• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, जेठ २७, २०८३
☰
बुधबार, जेठ २७, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

  • ५. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

गर्मीमा दही खानुहोस्, फाइदा कति हो कति


  •   मङ्गलबार, बैशाख १८, २०८१ मा प्रकाशित
  • काठमाडौँ । मानिस दही, मोही लस्सी धेरै खाने गर्छन्। गर्मी मौसममा शरीरमा अत्यधिक मात्रामा पसिना आउने भएकोले पनि हाम्रो शरीरमा पानीको मात्रा पनि कम हुने गर्दछ। जसका कारण शरीरले सामान्य अवस्थाको भन्दा बढी पानी खपत हुने गरेको हुन्छ।

    Advertisement

    दहीले हामीले खाएका खानेकुरालाई पचाउन मद्दत गर्ने गर्छ। यति मात्र होइन दही सेवन गर्दा स्वास्थ्यमा धेरै फाइदा पुग्ने चिकित्सकहरू बताउँछन्। दहीको नियमित सेवनले गर्मी याममा स्वास्थ्य तथा सुन्दरतालाई प्रवर्द्धन गर्न सहयोग पुराउँछ।

    अपचको समस्या कम हुन्छ

    बिहान बेलुकाको खानासँग दही पिउने गर्दा हामीले खाएको खानेकुराले खाने कुरालाई सहजै पाचन प्रक्रियामा लैजाने गर्छ। दहिले पाचन प्रक्रियालाई सहज बनाउने चिकित्सकको भनाइ छ। शरीरमा भएको बोसोको मात्रालाई पनि नियन्त्रण गर्न सहयोग गर्छ। साना दूध चुस्ने बच्चालाई दूध अपच भएर वान्ता हुने वा पखाला लाग्ने भएमा पनि दहीमा मह मिलाएर खुवाउँदा निकै फाइदा पुग्छ।

    शरीरको तापक्रमलाई सन्तुलन राख्छ

    गर्मी याममा दहीको सेवनले शरीरको तापक्रमलाई ठिक्क मात्रामा वा सन्तुलनमा राख्ने काम गर्छ। शरीरको भित्री गर्मी हटाउने कामका लागि पनि दही निकै लाभदायक मानिन्छ।

    भोक जगाउँछ

    यो मौसममा पेट पोल्ने, छाला सम्बन्धी समस्या तथा खाना अपच हुने, झाडापखाला लगायतका रोगहरू अधिकांश मान्छेलाई लाग्ने हुनाले भोक नलाग्ने वा खानेकुरा नरुच्ने समस्या धेरैलाई हुन्छ। यस्तो समस्याका लागि दहीको सेवनले भोकसम्म जगाउने काम गर्छ।

    छालाका लागि उत्कृष्ट

    गर्मीको समयमा अनुहारमा चाया निस्कने, छालाको पत्र उप्किने जस्ता समस्या देखिन्छन्। अनुहारमा दहीको लेपन गरेर केही समय राखेर सफा गर्दा अनुहारको छाला नरम र चम्किलो हुन्छ। घामले डढेर कालो भएको छालामा दही र कागतीको रस मिलाएको लेप लगाउँदा फाइदा पुग्छ।

    विभिन्न रोगको लागि फाइदाजनक

    दैनिक दहीको सेवनले मुटुको रोग, उच्च रक्तचाप जस्ता रोगलाई निको पार्न मद्दत पुग्छ। कोलेस्ट्रोल बढ्न रोक्नुका साथै मुटुको धड्कनलाई ठिक राख्न मद्दत गर्ने गर्दछ। दहीमा क्याल्सियमको मात्रा अधिक पाइन्छ, जसले हड्डीको विकासमा धेरै सहयोग पुर्‍याएर बलियो बनाउन मद्दत गर्दछ।

    रोग प्रतिरोधक क्षमता बढाउँछ

    दहीले रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि गर्छ। दैनिक रूपमा दहीको सेवनले गर्मीमा हुने एलर्जीको समस्यामा पनि समाधान गर्छ। दाँतसँग सम्बन्धित रोगलाई पनि दहिले धेरै फाइदा गर्छ।

    पसिनाको दुर्गन्ध कम गर्छ

    गर्मीमा हामी जो कोहीलाई पनि पसिना निकै आउने गर्छ। यस्तो अवस्थामा दही र बेसनको मिश्रणले मालिस गरेर केही समय राखी नुहाउनाले पसिनाको दुर्गन्ध हराउँदै जान्छ।

    अल्सरका बिरामीलाई फाइदाजनक

    कुनै बिरामीलाई अल्सर भएको छ भने उनीहरूका लागि दहीको सेवन निकै लाभदायक मानिन्छ। दहीमा थोरै ज्वानो र बिरे नुन मिसाएर दैनिक रूपमा बेलुका सुत्ने बेला सेवन गर्न सकिन्छ।

    दहीको असर

    हामीले कहिले पनि खाली पेटमा दही खानु हुँदैन। यसमा पाइने प्रोबायोटिक ब्याक्टेरियाले खाली पेटको एसिडको स्तर बढाउने हुँदा पेट पोल्ने समस्या निम्तन सक्छ। राति पनि दही खानु हुँदैन।

    रातिको तापक्रम चिसो हुँदै जाने हुँदा दही चिसो पदार्थ भएको कारणले खकारको मात्रा बढाउँछ। त्यसको प्रभाव सुरुमा छातीमा पर्छ। बिस्तारै छाती दुख्ने, खसखस हुने, शिथिलता बढ्नुका साथै कार्यक्षमतामा ह्रास आउँछ।

    मङ्गलबार, बैशाख १८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २३ गते (६

    • २.
      आज २०८३ साल जेठ २४ गते (७

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८

    • ४.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer