• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, जेठ २९, २०८३
☰
शुक्रबार, जेठ २९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

  • ५. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

पिसाबको रङ कस्तो हुनुपर्छ ? कुन रङ सामान्य र कुन असामान्य हो ?


  •   बुधबार, बैशाख १९, २०८१ मा प्रकाशित
  • पिसाबको रङ कस्तो हुनुपर्छ? कुन रङ सामान्य र कुन असामान्य हो? पिसाबको रङले स्वास्थ्यका बारेमा यसो भन्छ

    Advertisement

    चिकित्सा शिक्षाको प्रारम्भिक दिनदेखि नै रोग निदानमा पिसाब एक उपयोगी माध्यम भएको छ। यसले तपाईको शरीरमा के भइरहेको छ? भन्ने बारे धेरै कुरा बताउन सक्छ। तपाई कत्तिको हाइड्रेटेड हुनुहुन्छदेखि तपाईलाई पिसाब नलीको संक्रमण भएको वा कुनै किसिमको क्यान्सर भएको, मिर्गौलाको पत्थरी आदि ईत्यादी अवस्थाको बारे बताउन सक्छ।

    सामान्य अवस्थामा पिसाबको रङ कस्तो हुनुपर्छ?
    तपाईंको पिसाब पानी, इलेक्ट्रोलाइट्स र फोहोरको मिश्रण हो जुन तपाईंको मिर्गौलाले तपाईंको रगतबाट फिल्टर गर्दछ। जब तपाईं स्वस्थ र हाइड्रेटेड हुनुहुन्छ, तपाईंको पिसाब रंगहीन र हल्का पराल र महको रङको बीचमा खस्नुपर्छ। जब तपाईं पर्याप्त तरल पदार्थ उपभोग गर्नुहुन्न तब तपाईंको पिसाब अधिक केन्द्रित हुन्छ र गाढा पहेंलो वा एम्बर रंग बदल्छ। तपाईंको पिसाबको रङ दिनहुँ अलिअलि फरक हुनु सामान्य कुरा हो तर यो पहेंलो रंगको एक निश्चित दायराभित्र रहनुपर्छ।

    जब पिसाबको रङ परिवर्तन हुन्छ? सर्वप्रथम तपाईं नआत्तिनुहोस् र आराम गर्नुहोस्। केही खानेकुरा, एन्टिबायोटिकले अस्थायी रूपमा तपाईंको पिसाबलाई फरक रङ बनाउन सक्छ। निसन्देह, पटक पटक लगातार फरक रङ आइराखे कहिलेकाहीँ ठूलो समस्याको संकेत पनि हुन सक्छ। यदि तपाईंले वास्तवमै यस्तो केही असामान्य कुरा देख्नुभयो भने, यसलाई बेवास्ता नगर्नुहोस् र नजिकैको युरोलोजिस्ट चिकित्सकलाई देखाउनुहोस्।

    त्यसोभए कुन रङ सामान्य हो र कुन असामान्य रङ हो केही छलफल गरौं।

    पारदर्शी
    सफा पिसाबले स्पष्ट सन्देश दिन्छ कि तपाईले धेरै पानी पिउनुभएको छ। अब यो सत्य हो कि तपाईको शरीरलाई हाइड्रेटेड रहन र राम्रोसँग काम गर्न पानी चाहिन्छ। आधारभूत नियम भनेको तपाईको मुत्र प्रणालीलाई सामान्य सञ्चालन गर्न दिनको लागि २.५ देखि ३ लिटर सम्म तरल पदार्थ पिउने लक्ष्य राख्नुपर्छ। तर, यो कुरा व्यक्तिको दिनचर्या, कामकाज, वातावरणको तापक्रम आदि ईत्यादीले फरक पर्न सक्छ। तसर्थ तरल पदार्थ अथवा पानीको मात्रा भन्दा पनि २४ घण्टामा फेरिने जम्मा पिसाबको मात्रा बढी महत्वपूर्ण हुन्छ। एउटा बयस्क ब्यक्तिले सामान्यतया २४ घण्टामा कम्तिमा २ देखि २.५ लिटर जति पिसाब फेर्नुपर्छ। यसले तपाईको पिसाबको रङलाई लगभग पारदर्शी राख्न मदत गर्छ।

    पिउने पानीको मात्रा बढ्दै जाँदा तपाईको पिसाब पानी जस्तो देखिन थाल्छ। साथै, तपाईंलाई पटक पटक शौचालय जानुपर्ने हुन्छ। किनकि तपाईंको शरीरले ती सबै अतिरिक्त तरल पदार्थलाई बाहिर निकाल्न काम गर्दछ। कहिलेकाहीं पारदर्शी पिसाब ठूलो कुरा होइन तर यदि यो लामो समयसम्म चलिरहेको समस्या हो भने तपाईले आफ्नो नुन र इलेक्ट्रोलाइटको स्तर तपाईंको शरीरलाई चाहिने भन्दा कम गर्दै हुनुहुन्छ भन्ने बुझ्नुपर्छ। यस्तो अवस्थामा तापाईले विशेषज्ञ युरोलोजिस्ट चिकित्सकसँग सल्लाह गर्नु उचित हुन्छ।

    गाढा पहेंलो रङ वा फिक्का परालको जस्तो पिसाब
    फिक्का पहेंलो रङ्गको पिसाबले तपाईं स्वस्थ र हाइड्रेटेड भएको संकेत गर्छ। त्यो पहेंलो रंग, तपाईंको शरीरद्वारा उत्पादित यूरोक्रोम नामक पिग्मेन्टको कारणले हुन्छ।

    एम्बर वा मह रङको पिसाब
    गाढा पिसाब भनेको तपाईको शरीरले तपाईलाई संदेश दिन खोज्छ कि तपाई अलिकति बढी पानी पिउनुहोस्। गाढा रङ हल्का निर्जलीकरणको संकेत हो। यदि तपाईं गर्मि दिनमा बाहिर पसिना बगाउनुभएको छ वा भर्खर कुनै किसिमको कसरत गरेर आउनुभएको छ भने यस्तो हुन सक्छ। पानीको मात्रा अलिक बढाउनुहोस्, रङ सामान्य बन्छ।

    सिरप वा खैरो रङको पिसाब
    यस्तो रंगले तपाईंको निर्जलीकरण स्तर अझ चिन्ताजनक स्थितिमा पुगेको भन्ने संकेत गर्दछ। तुरुन्त तरल पदार्थको सेवन बढाउनु होस्। गहिरो खैरो रंगको पिसाब रगतमा पित्तको मात्रा सामान्य भन्दा बढ्नाले पनि हुनसक्छ, जुन कलेजो रोगको संकेत हो। खिया लागेको वा खैरो रङको पिसाब पोर्फेरिया रोग (छाला र स्नायु प्रणालीलाई असर गर्ने दुर्लभ अवस्था) को लक्षण पनि हो। यदि थप पानी खानाले तपाईंको पिसाबको रंग हल्का गर्दैन भने नजिकैको युरोलोजिस्ट डाक्टरलाई देखाउनुहोस्।

    गुलाबी तथा रातो रङको पिसाब
    यस्तो अवस्थामा सर्वप्रथम तपाईले अन्तिम केहि दिनभित्र सेवन गरेका खाने-कुराहरुलाई ध्यान दिएर सम्झिनुहोस्। बीट, ब्लुबेरी वा रूबार्ब चुकन्दर जस्ता खाने कुराहरुले यस्तो किसिमको पिसाब निकाल्न सक्छन। यदि तपाईंले त्यस्ता केही खानुभएको छैन भने, यद्यपि, यस्तो रङको पिसाब छ भने यो चिन्ताको विषय हुनसक्छ। गुलाबी वा रातो पिसाब निम्न अवस्थामा पनि हुन सक्छ:
    मूत्रमा रगत,
    मिर्गौला रोग,
    मिर्गौला वा मूत्राशयको क्यान्सर,
    मिर्गौलाको पत्थरी,
    मूत्र प्रणालीको संक्रमण,
    प्रोस्टेटको समस्याहरू,
    यदि रङ पहेंलोमा फर्किएन भने सकेसम्म चाँडो आफ्नो युरोलोजिस्ट डाक्टरलाई सम्पर्क गर्नुहोस्।

    सुन्तला रङको पिसाब
    यदि तपाइँको पिसाब सुन्तला रंगको जस्तो देखिने हो भने तपाइँ पर्याप्त पानी पिउनुहुन्न भन्ने संदेश आउछ, वा तपाईलाई कलेजो वा पित्त नलीको समस्या हुनसक्छ। वा यो कुनै किसिमको खाना, डाई वा औषधि सेवनले गर्दा हुनसक्छ। यस्तो अवस्थामा सर्वप्रथम पानि सेवनको मात्रा बढाउनुहोस् र यदि सुन्तला रंग हराउँदैन भने आफ्नो युरोलोजिस्ट डाक्टरलाई सम्पर्क गर्नुहोस्।

    नीलो वा हरियो रङको पिसाब
    यो अवस्था चाहीँ पक्कै एक फरक किसिमको अवस्था छ। सायद, यो तपाईंले खानु भएको कुराको परिणाम हो (अन्तिम केहि दिनभित्र आफूले सेवन गरेका धेरै रंगीन खानेकुराहरू वा केहि विशेष किसिमको औषधि बारे सोच्नुहोस्) यद्यपि, हाइपरक्याल्सेमिया गराउन सक्ने केही दुर्लभ आनुवंशिक रोगहरुले पनि तपाईंको पिसाब नीलो वा हरियो बनाउन सक्छ। मुत्र प्रणालीमा संक्रमण गर्नसक्ने केही निश्चित प्रकारको ब्याक्टेरियाको कारण पनि यस्तो समस्या आउनसक्छ। यस्तो अवस्थामा तपाईले आफ्नो युरोलोजिस्ट डाक्टरसँग सल्लाह गरेको उचित हुन्छ।

    धमिलो रङको (क्लाउडी) पिसाब
    पिसाब नलीको संक्रमण र मिर्गौलाको पत्थरीले पिसाब धमिलो हुन सक्छ। फेरि पनि निर्जलीकरण नै कारण हुन सक्छ। प्रशस्त पानी पिउनुहोस् र लक्षणहरू जारी रह्यो भने आफ्नो युरोलोजिस्ट डाक्टरलाई देखाउनुहोस्।

    पिसाबमा फोम आउनु वा फिज हुनु
    सामान्य भन्दा बढी मात्रामा पिसाब हुनु अथवा पटक पटक उच्च प्रेसरमा पिसाब गर्न खोज्नुले पनि पिसाबमा फोम या फिज देखिन सक्छ। यद्यपि, अत्यधिक फोम अथवा फिजले तपाईंको आहारमा अतिरिक्त प्रोटिनको मात्रा वा मिर्गौला समस्यालाई संकेत गर्न सक्छ। यदि यो लगातार हुन्छ भने तपाईं आफ्नो युरोलोजिस्ट डाक्टरसँग कन्सल्ट गर्नु होस्।

    तसर्थ, तपाईले आफ्नो पिसाबको रङ हेरेर धेरै कुरा बुझ्न सक्नुहुन्छ। आफूलाई समस्या छ जस्तो अनुभव भएको अवस्थामा नजिकैको युरोलोजिस्ट चिकित्सकसँग सल्लाह गर्नु उपयोगी हुन्छ। तपाईको डाक्टरले पिसाबको केहि जाँच गरेर तपाईको अवस्था बारे थप सुझाव दिन सक्छन, जजुरी परेको अवस्थामा थप रगत अथवा मिर्गौला सम्बधी केही जाँच गर्न सक्छन। पिसाब जाँच गर्न जाँदा तपाईले त्यो पिसाबको भाँडोमा पिसाब मात्रा राख्नु भएको छैन, त्यसमा राखिएको त्यो पिसाबले तपाईको स्वास्थ्य स्थिति बारे धेरै संदेश दिन्छन्।

     

    बुधबार, बैशाख १९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २३ गते (६

    • २.
      आज २०८३ साल जेठ २४ गते (७

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८

    • ४.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer