• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, जेठ २७, २०८३
☰
बुधबार, जेठ २७, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

  • ५. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

पुरानै स्वरूपमा फर्काइँदै ‘पुरैना’ ताल


  •   बिहिबार, बैशाख २०, २०८१ मा प्रकाशित
  • काठमाडौं । मोहना नदीको बाढीले पुरिएपछि अतिक्रमणमा परेको कैलालीको भजनीस्थित पुरैना ताललाई साबिककै स्वरूपमा ल्याइने भएको छ। त्यसका लागि नक्साङ्कन र सीमाङ्कन भइसकेको छ।

    Advertisement

    भजनी नगरपालिका–७ लालबोझी गाउँको पाँच सय ६३ बिघा क्षेत्रफलमा फैलिएको यो ताल वरिपरि १० फिट चौडा र पाँच फिट अग्लो पर्खाल (ड्याम) निर्माण गरेर साबिककै स्वरूपमा ल्याउन लागिएको हो।

    डिभिजन वन कार्यालय पहलमानपुरको पहलमा सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, सशस्त्र वनरक्षकलगायतका संयुक्त टोलीले जेसिभी र एक्स्काभेटर प्रयोग गरी ताललाई पुरानै स्वरूपमा ल्याउने काम भइरहेकाे छ।

    दुई दिनदेखि आठवटा एक्स्काभेटर र जेसिभी प्रयोग गरी निरन्तर काम भइरहेको हाे। ताल नजिकै रहेको मोहना नदीमा बर्खायाममा बर्सेनि आउने बाढीसँगको बगेको माटो र बालुवाले ताल पुरिएपछि स्थानीयवासीले अतिक्रमण गरी खेती गर्दै आएका थिए।

    पुरिएर अतिक्रमणमा परेको ताललाई साबिककै स्वरूपमा फर्काउने कामको स्थलगत अनुगमन निरीक्षण पश्चात् प्रमुख जिल्ला अधिकारी धमेन्द्रकुमार मिश्रले तालको नक्साङ्कन र रेखाङ्कनको काम पूरा भई ताललाई साबिककै स्वरूपमा ल्याउन लागिएको बताए।

    उनले भने, ‘ताललाई साबिककै स्वरूपमा ल्याएर संरक्षण गर्न वन डिभिजन कार्यालयलाई निर्देशन दिइएको छ, नगर प्रमुखलाई यो काममा सहयोग गर्न आग्रह गरेका छौँ।’

    सरकारले सरकारी, सार्वजनिक जग्गा अतिक्रमण हटाउन गरेको परिपत्रबमोजिम यो तालको अतिक्रमण हटाई संरक्षण गर्न लागिएको हो। तालको अतिक्रमण हटाउन सामुदायिक वन समन्वय समिति, नापी कार्यालय, जिल्ला प्रशासन कार्यालयलगायत निकायबीच समन्वय भएको थियो।

    डिभिजन वन कार्यालय पहलमानपुरका प्रमुख रामविचारी ठाकुरले यो ताल क्षेत्र वसन्ता जैविक मार्गसँग जोडिएकाले जैविक विविधताका दृष्टिमा महत्त्वपूर्ण रहेको बताए। पहिले यो तालक्षेत्र जलचर र विभिन्न प्रजातिका आगन्तुक तथा रैथाने चराको वासस्थानका रुपमा रहेको स्थानीयको भनाइ छ।

    यो ताल क्षेत्र सीमापारि भारतको दुदुवा राष्ट्रिय निकुञ्जसँग जोडिएकाले वन्यजन्तु ओहोरदोहोर गर्ने ‘करिडाेर’ का रुपमा लिइन्छ। तालको अतिक्रमण हटाइ पुरानै स्वरूपमा फर्काउन सकिएमा जैविक विविधताको संरक्षणमा टेवा पुग्ने र पर्या-पर्यटनको विकास हुने भजनी नगरपालिकाका प्रमुख केवल चौधरीको भनाइ छ।

    वडा नं-७ का अध्यक्ष अमरबहादुर कठरियाका अनुसार विसं २०६४ र त्यसपछि पटक(पटक मोहना नदीमा आएको ठूलो बाढी तालमा पसेपछि पूरै ताल पुरिएको हो।

    ‘ताल पुरिएर स्थानीयले खेती लगाउन सुरु गरेपछि यहाँ तालको पुरानो स्वरुप देखिँदैन,’ उनले भने, ‘ताल पुरिँदै गएपछि ताल छेउमा जग्गा हुनेले अतिक्रमण बढाउँदै लगेपछि पूरै ताल खेतमा परिणत हुन पुगेको हो।’

     

    बिहिबार, बैशाख २०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २३ गते (६

    • २.
      आज २०८३ साल जेठ २४ गते (७

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८

    • ४.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer