• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, जेठ २९, २०८३
☰
शुक्रबार, जेठ २९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

  • ५. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

सामुदायिकमा अब्बल चन्द्रोदय


  •   बुधबार, बैशाख १९, २०८१ मा प्रकाशित
  • धादिङ । धादिङ जिल्ला रोराङ गाउँपालिका–५, विशालटारमा अवस्थित चन्द्रोदय माध्यमिक विद्यालय सामुदायिक विद्यालयमा अब्बल मानिएको छ । काठमाडौँबाहिरको यो विद्यालय पठनपाठन र भौतिक संरचनाको दृष्टिले पनि अन्य सामुदायिक विद्यालयलाई उछिनेको छ । यो विद्यालयलाई काठमाडौँका नाम चलेका निजी विद्यालयभन्दा कम छैन । भौतिक संरचना र यहाँको वतावरण सबैलाई आकर्षित पार्ने खालको छ । पछिल्लो समय यहाँ विद्यार्थीको अत्यधिक चाप पनि बढिरहेको छ । अहिले ८८६ जना विद्यालर्थीले अध्ययन गर्दै आएका छन् ।

    Advertisement

    विसं २०१६ मा न्यून विद्यार्थी सङ्ख्यासहित स्थापना भएको उक्त विद्यालयमा तत्कालीन समयमा विद्यार्थी सङ्ख्या कम र जीर्ण भौतिक संरचनाका कारण जोगाउनै निकै मुस्किल थियो ।

    अहिले यस विद्यालयमा निकै टाडाबाट समेत विद्यार्थी आउने गर्छन् । बिहानै विद्यालयका लागि हिँड्छन् र साँझ मात्र घर पुग्दछन् । विद्यालयका प्रधानाध्यापक रमेश रेग्मीका अनुसार विभिन्न समस्याको बाबजुद पनि यस विद्यालयमा विद्यार्थी थपिने क्रम जारी नै छ ।

    ५३ जना शिक्षक यस विद्यालयमा कार्यरत रहनुभएको छ । जहाँ पक्की ४६ कक्षाकोठा छन् । आकर्षक पुस्तकालय र खुला खेल मैदानको पनि यस विद्यालयमा कमी छैन । खुला स्थान र विषयगत शिक्षकबाट अध्ययन अध्यापन गराइने भएकाले स्थानीयले नै यस विद्यालयलाई बढी रुचाएका छन् । कक्षा (इसिडी) देखि १२ सम्म अध्ययन हुने यस विद्यालयमा कक्षा ५ सम्म अङ्ग्रेजी माध्यममा मात्र अध्ययन हुँदै आएको छ । माथिल्लो कक्षामा कक्षा विभाजन गरी विद्यार्थीको रोजाइ अनुसार नेपाली वा अङ्ग्रेजी दुवै माध्यममा पठनपाठन गरिन्छ ।

    सबैभन्दा राम्रो कुरा त यस विद्यालयले प्राविधिकतर्फ बाली विज्ञान अध्ययन अध्यापन गर्दै आएको छ । एक सय जना क्षमताको आवासीय सुविधा आगामी वैशाखदेखि यस विद्यालयले एक सय जना क्षमताको आवासीय सुविधासहितको पठनपाठनको व्यवस्थापन गर्ने तयारी गरिसेको छ ।

    त्यसका लागि पक्की भवन निर्माणको काम सकिसकेको छ । “वैशाखदेखि टाढाबाट आउने र विपन्न वर्गका लागि विद्यालयमा नै खाने बस्ने व्यवस्थासहित पठनपाठन हुने छ,” प्रअ रेग्मीले भन्नुभयो ।

    अङ्ग्रेजी माध्यमबाट पठनपाठन, उत्कृष्ट भौतिक संरचनाकै कारण पछिल्लो समय बोर्डिङ स्कुलमा नै आफ्नो नानी बाबुलाई पढाउनु पर्छ भन्ने सोचाइ कमी आउनु पनि यस विद्यालयमा विद्यार्थी बढ्नुको मुख्य कारण हो ।

    समाजसेवी भावना

    धादिङमा अवस्थित चन्द्रोदय माविको आधुनिक सेवासुविधासहितको स्तरीय भौतिक सरचनाकै कारण टाढा टाढाबाट समेत विद्यार्थी पढ्नका लागि आकर्षित भएका हुन् । यस विद्यालयको भौतिक संरचना पुनर्निर्माण गर्ने र आधुनिक तरिकाले बनाउने काममा कोअपरेटिभ युथ अर्गनाइजेसन नेपाल (कोयोन) ले लगभग पूर्ण सहयोग गर्दै आएको छ ।

    २२ वर्षदेखि सामुदायिक विद्यालय र बालबालिकाको सेवामा उक्त संस्थाले अतुलनीय योगदान पु¥याएको छ । विसं २०५८ मा स्थापना भएको कोयोनले अहिलेसम्म सामुदायिक विद्यालयको कमजोर भौतिक संरचना निर्माण र दूरदराजका गरिब तथा जेहेनदार विद्यार्थीको पठनपाठनका लागि निःशुल्क शिक्षा प्रदान गर्दै आएको छ । स्थापनाकालदेखि अहिलेसम्म संस्थाको पूर्ण सहयोगमा तीन सय बालबालिकालाई अध्ययनको सिलसिलामा सहयोग गरिसकेको कोयोनले सन् २०११ मा ह्याप्पी होम सञ्चालन गरेर घरबारविहीन बालबालिकालाई पूर्ण रूपमा बस्ने घरसहितको पठनपाठनको सुरुवात गरेको कोयोनका संस्थापक अध्यक्ष दिनेश कँडेल (रवि) ले बताउनुभयो ।

     

    अध्यक्ष कँडेलका अनुसार विदेशीदातासँगको सहकार्यमा संस्थाले धादिङ, काठमाडौँ, रामेछाप, ललितपुर, चितवन, सिन्धुली र भक्तपुर गरी २० सामुदायिक विद्यालयमा ९० करोड रुपियाँभन्दा बढीको लगानीमा भौतिक संरचना निर्माण गरिसकेको छ ।

    आर्थिक अवस्था कमजोर भएका बालबालिकाको सुन्दर भविष्य निर्माणमा लागिपर्नुभएका रविले आर्थिक अभावका कारण कुनै पनि बालबालिकाले विद्यालय छाड्ने वातावरण नहोस् भनेर ह्याप्पी होममा आवासीय सुविधासहिकत पढ्न पाउने व्यवस्था गरिदिएको पनि बताउनुभयो । चन्द्रोदय मावि धादिङमा कक्षा ८ मा अध्ययनरत श्रीराम उप्रेती, त्यस्तै कक्षा ८ मा अध्ययनरत ममता रम्तेललगायत केही आर्थिक अवस्था कमजोर भएका विद्यार्थीका लागि सुरुवाती समयदेखि नै कोयोनले आवासीय सुविधासहित पढ्ने व्यवस्था गरिदिएको छ । यस्ता धेरै बालबालिकाले ढुक्कसँग सुन्दर भविष्यको सपना देख्न पाउने वातवरणका लागि एक युवाले देखेको सपनाले सार्थकता पाएको छ ।

    आज गरिने ससाना कामले नै समाजमा ठुलो परिवर्तन ल्याउन सकिन्छ भन्ने कुरामा युवा समाजसेवी रविले विशेष गरी सामुदायिक विद्यालयका लागि शिक्षा क्षेत्रमा पुर्‍याउनुभएको योगदानलाई हेरेर पनि विश्वास गर्न सकिन्छ ।

    बुधबार, बैशाख १९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २३ गते (६

    • २.
      आज २०८३ साल जेठ २४ गते (७

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८

    • ४.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer