ्यमा गम्भीर असर पु¥याउने अखाद्य रङ रोडामाइन ‘बी’ को प्रयोग भएको पाइएको छ ।

    तपाईंहरूलाई थाहा छ ? काठमाडौँ महानगरपालिकालगायत अरू केही पालिकाले त अखाद्य रङयुक्त कटन क्यान्डी प्रयोग, उत्पादन तथा बिक्रीमा रोक पनि लगाएका छन् । केही महिना अगाडि महानगरपालिका क्षेत्रभित्र बिक्री गरिँदै आएको कटन क्यान्डीको खाद्य गुणस्तर परीक्षण गर्दा त्यसमा अखाद्य तत्व मिसाइएको पाइएकोले त्यसले आमउपभोक्ताको स्वास्थ्यमा असर गरेको महानगरले जनाएको छ ।

    महानगरपालिकाले एक सार्वजनिक सूचना जारी गर्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयमा नमुना परीक्षण गराउँदा प्रयोगशालाको विश्लेषण प्रतिवेदनमा क्यान्डीमा अखाद्य रङ ’रोडामाइन बी’ पाइएको भन्दै क्यान्डीको बिक्रीमा रोक लगाएको हो । यसलाई अरू पालिकाले पनि काम गरिरहेका छन् ।

    महानगरले आफ्नो क्षेत्रभित्र क्यान्डीको प्रयोग तथा बिक्रीवितरण नगर्न अनुरोध गर्दै चेतावनीयुक्त जरिबानासमेत तोकेको छ ।अखाद्य वस्तुले आमउपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पुर्‍याउने भएकाले महानगरपालिका क्षेत्रभित्र यस्ता अखाद्य रङयुक्त वस्तु प्रयोग तथा

    बिक्रीवितरण नगर्न/नगराउन अनुरोध गर्दछौँ, महानगरको सूचनामा उल्लेख छ, “यदि काठमाडौँ महानगरपालिका क्षेत्रभित्र अखाद्य वस्तु उत्पादन, बिक्रीवितरण गरेको पाइएमा पाँच हजारदेखि दुई लाख रुपियाँसम्म जरिबाना हुनेसमेत जानकारी गराइन्छ, महानगरले जारी गरेको सूचनामा उल्लेख छ ।”

    महानगरपालिकाले बजार अनुगमन गर्दा कटन क्यान्डी उत्पादन गर्ने उद्योग भेटिएको छैन । यसलाई पूर्णनिषेध गर्ने तयारीमा महानगर रहेको छ । सार्वजनिक स्थानमा धेरै बिक्री हुने गरेको कटन क्यान्डीको बिक्रीलाई रोक्ने हो भने यसबाट निम्तिने समस्या कम हुने अपेक्षा गरिएको छ ।

    त्यसैले कटन क्यान्डी मात्रै होइन बालबालिकाका लागि खानेकुरा किन्दा गुणस्तर हेरेर मात्र किन्नु पर्छ । कटन क्यान्डीको हकमा त न त्यसमा उत्पादक कम्पनीको नाम हुन्छ न त उत्पादित मिति नै हुन्छ । खानेकुरा किन्दा उत्पादन मिति, उपभोग्य मिति, अधिकतम मूल्य, खाद्य अनुज्ञा अनुमतिपत्रसम्बन्धी जानकारी भएको लेबल हेरेर मात्र खरिद गर्न महानगरपालिकाले उपभोक्तालाई आग्रह पनि गरेको छ ।

    तीव्र र गम्भीर क्षति निम्त्याउन सक्छ

    चिकित्सकका अनुसार रोडामाइन ‘बी’ शरीरमा प्रवेश गर्दा कोषिका र तन्तुमा अक्सिडेटिभ तनाव उत्पन्न हुने भएकाले यो मानव शरीरका लागि विषाक्त छ । डा. विकास भट्टराईका अनुसार लामो समयसम्म रोडामिन ‘बी’ को प्रयोगले छाला, कलेजोमा समस्या वा क्यान्सरसम्मको गम्भीर समस्या निम्त्याउन सक्छ ।

    खानाको माध्यमबाट यस्ता पदार्थ प्रयोग हुँदा झन् समस्या निम्तिन सक्ने भएकाले सचेत हुन आवश्यक छ । भारतका विभिन्न सहरमा पनि अखाद्य कटन क्यान्डीको बिक्रीवितरणमा रोक लगाइएको छ । यस्तो कुरा नकिनौँ र बालबालिकालाई नखुवाऔँ । घातक केमिकल प्रयोग नभएको पहिचान गरेर खान योग्य कटन क्यान्डी खान सकिने भए पनि यसका लागि आम रूपमा चेतनास्तर बढाउनुपर्ने आवश्यकता रहेको पनि उहाँको भनाइ छ ।

    मानव शरीरमा मात्र नभई रोडामाइन ‘बी’ अन्य जनावर, बोटबिरुवा र वातावरणका लागिसमेत घातक मानिएको छ ।(गोरखापत्र)

    सोमबार, बैशाख १७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २३ गते (६

    • २.
      आज २०८३ साल जेठ २४ गते (७

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८

    • ४.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer